हेटौंडा/काठमाडौं–निजगढ फास्टट्रयाक निर्माण कार्य तीव्रगतिमा भइरहे पनि समग्र प्रगति ४२.७३ प्रतिशत्मै सीमित छ । ललितपुरको खोकना प्रस्थान विन्दु हु“दै बारा, निजगढसम्म ७०.७९ किलोमिटर र साथसाथै खोकना प्रस्थान विन्दुदेखि मकवानपुरको बुदुने हु“दै हेटौंडासम्म ८० किलोमिटर लामो मार्ग नेपालको पहिलो फास्टट्रयाक हो, जसको निर्माण कार्य नेपाली सेनाले गर्दैछ । २ खर्ब ११ अर्ब लागत अनुमान गरिएको परियोजनामा सात वटा सुरुङमार्ग बन्नेछन्, जसमध्ये चार वटा सुरुङको ब्रेकथ्रु भइसकेको छ ।
मार्गमा बन्ने ८९ वटा पुलमध्ये हालसम्म पा“च वटा पुल निर्माण सम्पन्न भएको सेनाले जनाएको छ । २०७४ सालमा सुरु भएको परियोजना २०८३ साल चैतमा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि हालको प्रगति दरले लक्ष्य समयमै पूरा हुनेमा प्रश्न उठ्न थालेको छ । फास्टट्रयाक निर्माण सम्पन्न भएपछि ललितपुरदेखि हेटौंडाको यात्रा ९० मिनेटमात्र लाग्ने छ र ललितपुरदेखि निजगढको यात्रा ९० मिनेटको मात्र हुनेछ । पश्चिम नेपालदेखि काठमाडौं जाने सवारीसाधनहरु चितवन हु“दै हेटौंडा आएर बुदुने हु“दै ललितपुर जान पाउने छन् । जसले मुग्लिन नौबीसे र त्रिशुलीको जोखिमपूर्ण र ६ घण्टा लामो यात्रा गर्न यात्रुहरु र विदेशी पर्यटक बाध्य हुनेछैनन् । चितवनदेखि हेटौंडाको यात्रा ९० मिनेट, हेटौंडादेखि बुदुने फास्टट्रयाक हु“दै ललितपुरसम्मको यात्रा ९० मिनेट जम्मा ३ घण्टाको मात्र हुनेछ । फास्टट्रयाक सञ्चालनपछि हेटौंडा र निजगढले विकासको ठूलो फड्को मार्ने विज्ञहरुको दाबी छ ।









