10.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडारातभरि सडकमै सयौं सवारी, हजारौं यात्री
spot_img

रातभरि सडकमै सयौं सवारी, हजारौं यात्री

spot_img
मञ्जिता मैनाली
हेटौंडा/मकवानपुरको भीमफेदी गाउ“पालिका–१, बाघझोरास्थित बा“दरभिरनजिक त्रिभुवन राजपथ सडकखण्ड करिब १७ घण्टापछि एकतर्फी सुचारु भएको छ । शुक्रबार दिउ“सोबाट परेको पानीका कारण त्रिभुवन राजपथ सडकखण्डमा गिट्टी र बालुवासहित भलपानीले बाटो पूर्णरुपमा अवरुद्ध भएको थियो ।
काठमाडौंबाट आएका सयौं सवारीसाधन र हजारौं यात्री त्यहीं अलपत्र परेका थिए । एम्बुलेन्सका बिरामी र शववाहनमा शव दिउ“सोदेखि पानीले सडकमै अड्किए । नेपाल प्रहरी, नेपाली सेना र सडक डिभिजनबाट गरी ३ वटा जेसीबी खटिएपश्चात् शनिबार १२ बजेतिर बाटो खुल्न सम्भव भयो । लेदोपानीका कारण सडकमा करिब ११ किमीसम्म सवारी रोकिएका थिए । यात्रुहरु भोक, प्यास र निद्रा नभनी रातबाटोमै बिताए । बाटो एकतर्फी खुलेपश्चात् अलपत्र परेका यात्रीहरु गन्तव्यतर्फ लागेका छन् । बाटो खुले पनि पहिरो आउने क्रम चलिरहेको छ । पहिरोको जोखिम मोलेर यात्रीहरु यात्रा गरिरहेका छन् । फेरि पहिरो खसेर कतिबेला बन्द हुन्छ भन्ने पत्तो छैन । वर्षाका कारण गिटी र बालुवासहित भल र पहिरोले हेटौंडा–काठमाडौं जोड्ने त्रिभुवन राजपथ अवरुद्ध भएको थियो । निरन्तर पानी परेस“गै उक्त स्थानमा खहरे उर्लने गर्दछ, जसका कारण त्रिभुवन राजपथ अवरुद्ध हुने गरेको छ ।
उक्त पहिरोमा गाडी र मोटरसाइकल पुरिएका थिए । निकै जोखिमबीच पहिरो हटाउन सम्भव भएपश्चात् सहज भएको छ । शनिबार विहानदेखि लगातार ५ घण्टापश्चात् एकतर्फी सडक खुलाउन सम्भव भएको र एकतर्फी चलिरहेको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार पहिरो निकै ठूलो रहेकाले लामो समय लाग्यो ।
बेलुका करिब १० बजे ठूलो पहिरो खसेकाले पन्छाउन गाह्रो भएको र विहानमात्र पहिरो पन्छाउन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालले बताए । रातको समयमा पहिरो पन्छाउन धेरै समस्या भएकाले विहान पहिरो पन्छाएर सडक खुलाउने काम भएको उनले बताए । करिब ७ किमिमात्र पर रहेको घर आउ“दै गरेका भीम रानाले भने—रातभर सयौं सवारीसाधन सडकमै अलपत्र पर्नु भनेको सामान्य कुरा होइन । उनका अनुसार यात्रुहरु बिनापूर्वतयारी जंगलमै भोकै बसे । रातभर एम्बुलेन्स र शववाहनसहित सयौं सवारीसाधन बाटोमै अलपत्र पर्दा पनि सरकारको उपस्थिति विहानमात्र देखिएको यात्रीहरुको गुनासो छ ।
उक्त सडक अवरुद्ध हु“दा हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीका मार्गसमेत बन्द भएका थिए । पहिरोका कारण हेटौंडा–ललितपुर जोड्ने कान्तिलोकपथ समेत अवरुद्ध भएको थियो । प्रमुख मार्ग बन्द हु“दा बैकल्पिक मार्गहरु भीमफेदी–कुलेखानी–फाखेल–काठमाडौं, कुलेखानी–सिस्नेरी–काठमाडौं र कान्ति लोकपथसमेत अवरुद्ध भएका छन् ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि