17.5 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडानवोदयमा म र मेरो परिवार’
spot_img

नवोदयमा म र मेरो परिवार’

spot_img
हेटौंडा/थिमयोजनाः म र मेरो परिवार ।’ उद्धेश्यः परिवार के हो बुझ्ने, आफ्‌नो परिवारका सदस्यहरुलाई चिन्ने, परिवारस“गको सम्बन्धलाई बुझ्ने, परिवारका सदस्यहरुको भूमिका बुझ्ने, परिवारका सदस्यहरुको नाम र तिनीहरुका काम, परिवारको महत्व र माया, परिवारको सदस्यहरुको चित्र र वर्णन ।
गतिविधिः
आफ्‌नो परिवारको चित्र बनाउने, परिवारका सदस्यहरुको नाम र काम बताउने, परिवारमा हुने विभिन्न कार्यहरुमा सहभागी हुने, परिवारबारे कथा वा कविता लेख्ने । मूल्यांकनः आफ्‌नो परिवारका सदस्यहरुस“ग परिचय गराउने, परिवारसम्बन्धि साना प्रश्नहरुको उत्तर दिने र परिवारसम्बन्धि चित्र वा रचना प्रस्तुत गर्ने । उक्त थिम योजनाले कक्षाका विद्यार्थीहरुलाई परिवारबारे बुझ्न र आत्मीयता विकास गर्न सहयोग गर्ने विश्वास छ ।
सोही आधारमा हेटौंडा–४ स्थित नवोदय शिशु सदनमा एक्जिभेट कार्यक्रम’ भएको छ । बिहीबार म र मेरो परिवार’ थिमसाथ शिक्षा दिइ कक्षा–१ का बालबालिकालाई व्यवहारिक शिक्षा दिने उद्धेश्यले उक्त कार्यक्रम गरिएको हो । परिवारहरुको आफ्‌नो व्यस्त समयका कारण बालबालिकालाई समय दिन नसकेको अवस्थामा एउटा परिवारलाई शिक्षा
दिने कुरा नाटकमार्फत् प्रदर्शन गरिएको थियो । प्रत्येक ३ महिनामा एउटा थिम सकिन्छ । र, उक्त थिमलाई व्यवहारिकरुपमा उतार्न वर्षमा ३ वटा यस्ता कार्यक्रम गरि“दै आएको छ ।
बालबालिकालाई आफ्‌नो परिवारलाई आफ्‌ना समस्या सजिलै कसरी भन्न सक्ने बनाउन र स्टेजमा गएर बोल्न सानैदेखि सिकाइ“दै आएको हो ।
तयार पारिएको एकीकृत पाठ्यक्रममा ॅम र मेरो परिवार’ भन्ने शिक्षा दिइन्छ । प्रत्येक ३ महिनापछि व्यवहारमा उतार्ने प्रयास गरिन्छ । ज्ञानोदय बालबाटिका विद्यालयका निर्देशक श्यामकुमार बानिया“, प्रगति माध्यमिक विद्यालयका प्रधानाध्यापक किशोर पराजुली, ज्ञानोदय बालबाटिकाका प्रधानाध्यापक सन्तोष शर्मा, प्रगति माध्यमिक विद्यालयका शिक्षक श्यामकुमार बस्नेत, सनराइज इङ्ग्लिस बोर्डिङका शिक्षक प्रमेश श्रेष्ठलगायत बालबालिकाका अभिभावकको उपस्थितिमा उक्त कार्यक्रम भएको थियो ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि