9.6 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाकार्कीखोलाले बगाएका बम्जन मृत भेटिए
spot_img

कार्कीखोलाले बगाएका बम्जन मृत भेटिए

spot_img
हेटौंडा/मकवानपुरगढी गाउ“पालिका–२, तल्लोछापका २५ वर्षीय बिनोद बम्जन खोलाले बगाएको दुई दिनपछि मृत फेला परेका छन् । भदौ ६ गते दिउ“सो ३ः३० बजे बम्जन गढी–७, सुकौरा तल्लोछापस्थित पसलबाट घर फर्कने क्रममा कार्की खोलामा हालिएको ह्युमपाइप तर्दै गर्दा आकस्मिकरुपमा खोलाको बहाव बढेपछि बगेका थिए ।
उनको खोजतलास जारी राखेको प्रहरी टोलीले भदौ ८ गते दिउ“सो १ः४० बजे मनहरी गाउ“पालिका–९, ज्यामिरेस्थित राप्ती खोलाबगरमा बम्जनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शवलाई प्रहरीले उठाएर आवश्यक मुचुल्का कार्य सम्पन्न गरी हेटौंडा अस्पतालको शवगृहमा राखेको छ । अस्पतालमा पुगेकी मृतककी बहिनी सम्झना बम्जनले दाजुको सनाखत गरेको प्रहरीले जनाएको छ । यस घटनाबारे थप कानुनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि