12.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडा‘रुपचन्द्र बिष्ट मार्गलाई साझा कार्यक्रम बनाऔं’
spot_img

‘रुपचन्द्र बिष्ट मार्गलाई साझा कार्यक्रम बनाऔं’

spot_img
हेटौंडा/मकवानपुर क्षेत्र नम्बर–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् नेपाल सरकार सत्तापक्षका मुख्य सचेतक महेशकुमार बर्तौलाले प्रस्तावित रुपचन्द्र बिष्ट मार्गले थाहानगरको भविष्य उज्ज्वल बन्ने बताएका छन् ।
पालुङमा नगरपालिकाद्वारा आयोजित एक कार्यक्रममा सांसद् बर्तौलाले राजमार्ग र यातायात अवागमनका कारण सुनसान बन्दै गएको थाहा नगरपालिकालाई लक्षित गरी रुपचन्द्र मार्ग प्रस्ताव गरिएको बताए । बर्तौलाले महेन्द्र राजमार्गको मनहरी खण्डबाट राक्सिराङ, कैलाश हु“दै थाहा नगरपालिकाबाट काठमाडौं जोडिने गरी रुपचन्द्र बिष्ट मार्गलाई साझा कार्यक्रमका रुपमा अघि बढाउन सके थाहामा पर्यटन विकासमा ठूलो टेवा पुग्ने बताए ।
बर्तौलाले पश्चिम नेपालबाट काठमाडौं जोडिने सबभन्दा छोटो मार्ग हुने हु“दा थाहा नगरमा व्यापारिक चहलपहल हुने र थाहा आन्दोलनका प्रणेता रुपचन्द्र बिष्टप्रति सम्मानसमेत हुने बताए । ॅयस मार्ग निर्माणका लागि करिब ४ सय करोड लागत लाग्छ । तर, चार वटै स्थानीय तहहरुले सकारात्मक सहजीकरण गरिदिए मार्ग निर्माणमा कुनै समस्या हुनेछैन,’ बर्तौलाले भने–हाल देशका जेलहरुमा कैलाश र राक्सिराङका सयौं युवाहरु गा“जाका कारण थुनिएका छन् । उक्त सडक ती युवाहरुका लागि बैकल्पिक कामको विषय पनि बन्नेछ ।
चालु आवका लागि संघीय सरकारले प्रस्तावित रुदाने मार्गका लागि ३ करोड रुपिया“ बिनियोजन गरिसकेको छ । हाल उक्त मार्गका लागि डीपीआरको काम भइरहेको छ । समयमै डीपीआर सम्पन्न हुनसके यसै वर्ष थप ६/७ करोडको काम उक्त मार्गमा गर्न सकिने उनले बताए । प्रस्तावित मार्ग थानकोट–चित्लाङ–पालुङ–शिखरकोट दोबाटो–भुङ्दल–बाहुनगाउ“–दम्की–डा“डाबास–गोगने–पकने–ठूलीबेसी–फा“टकुञ्ज–काप्सेरी–अल्छे–सुखुभञ्ज्याङ हु“दै निर्माण हुनेछ । सांसद् बर्तौला थाहा नगरपालिकाद्वारा आयोजित ॅपूर्णसंस्थागत् सुत्केरी पालिका’ घोषणा कार्यक्रममा विशिष्ट अतिथिका रुपमा सहभागी थिए ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि