12.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाप्रशासनपरिसरमा गैंडाको मूर्ति
spot_img

प्रशासनपरिसरमा गैंडाको मूर्ति

spot_img
हेटौंडा/रत्ननगर उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालयपरिसरमा निर्माण गरेको गैंडाको माउ बच्चाको मूर्ति अनावरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल र संघ अध्यक्ष शंकर गिरीले संयुक्तरुपमा गैंडाको मूर्ति अनावरण गरेका हुन् ।
संघ अध्यक्ष गिरीले जिल्लाको पर्यटन विकासका लागि सकारात्मक सन्देशप्रवाह गर्न जिल्ला प्रशासन कार्यालयपरिसरभित्र गैंडाको मूर्ति निर्माण गरिएको बताए । चितवन जिल्लाको पहिचानका रुपमा स्थापित एकसिंगे गैंडाको मूर्ति प्रशासन कार्यालयमा राख्दा जिल्लाप्रतिको माया जागृत हुनुका साथै यसले सफारी पर्यटनको विकासमा टेवा पुग्ने उनले बताए । अध्यक्ष गिरी संघले व्यावसायिक सुरक्षास“गै सामाजिक उत्तरदायित्वका कामहरुलाई समेत अगाडि बढाएको बताए ।
प्रमुख जिल्ला अधिकारी पौडेलले प्रशासन कार्यालयपरिसरमा निर्माण गरिएको एकसिंगे गैंडाको मूर्तिले जिल्लाको पहिचानलाई थप स्थापित गराउने बताए । रत्ननगर उद्योग वाणिज्य संघले गरेको उक्त कामको प्रशंसा गर्दै प्रजिअ पौडेलले निजीक्षेत्रले एउटा उदाहरणीय कामको सुरुवात गरेको बताए । ॅयो आगामी पुस्ताका लागि पनि सिकाइको विषय बनेको छ,’ उनले भने–यसले जिल्लालाई परिचित गराउने छ । संघ बरिष्ठ उपाध्यक्ष निराजन खनालले संघले सामाजिक उत्तरदायित्वबहन गर्दै जिल्ला प्रशासन कार्यालयपरिसरमा गैंडाको मूर्ति निर्माण गरेको बताए ।
संघ महासचिव उपेन्द्र शर्माआचार्यले सञ्चालन गरेको उक्त कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा, जिल्ला प्रहरी कार्यालय प्रमुख गोबिन्द पुरी, भरतपुर महानगरपालिका वडा–१० अध्यक्ष परमेश्वर खनाल, नेपाल उद्योग वाणिज्य महासंघ सदस्य अनिलकृष्ण श्रेष्ठ, संघ संस्थापक अध्यक्ष हरिशरण पाठक, पूर्वअध्यक्ष गोपालराज कर्माचार्य, केशबनारायण श्रेष्ठ, नारायणकाजी श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ, ज्ञानबहादुर बिसुराल, संघ उपाध्यक्ष रामशरण नेपाल, कार्यसमिति सदस्य रघुनाथ भट्ट, अनिल अधिकारी, रवि तिमिल्सिना, प्रकाशमणि सापकोटा, कृष्ण चौधरी, शमशेर धामल्लेलगायतको उपस्थिति थियो ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि