12.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाछोराद्वारा मुद्धा फिर्ता आमाको अन्त्येष्टि मिलेर गरिने
spot_img

छोराद्वारा मुद्धा फिर्ता आमाको अन्त्येष्टि मिलेर गरिने

spot_img
हेटौंडा/हेटांैंडा–८, कमानेकी ७२ वर्षीया कान्छीमाया बल र उनका पतिविरुद्ध छोराले मुद्धा हालेपछि उनको शव समाज र दिदीबहिनीले उठाउन मानेनन् । उनी ८ नम्बरमा छोरीको घरमा बसे पनि उनको घर ७ नम्बर वडामा थियो । ७ नम्बर वडामा रहेको घरमा छोराबुहारी बस्थे । शनिबार करिब १२ः३० बजे बलको मृत्यु भएको थियो ।
२६ वर्षदेखि विभिन्न रोगले थलिएकी थिइन् कान्छीमाया । उनका छोराले केही दिनअघि अंशमुद्धा हालेका थिए । आफूमाथि छोराले मुद्धा  हालेको खबर आएपछि पिरले कान्छीमाया थलि“दै गइन् र शनिबार उनको निधन भयो । उनकी ४२ वर्षीया छोरी निलु स्याङ्तान भन्छिन्‌–२६ वर्ष बिरामी रहेकी आमाको उपचार हामी ३ दिदीबहिनी मिलेर गर्‍यौं । बुबाआमाले बनाइदिनु भएको घरमा बुबाआमा निकालेर बस्यो । हाल आएर बुढा बुबालाई मुद्धा हाल्यो । छोराबुहारीको तनावले ७५ वर्षका बुढाबुबालाई मानसिक रोग छ । सम्पत्ति हाम्रो नाममा गरिदिनुहोला बुबाले भनेर मुद्धा हाल्यो । त्यही पिरलोले आमा बित्नुभयो । करिब ४७ वर्षीय छोरा सोमबहादुर बलले मुद्धा हालेका रहेछन् ।
२६ वर्षदेखि आमाबुबा छोरीहरुले नै उपचार गर्दै आइरहेका थिए । उपचारका लागि पैसा नभएका कारण बुबाले जग्गा बेचेका थिए । छोरा सोमबहादुर बल बुबाआमाले बनाएको घरमा नै बस्दै आएका छन् । उनका काका ६६ वर्षका मानबहादुर बल भन्छन्‌–छोराले बाबुआमामाथि अत्याचार गर्‍यो ।
छोरीको भनाइअनुसार उनका बुबाको ऐलानी ५ कठ्ठा जग्गा छ । उक्त जग्गा छोरीहरुका लागि १०/१० धुर दिने भनेर बुबाले बोलेका थिए । एक कठ्ठा ९ धुर जग्गामा छोराहरु बसिरहेका छन् । आमाको उपचारका लागि लागेको ऋण अझै तिरेर नसकेको छोरीहरु सुनाउ“छन् । कान्छीमायाका पति रु“दै भन्छन्‌–मेरी बुढी यसकै कारण मरिहाली । अब मेरो केही छैन । सबै त्यसैको हो । अब म पनि त धेरै समय बा“च्दिन । सबै त्यसैले खाओस् अब ।
कसरी बाहिरियो घटना ?
आइतबार विहान सामाजिक अभियन्ता विशालराज महतलाई फोन आयो । एक घरमा पैसा नभएका कारण बुढीआमाको अन्त्येष्टि गर्न पाएका छैनन् । अभियन्ता महत हतारहतार उक्त स्थान पुगे । घरमा पुगेर उनले कुरा बुझेपश्चात् प्रहरी, ८ नम्बर वडा अध्यक्ष राम थापा र ७ नम्बर वडा सदस्य श्यामसुन्दर नेपालीलाई खबर गरी सबै बोलाएर भेला गरी छलफलको वातावरण बनाए । प्रहरी, हरियाली अस्थायी प्रहरीपोष्ट, वडा प्रतिनिधि र समाज राखेर छलफल भयो । छोराले मुद्धा फिर्ता लिने र आमाको अन्त्येष्टि मिलेर गर्ने भन्नेमा छलफल गराइयो । छोराको भनाइअनुसार बुबाआमाले आफैं छाडेर हि“डेका हुन् । आफूसँग बस्दा गरेकै थिए । बुबाआमा आफैं बस्न चाहेनन् ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि