राजुराम राउत
कतै गहिरो खोल्सामा निदाएको अजिंगरझै“, कतै वसन्तको न्यानो घाममा लम्पसारिएको बिरालोझै“, कतै आफैंभित्र गुम्सिएको सुस्त उदासीझै“, अल्छी यस्तै हो । ऊ कुनै आवाज होइन, तर समग्र जीवनमा पसारि–एको मौनता हो । कुनै व्यक्ति होइन, तर हाम्रो व्यवहारको अदृष्य परजीवी । अनि यत्ती मिठो हुन्छ कि, हामीलाई उसले बा“धेको छ कि बा“धेको छैन थाहा नै हु“दैन ।
तर, अल्छी संधैं निष्क्रियता होइन, कहिलेकाही“ त ऊ सृजनशिलताकै शत्रु बनेर आउ“छ । यही अल्छी जब आ“खा झिम्काउने बहानामा समय चोर्छ, हाम्रो भर्खर चहार्न लागेका सपनाहरूलाई सुकाएको डालीजस्तो बनाउछ । शारीरिक अल्छी, देहको जरोभित्र बस्ने निन्द्रासरह हो । उज्यालोको पहिलो झुल्को पर्दा, शरीरले स्पर्श गर्न खोज्छ बिहानको चेतना । तर, कतिपय शरीरहरू त्यस्तो बेलामा आफ्नो ओछ्यानमा युद्ध हारिसकेका हुन्छन् ।
थोरैबेर अझै सुतौ :
ॅआज त घाम पनि निस्केको छैन ।’ यी बहानाहरू कहिले चिसोको ओछ्यानमा त कहिले मोबाइलको पर्दामा आइदिन्छन् । शरीरका पखेटा काटेर आफूलाई कोठाभित्र थुन्ने यो अल्छी, यति निर्दोष लाग्छ कि कहिले का“ही त आफ्नै दुःख पनि सान्त्वना जस्तो लाग्न थाल्छ । तर, यो सान्त्वना होइन, जीवनको गतिको अपहरण हो ।
मानशिक अल्छी झनै सोच्नै नचाहने आत्मा हो । तपाईंले याद गर्नु भएको छ ? कहिले का“ही त विचारहरू पनि थाक्दछन्, न सोच्ने ठाउ“ पाइन्छ, न बुझ्ने धैर्य, मानिसहरू आफ्नै विचारको खा“चोमा अरूको मति चिमोटेर बस्न थाल्छन् ।
साथी जे भन्छ, म त्यसैमा छु :
ॅनोट्स भए पुग्छ, आफैं पढ्नु पर्दैन’, यस्ता संवादहरू मानशिक अल्छीको परिचय हुन् । यस किसिमको अल्छीले कितावहरूलाई भार बनाउ“छ, बहसलाई झण्झट बनाउ“छ, अनि सोच्नेलाई मूर्ख । तर, इतिहासका सबै निर्णायक मोडहरू सोच्नेहरूकै खुर्पा र हलोले कोरिएका छन् । भावनात्मक शैलिको कुरा कोट्याउंदा भावनात्मक अल्छी, अनुभूतिहरूको निन्द्रा नै हो भन्छन् । भावनाहरू अल्छी हुन थाल्दा मानिस रोइ रहेकालाई हेर्छ, तर उ भिज्दैन । संसार जलिरहेछ, ऊ भने मोबाइलको स्क्रिन स्क्रोल गर्दै बस्छ ।
यस्ता भावनात्मक सुस्तताले समाजमा संवेदनाको अकाल ल्याउ“छ । न प्रेम गहिरिन्छ, न क्रोध सा“चो हुन्छ । न अपमानको चोट लाग्छ, न कसैको मृत्युले आ“खा रसाउ“छ । यही त हो, भावनात्मक अल्छी । ऊ न रोएर पग्लिन्छ, न हा“सेर फुल्छ । ऊ केवल रहन्छ, मात्र एक किंकर्तव्यविमूढ । यति अल्छीको चर्चापश्चात, सामाजिक अल्छीको कुरा नगरौं भएन यिनीहरुको क्रान्तिहीन उपस्थिति रहन्छ । मान्नुहोस, केही मानिसहरू समाजमा हुन्छन्, तर समाजभित्र हु“दैनन् । यिनीहरू गुनासो गर्छन्, तर गुनासोको समाधान खोज्दैनन् ।
फोहर छ, सरकार केही गर्दैन :
ॅयुवा विदेश पलायन भैरहेको छ, सरकार कानमा तेल हाल्दैन’, यस्तै शब्दहरूको ढुंगामुढा । तर, स्वयंले त्यही सडकमा त के, आफ्नो आंगनमा एकपल्ट कुचो पनि चलाउ“दैनन्, कुनै नागरिक अभियानमा चासो पनि राख्दैनन् । सामाजिक अल्छी भन्नाले यस्ता निरीह प्राणीहरू बुझिन्छन्, जो परिवर्तन चाहन्छन्, तर आफैं हल्लिन डराउ“छन् ।
पा“चौं खालका प्रविधि–पोशित अल्छी हुन्छन्, यन्त्रहरूको चुपचाप दासता बोकेका हुलका हुल । टर्च बालेझै“ उज्यालो दिने स्मार्टफोन, हरेक प्रश्नको उत्तर दिने गुगल, अनि ॅबस्नुस्’ भन्दा पहिले नै आइपुग्ने डेलिभरी एप्स, यी सुविधाहरूले जति जीवन सजिलो बनाएका छन्, त्यत्तिकै सोच र श्रमको छाला पनि ढिलोचा“डो फुस्स बनाएका छन् । अब हि“ड्नुपर्ने ठाउ“मा स्कुटी, बोल्नुपर्ने ठाउ“मा इमोजी, भेट्नुपर्ने ठाउ“मा भिडिओ कल, यस्तो प्रविधिले सजिलो बनाईदियो, तर, साथमा ल्यायो डिजिटल अल्छी । यस्तो अल्छीले अन्ततः जीवनलाई नै बोझ बनाउन थाल्दछ । बहाना–पसन्द अल्छीको कुरा गर्दा, यिनीहरु हारलाई सौन्दर्य बनाउने चालमा ढाल्ने प्रकृतिका हुन्छन् ।
ॅमैले गरुं भन्या, के हुन्थ्यो र ?
ॅसमय थिएन :
ॅम राम्रै त हो, तर ठाउ“ पाईन’, यी वाक्यहरू हारको श्रृंगार हुन् । वास्तवमा त यिनीहरू अवसरप्रति लाज लुकाउने सिपालु भाषाविद् हुन् । बहाना बनाउने अल्छीहरू निष्क्रियताका चुरोट जलाउ“छन् र त्यसको धु“वामा भविष्यलाई ढाक्छन्। यिनीहरूलाई न भाग्यमा विश्वास हुन्छ, न श्रममा । तिनीहरू केवल कुर्सीमा बस्न चाहन्छन्, बिना दिमाग, बिना प्रयत्न ।
जब मानिसले शरीरलाई नियन्त्रण गर्छ, त्यो स्वास्थ्यको पनि विजय हो । जब सोचलाई सचेतन बनाउ“छ, त्यो बौद्धिकताको सुरुवात हो । जब भावनालाई अनुभूतिमा रूपान्तरण गर्छ, त्यो मानवीयताको पुनर्जन्म हो । अनि जब सामाजिक सक्रियता भित्रबाट आउ“छ, त्यो सभ्यताको प्रतीक हो ।
अल्छीलाई जित्नु भनेको शत्रुमा होइन, आत्मा भित्र लुकेका शत्रुलाई पराजित गर्नु हो । त्यो शत्रु, जसले तपाईंको कलम चल्न दि“दैन । जसले तपाईंको स्वर जनताको पक्षमा उठ्न दि“दैन । जसले तपाईंको सपना बिहानको निन्द्रामा बिर्सिन्छ । अन्ततः प्रगति कुनै चमत्कार होइन, त्यो केवल अल्छीमाथिको निरन्तर विजय हो । जहा“ श्रृजनाले अल्छीलाई जित्छ, त्यहा“ देश बन्छ । जहा“ कर्मले बहानालाई जित्छ, त्यहा“ भविष्य फुल्छ । अनि जहा“ मनले मनमैत्री अनुशासनलाई अपनाउ“छ, त्यहा“ व्यक्ति महान्
बन्छ ।
जा“दाजा“दै यो पनि बुझ्नुहोस कि,ॅअल्छी’ जुन देखि“दैन, तर मनभरि बास बस्छ । जुन बोल्दैन, तर शरीरलाई निन्द्रा झै“ ओढाउ“छ । जीवनको सि“ढी चढ्ने क्रममा सबैभन्दा तल्लो पाइला हो, ॅअल्छी’ । तर, यो पाइला धेरैले कहिल्यै छाड्न सक्दैनन् । के तपाईंलाई थाहा छ ? अल्छीका पनि अनेक प्रकारका हुन्छन्, हामीले कहिल्यै चिनेका छैना“ै, तर साथमा राखेका छौ“ । पढ्न अल्छी लाग्यो भने ? उठ्न अल्छी लाग्यो ? दा“त माझ्न, कुरा गर्न, रिस उठ्दा चिच्याउनसमेत अल्छी ? त्यही अल्छीको निबन्ध पढ्दै हुनुहुन्छ र पुरै पढिभ्याउनु भयो, एक अक्षर नछाडि भने, तपाईं सा“च्चै वीर पाठक हुनुहुन्छ’ ॅअल्छी’ होईन ।









