10.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडान्यायमुखी काम गर्ने मुख्यमन्त्रीको अठोट
spot_img

न्यायमुखी काम गर्ने मुख्यमन्त्रीको अठोट

spot_img
हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिया“ले जनताको भोटको सम्मान गर्दै जनमुखी काम गर्ने प्रतिवद्धता जनाएका छन् । प्रदेश मुख्यमन्त्री नियुक्त भएपछि पहिलो पटक आफू निर्वाचित क्षेत्रमा आयोजित औपचारिक कार्यक्रममा सहभागी बानिया“ले गरिबमुखी, जनमुखी, आयमुखी र न्यायमुखी काम गरी प्रदेशको समग्र विकासमा काम गर्ने अठोट व्यक्त गरेका हुन् ।
मुख्यमन्त्रीको निर्वाचन क्षेत्र मकवानपुर क्षेत्र नम्बर–२ (ख) स्थित मनहरी गाउ“पालिकाले बुधबार आयोजना गरेको मुख्यमन्त्रीको स्वागत तथा तीजविशेष सा“स्कृतिक कार्यक्रममा बानिया“ले आफ्‌नो निर्वाचन क्षेत्रका जनताको भावना र मर्मलाई मध्यनजर गर्दै निष्पक्षढंगबाट जिम्मेवारी पूरा गर्ने बताए । ॅमलाई प्रदेशसभा सदस्य निर्वाचित गराउन मनहरीका जनताले पनि ठूलो योगदान गरेका छन्,’ उनले भने–यस भेगका जनताले विश्वास गरेर जिताएकै कारण म मुख्यमन्त्री बन्न सकें । अब यस भेगका सबै जनताको आवश्यकतालाई मध्यनजर गरी यो वा त्यो पार्टी नभनी विकास गर्नु मेरो कर्तव्य हो ।
मनहरी गाउ“पालिकाको लामीटार चकरी मकरी सडकलाई विशेष प्राथमिकता दिइ कालोपत्र गर्नुका साथै अन्य पुल तथा सडक र अन्य पूर्वाधार विकासमा पनि आफूले ध्यान दिने बानिया“ले विश्वास दिलाए । महिलाहरुको महान् पर्व हरितालिका तीजलाई सभ्य। भव्य र सुस“स्कृत ढंगले मनाउन पनि बानिया“ले सुझाव दिए ।
गाउ“पालिका उपाध्यक्ष सीता पुलामीमगरको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ, खानेपानी, ऊर्जा तथा सिचार्इं मन्त्री कृष्णकुमार तामाङलगायतको आतिथ्यता थियो । कार्यक्रममा मनहरी गाउ“पालिकाले आफ्‌नो क्षेत्रबाट निर्वाचित सांसद् बानिया“ मुख्यमन्त्रीमा नियुक्त भएकोमा खुशी व्यक्त गर्दै बधाईज्ञापनसहित सम्मान गरेको थियो ।
कार्यक्रममा पालिका अध्यक्ष रञ्जन कालाखेती, मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, नेपाली कांग्रेस प्रतिनिधि कमला मैनालीलगायतले मन्तव्य व्यक्त गरेका थिए । मुख्यमन्त्री बानिया“ले बुधबार नै मनहरीस्थित आफ्‌नो निर्वाचन क्षेत्रमा रहेको सम्पर्क कार्यालयमा पुगी आमनागरिकका समस्या र गुनासा सुनेका थिए ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि