हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिया“ले तामाङ पत्रकार संघलाई २ लाखको चेक हस्तान्तरण गरेका छन् । तामाङ भाषा, स“स्कृति र तामाङ भाषामा गरिने पत्रकारिता, तामाङ भाषामा प्रकाशित पत्रपत्रिकाको संरक्षण र प्रवद्र्धनका लागि व्यक्तिगत्तर्फबाट सहयोग गरिएको मुख्यमन्त्री बानिया“ले बताए ।
्
तामाङ पत्रकार संघ बागमती प्रदेश, जिल्ला समितिले हेटौंडामा आयोजना गरेको ३१ औं तामाङ भाषा प्रसारण दिवसको अवसरको कार्यक्रममा बानिया“ले दिवंगत पिता हेमबहादुर बानिया“ र दिवंगत दाजु राजकुमार बानिया“को नामबाट रकम सहयोग गरेका हुन् । बानिया“ले तामाङ पत्रकार संघ बागमती प्रदेश अध्यक्ष ज्ञानेन्द्र तामाङलाई चेक हस्तान्तरण गरेका थिए । चेक बुझ्दै प्रदेश अध्यक्ष तामाङले सहयोगले आफू हर्षविभोर भएको बताए । तामाङले रकम तामाङभाषी पत्रकार, तामाङ भाषा, स“स्कृति जगेर्नाका लागि खर्च गरिने बताए ।
मुख्यमन्त्री बानिया“ले भाषा, सम्वादको माध्यम भएको बताउ“दै भाषा र स“स्कृति संरक्षण गर्नाले राष्ट्रको विकास हुने बताए । जातजाति, भाषा, धर्म, स“स्कृतिका नाममा हुने गलत राजनीति रोक्नुपर्ने मुख्य मन्त्री बानिया“को भनाइ छ । ॅराज्यको धर्म हु“दैन । सबै जातजाति, भाषाभाषी, धर्म, स“स्कृति संरक्षण गर्नु राज्यको दायित्व हो,’ बानिया“को भनाइ छ । मुख्यमन्त्री बानिया“ले धर्म वा जातका आधारमा राजनीति गर्न नहुने धारणासहित लोकतान्त्रिक गणतन्त्रमा मातृभाषा संरक्षण गर्नु प्रदेश सरकारको दायित्व भएको बताउ“दै तामाङ र नेवार भाषालाई प्रदेश सरकारी कामकाजको भाषाका रुपमा प्रयोगमा ल्याएर अग्राधिकार प्रदान गरिएको उल्लेख गरे । भाषा, स“स्कृति र परम्परा संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको उनले बताए ।
कार्यक्रममा तामाङ पत्रकार संघ बागमती प्रदेशले स्थापना गरेको आइतेसिं–बुद्धिमाया रुम्बा स्मृति तामाङ पत्रकारिता र मकवानपुर जिल्ला शाखाले स्थापना गरेको तामाङ पत्रकारिता पुरस्कार वितरण गरिएको थियो । प्रदेश पुरस्कार तामाङ भाषामा २३ वर्षदेखि निरन्तर प्रकाशित तामाङ डाजाङका प्रकाशक अर्जुनबहादुर तामाङलाई नगद १० हजार १ सय रुपिया“सहित दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो भने जिल्ला पुरस्कार पत्रकार भुवन घलानलाई नगद ५ हजारसहित सम्मानपत्र प्रदान गरिएको थियो । आइतेसिं–बुद्धिमाया रुम्बा स्मृति तामाङ पत्रकारिता कोष युवा व्यवसायी तथा पत्रकार राजेश रुम्बा लामाले बुबाआमाको सम्झनामा स्थापना गरेका हुन् ।









