9.6 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडास्वास्थ्य बिमामा आधामात्र खोजि“दै अस्पताल, पालिका र बोर्डबीच समन्वय
spot_img

स्वास्थ्य बिमामा आधामात्र खोजि“दै अस्पताल, पालिका र बोर्डबीच समन्वय

spot_img
एमपी शर्मा
हेटौंडा/मकवानपुर जिल्लामा स्वास्थ्य बिमा कार्यक्रममा सहभागी घरधुरीको संख्या ५८ हजार ७ सय ४९ पुगेको छ । जिल्लाको कुल १ लाख ५ हजार ७ सय ९२ घरधुरीमध्ये करिब ५५.५३ प्रतिशत्‌ले स्वास्थ्य बिमामा सहभागिता
जनाएका छन् ।
स्वास्थ्य बीमा बोर्ड मकवानपुर संयोजक नरबहादुर खड्काका अनुसार बीमित हुने घरधुरीको संख्या बढ्दै गएको छ । तर, अझै ठूलो संख्या बिमाको पहु“चबाहिर छ । जिल्लाका स्थानीय तहमध्ये मनहरी गाउ“पालिका सबभन्दा बढी बीमित भएको पालिका हो । त्यहा“का १० हजार ७ सय २४ घरधुरीमध्ये ९ हजार ४ सय २ घरधुरीले बिमा गरेका छन् । जसअनुसार बिमा सहभागिता ८७.६७ प्रतिशत् छ ।
दोस्रो स्थानमा रहेको हेटौंडा उपमहानगरपालिकामा ४६ हजार ५ सय ६६ घरधुरीमध्ये ३२ हजार ५ सय १३ घरधुरीले बिमा गरेका छन्, जसको दर ६९.८२ प्रतिशत् छ । बागमती गाउ“पालिकामा भने बिमा सहभागिता अत्यन्त न्यून देखिएको छ, जहा“ ६ हजार ४ सय ६० घरधुरीमध्ये मात्र १ हजार ५ सय ७९ ले बिमा गरेका छन्, जुन जम्मा २४.४४ प्रतिशत् हो । इन्द्रसरोवर गाउ“पालिकामा पनि सहभागिता कम देखिएको छ । जहा“ ३ हजार ४ सय ३ घरधुरीमध्ये ८ सय ६३ लेमात्र बिमा गरेका छन् । मकवानपुरगढी गाउ“पालिकामा ५ हजार २ सय ८५ घरधुरीमध्ये ३ हजार २ सय ५० घरधुरीले बिमा गरेका छन् ।
२०७५ माघ १५ गतेदेखि जिल्लामा स्वास्थ्य बिमा लागु गरिएको हो । त्यसयता हालसम्म १ करोड ३५ लाख ८४ हजार रुपिया“भन्दा बढी बिमाशुल्क संकलन गरिएको छ । तर, सोही अवधिमा बीमितहरुले ५९ करोड २२ लाख रुपिया“भन्दा बढीकोे सेवालाभ लिएका छन् । संकलनभन्दा धेरै गुणा बढी सेवाप्रदान गरिएको तथ्यांकले स्वास्थ्य बिमा कार्यक्रम सेवामुखी रहेको संकेत गर्छ ।
यद्यपि, बिमा दायरामा परेका नागरिकहरुले आवश्यक सेवा सहजरुपमा पाउन नसकेको गुनासो बढ्दै गएको छ । कतिपय अवस्थामा बीमितले औषधि नपाउने, अस्पतालमा सफ्‌टवेयरमा समस्या देखिने र सेवामा भेदभाव भएको भन्ने जस्ता गुनासा आएका छन् । संयोजक खड्काले यस्ता समस्या समाधानका लागि अस्पताल, पालिका र बिमा बोर्डबीच समन्वय मजबुत बनाइनुपर्नेमा जोड दिएका छन् ।
हाल जिल्लामा स्वास्थ्य बिमाअन्तर्गत् सेवाप्रवाह गर्ने स्वास्थ्य संस्थाहरुमा हेटौंडा अस्पताल, राक्सिराङ आधारभुत अस्पताल, मनहरी आधारभुत अस्पताल, बकैया आधारभुत अस्पताल र भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्र छन् । रिफर सेवाका लागि हेटौंडा सामुदायिक आ“खा अस्पताल र सीएमसी चुरेहिल अस्पतालबाट उपचार सेवा प्रदान गरि“दै आएको छ । स्वास्थ्य बिमा कार्यक्रमको पहु“च अझ विस्तार गर्न स्वास्थ्य बिमा बोर्डले जिल्लाका सबै पालिकामा वडास्तरीय सचेतना अभियान सञ्चालन गरिरहेको छ । हाल १ सय ११ जना वडास्तरीय दर्ता सहायकमार्फत् जनचेतना, दर्ता र नवीकरण प्रक्रिया अघि बढाइएको बोर्डले जनाएको छ ।
जनस्वास्थ्यविज्ञहरुका अनुसार स्वास्थ्य बिमा कार्यक्रमले धेरै नागरिकलाई उपचारमा राहत दिएको छ । तर, अझै पनि जिल्लाका आधा घरधुरी सहभागी हुन बा“की रहेकाले बिमा कार्यक्रमलाई प्रभावकारी बनाउ“दै सहभागी संख्या बढाउन स्थानीय तह, स्वास्थ्य संस्थाहरु र बिमा बोर्डको समन्वय अझ मजबुत बनाइनु आवश्यक देखिन्छ ।
सरकारले असाध्य रोग लागेका आठ प्रकारका बिरामीहरुका निम्ति स्वास्थ्य बिमाको दायरा बढाएर दुई लाख रुपिया“ पुर्‍याएस“गै केहीले राहत महसुस गरेको बताए पनि कतिपय विज्ञले पहिलेदेखि नै धर्मराइरहेको कार्यक्रममा अतिरिक्त दबाब पर्न सक्नेतर्फ सतर्क हुनुपर्ने बताएका छन् । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले साउन १ गतेदेखि लागु हुने गरी क्यान्सर, मुटु, मिर्गौला, हेडइञ्जुरी, स्पाइनल इञ्जुरी, सिकलसेल एनिमिया, पार्किन्सनिजम र अल्जाइमर्सका बिरामीका निम्ति उक्त सुबिधा थप गरिएको बताएका छन् । बिमा बोर्डका अधिकारीका अनुसार बिरामी वा परिवारले अतिरिक्त प्रिमियम तिर्नुनपर्ने गरी सुबिधा थप गरिएको हो ।
आवद्ध हुने तरिका
स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध हुन चाहने पा“च जना सदस्यसहितको परिवारले बिमा शुल्कबापत् प्रत्येक वर्ष ३ हजार ५ सय रुपिया“का दरले शुल्क बुझाउनु पर्नेछ । अतिरिक्त सदस्यले ४ सय २५ रुपिया“का दरले शुल्क बुझाउनु पर्नेछ । बिमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने सरकारले नै बिमा रकमबापत् शुल्क तिरिदिने व्यवस्था गरेको छ । उक्त व्यवस्थाअन्तर्गत् सरकारले अतिविपन्न नागरिकलाई शत्‌प्रतिशत्, विपन्नलाई ७५ प्रतिशत् तथा गरिबको रेखामुनि रहेका नागरिकलाई ५० प्रतिशत्‌का दरले बिमा रकमबापत् शुल्क तिरिदिने व्यवस्था छ ।
केकस्तो सेवासुबिधा ?
सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत् बिमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेसनलगायत उपचार प्राप्त गर्न सक्नेछन् । सरकारले तोकेको निःशुल्क औषधी प्राप्त गर्न सक्नेछन् । तर, कस्मेटिक सर्जरी, व्यक्तिगत् झगडाका कारण चोटपटक लागेमा, मादकपदार्थ सेवनका कारण कुनै दुर्घटनामा चोटपटक लागेमा, गर्भपतन गरेमा भने सेवा पाउने छैनन् । यस्ता उपचारलाई बिमाले समेट्दैन । १ हजार २ सय ८९ थरिका औषधि बिमाभित्र पर्दछ । तर, प्रायः औषधि अस्पतालको फार्मेसीमा नपाउ“दा बाहिर किन्नुपर्ने झन्झट भएको सेवाग्राहीले गुनासो गरेका छन् ।
लाग्ने योगदान रकम र पाउने सुबिधा
सरकारले परिवार संख्याको आधारमा योगदान रकम निर्धारण गरी स्वास्थ्य सेवासुबिधाको दायरा स्पष्ट गरेको छ । योजनाअनुसार १ देखि २० जनासम्मको परिवारका लागि मासिक योगदान रकम र त्यसअनुसार पाउने सुबिधा फरक हुनेछ । स्वास्थ्य बिमा बोर्डका अनुसार न्यूनतम् १–५ सदस्य भएको परिवारले मासिक ३ हजार ५ सय तिर्नुपर्छ, जसमा सरकारले ५० प्रतिशत् अनुदानस्वरुप १ हजार ७ सय ५० बेहोर्नेछ । यस्तो परिवारले १ लाख रुपिया“सम्मको उपचार सुबिधा पाउनेछ ।
्‌
६ जनाको परिवारका लागि मासिक रकम ४ हजार २ सय निर्धारण गरिएको छ, जसको ५० प्रतिशत् (२ हजार १ सय) सरकारले अनुदान दिनेछ । यसमा बिमा सुबिधा १ लाख २० हजार रुपिया“सम्म पाउन सकिनेछ । परिवार सदस्य संख्या बढ्दै जा“दा तिर्नुपर्ने रकम र पाउने सुबिधा पनि बढ्दै जान्छ । ७ जनाको परिवारका लागि बिमा सुबिधा २ लाख ४० हजार रुपिया“, ८ जनाको परिवारका लागि ३ लाख ६० हजार रुपिया“ र ९ जनाको लागि ४ लाख ८० हजार रुपिया“सम्म हुनेछ । तर, १० सदस्य वा सोभन्दा बढी सदस्य भएको परिवारका लागि बिमा सुबिधा निश्चित २ लाख रुपिया“मै सीमित गरिएको छ । यद्यपि, तिर्नुपर्ने मासिक योगदान रकम भने परिवार संख्याअनुसार क्रमशः ३ हजार ५ सयदेखि १४ हजारसम्म पुग्नेछ । स्वास्थ्य बिमा बोर्डका अनुसार सरकारले उक्त योजना ल्याउनुको उद्धेश्य सबै नेपाली नागरिकलाई पहु“चयोग्य स्वास्थ्य सेवा पुर्‍याउनु छ । बिमा सुबिधाअन्तर्गत् सरकारी तथा बोर्डस“ग सम्झौता भएका निजी अस्पतालहरुबाट सेवा लिन सकिने व्यवस्था छ ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि