हेटौंडा/बागमती प्रदेश प्रहरी कार्यालय हेटांैडामा आँखाजाँच गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालयको आयोजना र हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा १ सय ६० जना प्रहरी कर्मचारीहरुको आँखाजाँच गरिएको थियो ।
जाँच गरिएकामध्ये २० जनाको आँखाको थप उपचारका लागि हेटांैडा सामुदायिक आँखा अस्पताल जान सल्लाह दिइएको छ । कार्यक्रममा आँखाजाँचपश्चात् आवश्यक औषधिहरु पनि निःशुल्क वितरण गरिएको थियो ।
अस्पताल आउन नसक्ने बिरामीहरुका लागि हेटांैडा सामुदायिक आँखा अस्पतालले नियमितरुपमा सामुदायिक कार्यक्रमअन्तर्गत् बिभिन्न स्थानमा पुगेर आँखाजाँच गर्दै आएको छ । विद्यालयमा पुगेर विद्यार्थीहरुको आँखाजाँच र कार्यस्थलमा पुगेर कामदार कर्मचारीहरुको आँखाजाँच गरिँदै आएको छ ।









