हेटौंडा/नेकपा एमालेनिकट भ्रातृ संगठन युवा संघ नेपाल मकवानपुरले हेटौंडाको हुप्रचौरमा आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा २ सय ७४ जनाले रक्तदान गरी ऐतिहासिक रेकर्ड कायम गरेका छन् ।
कार्यक्रम उद्घाटन नेकपा एमालेका मुख्य सचेतक तथा मकवानपुर क्षेत्र नम्बर–२ का सांसद् महेश कुमार बर्तौलाले गरे । ॅरगतको अभावमा रहेका बिरामीलाई जीवन दिने अभियान’ भन्ने मूल उद्धेश्यसाथ कार्यक्रम गरिएको युवा संघ मकवानपुर अध्यक्ष राजेश नगरकोटीले जानकारी दिए । उक्त अवसरमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको अध्यक्ष नगरकोटीले बताए ।









