12.5 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाइन्भेस्टमेण्ट कम्पनीमार्फत् लगानी गर्दै घरजग्गा व्यवसायी
spot_img

इन्भेस्टमेण्ट कम्पनीमार्फत् लगानी गर्दै घरजग्गा व्यवसायी

spot_img

हेटौंडा/घरजग्गा व्यवसायीहरु एकीकृत भएर इन्भेस्टमेण्ट कम्पनीमार्फत् लगानी गर्ने भएका छन् । देशभरका व्यवसायीहरु एकजुट भएर इन्भेस्टमेण्ट कम्पनीमार्फत् देशका मुख्य शहरहरुमा लगानी गर्ने गरी तयारी भइरहेको हो ।

हाल कम्पनी निर्माणस“गै पु“जी जुटाउने तयारी भइरहेको नेपाल जग्गा तथा आवास विकास महासंघ अध्यक्ष विष्णुप्रसाद घिमिरेले बताएका छन् । हेटौंडा सन्देशस“गको कुराकानीमा घिमिरेले देशभरका व्यवसायीहरु हाल एकजुट हुने क्रम शुरु भएको बताए । उनका अनुसार इन्भेस्टमेन्ट कम्पनी निर्माण भइसकेको छ । अब सोही कम्पनीमार्फत् पु“जी संकलन गरिनेछ । सोही पु“जीबाट देशभर हाउजिङदेखि टाउनप्लानिङसम्ममा लगानी गर्ने तयारी छ ।

- Advertisement - Ad Banner

अध्यक्ष घिमिरेले भने–हाल देशभरिका व्यवसायीहरु एकजुट भएका छौं । हामी सबै व्यवसायी एक ठाउ“मा आएर काम गर्ने भनेर हामीले एउटा इन्भेस्टमेण्ट कम्पनी पनि खोलिराखेका छौं र त्यसमा हामीले कसले कति सक्छ, सक्ने जतिले त्यहा“ पैसा उठाएर त्यसबाट काम गर्ने भनेर हामी लागिराखेका छौं । यस हिसाबमा सफल हुने योजना छ ।

अध्यक्ष घिमिरेका अनुसार ४४/४५ जिल्लामा महासंघका संघ संगठन छन् । ती संस्थामा रहेका व्यवसायीले ५ लाखदेखि २० लाखसम्म लगानी गर्न भनिएको छ । त्यसअनुसार एउटा फण्ड जुटाइ“दैछ र फण्डले सात वटा प्रदेशमा काम गर्ने योजना छ । घिमिरेका अनुसार कुनकुन शहरमा नया“ आधुनिक शहर बनाउने भन्नेबारे अनुसन्धान चलिरहेको छ । लगानी गर्ने शहरहरुमा व्यवसायीहरु मिलेर काम गर्ने योजना छ ।
कति फण्ड जुट्ला ?

अध्यक्ष घिमिरेका अनुसार सुरुमा त लगभग पा“च अर्ब जतिबाट काम शुरु गर्ने योजना छ । एकैचोटि धेरै पु“जी नउठ्न पनि सक्छ । थोरै–थोरैबाट काम गर्दै जाने योजना छ । एक ठाउ“मा काम गर्दै जाने र त्यो राम्रो हु“दै गए क्रमशः पु“जी थप संकलनस“गै नयाँ प्रोजेक्टहरु शुरु गर्ने योजना छ । घिमिरेले मुख्यमुख्य शहरहरुमा हाल ध्यान केन्द्रित गराउने बताउ“दै सरकारले बजेटमा पनि सात वटा प्रदेशमा एक लाख वटा घर बनाउने योजना अघि सारेकाले त्यसलाई पूरा गराउन अब व्यवसायीहरु योजनावद्ध तरिकाले लाग्ने बताए ।

उनका अनुसार एक लाख घर भनेको धेरै ठूलो हो, सात वटा प्रदेशमा टाउनप्लानिङ गरेर घरहरु निर्माण हुनेछ । देशका विभिन्न भेगमा पुराना शहर छन् । तिनीहरु भत्काउने बेला पनि भइसक्या छन्, अब त्यहा“ नया“ शहरहरु टाउनप्लानिङ गरेर बनाउनुपर्छ ।
चुनौती नै चुनौती

इन्भेष्टमेण्ट कम्पनीमार्फत् घरजग्गामा लगानी गर्न खोजे पनि चुनौतीको चाङ रहेको घिमिरे बताउ“छन् । उनका अनुसार हाल कित्तकाटका कारण समस्या पैदा भइरहेको छ । राज्यका नीतिहरु स्पष्ट नहु“दा घरजग्गा व्यवसाय प्रभावित बनिरहेको छ भने नागरिकले समेत सास्ती खेप्नुपरेको छ । घिमिरेले भने–अब स्थानीय तह, वडादेखि नै हाम्रा सरकारहरु शुरु हुन्छ । वडा हुन्छ, गाउ“पालिका जान्छ, नगरपालिका हुन्छ । अनि काठमाडौं उपत्यका । अब यता हु“दा काठमाडौं उपत्यका प्राधिकरण हुन्छ । शहरी मन्त्रालयदेखि लिएर भूमिसुधार मन्त्रालय सबै कुरा हुन्छ । यो यस्तो धेरै झन्झट नभइ एकद्वार प्रणालीबाट काम भयो भने काम गर्न सजिलो हुन्थ्यो । हामीले पटकपटक माग पनि यही गरेका छौं ।

उनका अनुसार अब छिट्टै शहरी ऐन आउनुपर्छ । ऐनमा निजी क्षेत्रका कुराहरु समेटिनुपर्छ । विकसित देशहरुमा धेरै काम निजी क्षेत्रले गर्ने भएकाले नेपालमा त्यो अभ्यास कम छ । विदेशमा जस्तै टाउनप्लानिङदेखिका सबै काम निजी क्षेत्रले गर्न पाउने गरी सरकारले सहजीकरण गरिदिनुपर्ने उनको भनाइ छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि