12.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाप्रदेशसभा बैठक आज
spot_img

प्रदेशसभा बैठक आज

spot_img

हेटौंडा/बागमती प्रदेशसभाको बैठक आज भदौ १५ गते आइतबारलाई आह्‌वान भएको छ । भदौ १५ गते दिउ“सो २ बजेका लागि बैठक आह्‌वान गरिएको प्रदेशसभाको सचिवालयले जनाएको छ ।

प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले बिहीबार जारी गरेको सूचनाअनुसार प्रदेशसभाको छैटौं अधिवेशनअन्तर्गत् बाह्रौ बैठक प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम आह्‌वान गरिएको छ । बैठकमा प्रदेश मामिला समितिमा विचाराधीन २ विधेयकको प्रतिवेदन पेस हुने कार्यसूची रहेको सभामुख भुवनकुमार पाठकले जानकारी दिए । उनका अनुसार बैठकमा प्रदेश चिठ्ठा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको समितिको प्रतिवेदन पेस हुने कार्यसूची रहेको जनाइएको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि