हेटौंडा/अपांगता भएका महिलाहरुको सशक्तीकरणका लागि अचार उत्पादन तथा वित्तीय साक्षरतासम्बन्धि तालिम हेटौंडामा सुरु भएको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोग र रोटरी क्लब हेटौंडाको आयोजनामा सुरु गरिएको तालिम शुक्रबारदेखि सञ्चालनमा आएको हो ।
१० दिनसम्म चल्ने तालिमको उद्घाटन हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाले गरेकी हुन् । उद्घाटन कार्यक्रममा उनले अपांगता भएका महिलाहरुलाई आत्मनिर्भर बनाउन यस्ता तालिमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । रोटरी क्लब हेटौंडाका पदाधिकारीका अनुसार तालिममा सहभागी महिलाहरुलाई अचार उत्पादनसम्बन्धि सिपस“गै वित्तीय व्यवस्थापन र साक्षरतासम्बन्धि ज्ञान दिइनेछ । यसले महिलाहरुलाई स्वरोजगार र आर्थिक सशक्तीकरणतर्फ अघि बढ्न मद्धत गर्ने अपेक्षा गरिएको छ ।









