हेटौंडा/मकवानपुर प्रहरीले जबर्जस्ती करणी कसुर मुद्धाका फरार प्रतिबादीलाई पक्राउ गरेको छ । ९ वर्षे नाबालिकालाई जबर्जस्ती करणी गरी वारदातपश्चात् फरार रहेका प्रतिबादीलाई एक वर्षपछि पक्राउ गरिएको हो ।
वीरगञ्ज महानगरपालिका–१३, राधेमाई टोल बस्ने वर्ष ३६ का आश मोहम्मद अन्सारीलाई खोजतलासका क्रममा जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रतिबादीको घरनजिक लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । उनलाई आवश्यक कारबाहीका लागि मकवानपुर जिल्ला अदालत हेटौंडाबाट म्याद अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









