हेटौंडा/भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले थानकोट–चित्लाङ सडकको काम रफ्तारमा गर्न निर्देशन दिएका छन् । चन्द्रागिरि सडकको निरीक्षणपछि मन्त्री दाहालले कुनै पनि बहानाबाजीमा कामको ढिलासुस्ती नगर्न निर्देशन दिएका हुन् ।
उनले काठमाडौं जोड्ने छोटो सडक आर्थिक विकास र समृद्धिको सहयोगीसमेत बन्नसक्ने बताए । उक्त सडकले मकवानपुरको कृषि उपज काठमाडौंसम्म लैजान तथा पर्यटकीय क्षेत्रको विकास गर्नसमेत सहयोग पुर्याउने उनको भनाइ
छ । उनले विकासका संरचनाले नागरिकको जीवनमा समृद्धि ल्याउन सक्नुपर्ने बताए ।
छ । उनले विकासका संरचनाले नागरिकको जीवनमा समृद्धि ल्याउन सक्नुपर्ने बताए ।
सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य एवम् नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले मकवानपुर तथा काठमाडौंबासीका लागिमात्र नभइ पूर्वी नेपालसहित बागमती, मधेश र लुम्बिनीस“गको सम्पर्कका लागिसमेत उक्त सडक महत्वपूर्ण रहेको बताए । यहा“का बासिन्दाको जीवनस“ग प्रत्यक्ष सरोकार राख्ने र आर्थिक विकासका लागिसमेत बहुउपयोगी हुने अपेक्षा राखिएको सडक बिनाअवरोध र ढिलाइ जतिसक्दो छिटो पूरा गराउन आवश्यक रहेकोमा उनले जोड दिए ।
सडक विभागका महानिर्देशक डा.विजय जैसीले भने कुनै पनि ढिलासुस्ती हुन नदिइ निर्माण कार्यलाई गति दिने बताएका छन् । अनुगमनमा भौतिक पुर्वाधार तथा यातायात मन्त्री दाहालसहित, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा.युवराज खतिवडा, संविधानसभा सदस्य सुवासचन्द्र ठकुरी, सासद् बर्तौला र सडक विभागका प्राविधिकहरु पुगेका थिए । सडक डिभिजन काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीका अनुसार उक्त सडक निर्माणका लागि २ प्याकेजमा ठेक्का लागि काम भइरहेको छ ।
हाल नेपाल सरकारको ४० करोड बजेटमार्फत् सडक स्तरीकरणको कार्य भइरहेको छ । मन्त्रीसहित टोलीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका प्रोफेसर, विद्यार्थीहरु र स्थानीयस“ग अन्तत्र्रिmया गरेको थियो ।









