शाहाकारी जीवन एक यस्तो जिवन हो । हिन्दु सभ्यतामा यसको
गहिरो सम्बन्ध छ । यसका लागि नैतिक, आर्थिक, अंहिसा, प्रकृति, योग पर्यावरणको आधारबाट भन्न सकिन्छ कि शाहाकारी जीवन उत्तम जीवन हो । पश्चिमा राष्ट्रहरू पनि शाहाकारी जिवनप्रति लालयित हुन थालेका छन् । शाहाकारीबाट स्वास्थ्यको सुरक्षा हुन्छ । विश्वका विद्वानहरूको सम्मेलनबाट यो पुष्टि भएको छ कि मासु खानेको भन्दा नखानेको जीवन बढी सुरक्षित हुन्छ ।
डाक्टरहरूले बिरामीहरूलाई शरीर मोटो बनाउन अण्डा तथा मासु खाने सल्लाह दिन्छन् । जसबाट प्रशस्त मात्रामा प्रोटिन मिल्दछ । स्वास्थ्यका लागि प्रोटिन आवश्यक पर्दछ । शाहाकारी परि–कारबाट पनि प्रोटिन पाउन सकिन्छ कि सकिदैन ? प्रोटिन, कार्वोहाइडे्रड क्यालोरीको आधारबाट शाहाकारी जीवनले बढी स्वास्थ्यको सुरक्षा गर्न सकिन्छ । शाहाकारी परिकार उत्तम आहार हो । अण्डा, माछा शरीरका लागि आवश्यकता पर्दछ । तर, यि चिज शरीरका लागि आवश्यकता पर्दैन । फल शाहाकारी जीवन व्यतित गर्नेका लागि उत्तम हो ।
आँप, केरा, अंगुर, स्याऊबाट पनि शतिm मिल्दछ । दाल, गहुँ, चामलबाट कार्वोहाइडे्रट पाइन्छ । फलफुल र साग सब्जिबाट विभिन्न किसिमका खनिज वस्तुहरू पाइन्छन् । भनिएको पनि छ कि बच्चाको स्वास्थ्यका लागि अण्डा आवश्यकता पर्दछ । यो एक किसिमको नाटक मात्र हो । सन् १९८५ मा नोवेल शान्ति पुरस्कार विजेता डा.माइकल एस ब्राउन तथा डा.जिसेफ एल गोल्डस्टिन नामक २ अमेरिकन डाक्टरहरूले अनुसन्धान गरेका थिए । हृदयको रोगका कारण धेरै मानिसहरू मर्ने गर्दछन् ।
उनीहरूको विचारअनुसार कोलस्टे्ररोल नामक तत्व रगतमा जम्नासाथ स्वास बन्द हुन्छ । कोलस्ट्रोरोल अण्डामा सबभन्दा बढी पाइन्छ । १०० ग्राम अण्डामा लगभग ५०० मि.ग्राम पाउन सकिन्छ । सागसब्जिमा शुन्य पाइन्छ । मासु, अण्डा तथा जनावरबाट पाइने बोसोमा प्रशस्त मात्रामा कोलस्ट्रोरोल पाउन सकिन्छ, अण्डालाई पचाउन सकिदैन । अण्डा उसिनेर बाहिरी बोक्रा निकाली सकेपछि लगभग १५ हजार सुक्ष्म छिद्रद्वारा किटाणुहरूको प्रवेश हुन्छ ।
ती किटाणुहरूले खराब गर्दछन् । जुन मानिसहरू अण्डा तथा मासु खान्छन्, उनीहरूको शरीरमा टिष्पटरोको सख्यामा कमी आउँदछ । जसले कोलस्ट्रोरोलको मात्रा बढन् जान्छ । कोलस्ट्रोरोज बढेपछि हृदयसम्बन्धि रोग लाग्दछ, पत्थरी पनि बढेर जान्छ । विदेशमा अहिले शाहाका–रीलाई खुब मान्यता दिन थालेका छन् । सन् १९८५ सालमा ६० लाख अमेरिकन नागरिक शाहाकारी थिए । अहिले त्यो संख्या बढेर करिव डेढ करोड पुगिसकेको हुनु पर्दछ । अमेरिकाका अधिकांश मानिसहरू शाहाकारी भोजनप्रति आकर्षित हँुदै आईरहेका छन् ।
भनिएको पनि छ कि बच्चाको शारीरिक बृद्वि गराउनका लागि मांसाहार गर्नु पर्दछ । तर, वास्तवमा यो तरिका ठीक होइन । प्रोटिन, क्यालो–री, कावा‘हाइडे्रडको आधारबाट पनि मांसहारी जिवनभन्दा शाहाकारी जीवन नै उत्तम हो । जनाव–रहरूमा पनि मांसहारीभन्दा शाहाकारी नै शतिmशाली हुन्छन् ।
उदाहरणका लागि हाती, घोडा, गैडालाई लिन सकिन्छ । विश्वका धेरै पहलवानहरू पनि शाहाकारी नै थिए । मांसाहारीका रोगीहरूलाईभन्दा शाहाकारीका रोगीहरू बढी सुरक्षित हुन्छन् ।
सुगुरको मासुबाट झन् विभिन्न किसिमका रोगहरू देखा पर्दछ ।
मासु खानाले मानव शरीरमा कोलेष्टोर बढ्दछ । हनुमान पनि शाहाकारी नै थिए । जस्ले बढी मासु खान्छ उसको हृदयको क्रियाकलाप बढेर जान्छ । मासु खानाले उच्च रतmचाप बढेर जान्छ । मासु खाने मानिसहरूमा विषातm जिवाणुको प्रवेश हुन्छ । केही त्यस्ता कडा जीवहरू भने मर्दैनन् । मासु खानाले उत्तेजनाको तत्व बढेर जान्छ । मरेको पशुमा बाँचेको पशुको भन्दा बढी उत्तेजित पार्ने तत्व हुन्छ । मांसहारी सबैका लागि खतरनाक हुन्छ । स्वास्थ्य राम्रो बनाउने हो भने कहिले पनि अण्डा र मासु खान हुदैन ।
नारंगीको उपयोगिता :
फलको रानी भनेर नारंगीलाई भनिन्छ ।
नारगीमा रानी बन्न लायक विशेषताहरु पाइन्छ । त्यसकारण नारंगीलाई फलको रानी भनिएको हो । आयुर्वेद शास्त्रमा नारंगीको उल्लेख छ । नारंगी हृदयका लागि प्रिय, खाना पचाउनका लागि सहयोगी, बाथको रोग निको पार्नमा सहयोगी भएको पाइन्छ । नारंगीमा खनिज पदार्थ, भिटामिन ‘ए’, खानासाथ शतिm प्रदान गर्दछ । यसको रस पचाउन समय लाग्दछ । भिटामिन ‘सि’ पनि नारंगीमा पाइन्छ ।
पोटासियम र फलाम तत्व पनि पाइन्छ । नारंगी खानाले हृदय, स्नायु, मस्तिष्कमा नयाँ शतिm प्राप्त हुन्छ । बच्चा, बृद्व, दुव्लो, पातलो मानिसहरू
नारंगी खाएर लाभ उठाउन सक्दछन् । ज्यादै ज्वरो आएको समयमा यसलाई खानाले तापमान कम हुन्छ ।
पिसावसम्बन्धि रोग र किड्नीसम्बन्धि रोग हटाउंदछ । बच्चाको शरीरलाई यथास्थानमा
राख्नका लागि दुधमा नारंगीको रस मिलाएर खाएमा लाभ हुन जान्छ । यसरी खुवाउनाले बालकमा नयाँ उर्जा प्राप्त हुन्छ । दाँत निस्कने समयमा बालकमा उल्टी हुन सक्दछ ।
नारंगीको रस खुवाएमा उल्टी कम हुन जान्छ । यसले पाचन शतिm बढाउँदछ । कमजोर शरीर भएका, गर्भवती महिला, कब्जियत, अपच, पेटमा ग्या“स भरिएमा, जोर्नी दुःखेमा, ब्लडप्रेसर, चर्मरोग अर्थात् छालासम्बन्धि रोग देखा परेमा नारंगीको रसबाट लाभ पुग्दछ ।
जसलाई दुध पच्दैन, तर ऊ दुधमा नै निर्भर हुने गर्दछ । उसले अवश्य पनि नारंगीको रस पिउनु पर्दछ । भिटामिन ॅवि’ को कमी भएमा नारंगीको रस सेवन गर्नु पर्दछ । आवरण नराम्रो भएमा नारंगीको चुर्ण गुलाव जलमा मिलाएर लगाउनाले चेहरा राम्रो देखिन्छ ।
नारगीले सबै प्रकारका रोग हटाउँदछ । यो फल शरीरका लागि एकदम हितकारी मानिएको छ । नारंगीको अमिलो रस बच्चा, बुढा, गर्भवती महिलाले सेवन गर्नु हँुदैन ।
विभिन्न फल तथा कन्दमूलको उपयोगिता :
केरा :
केरा एक किसिमको उपयोगी फल हो । काँचो केराले शितलता, भारी, कफ, पित्त, रतबिकार, वायु नाशक हुन्छ । पाकेको केराले सितल, मधुर, बीर्यवद्र्वक, फाइदाजनक, खाना रूचाउने, मांसपेशी बढाउने, नेत्ररोग हटाउने,
रगत पित्त, हृदयशुल, गर्मीबाट हुने रोग बचाउँदछ । खाना खानुभन्दा पहिला केरा खानु हुँदैन । पाकेको केरा खानु राम्रो मानिन्छ । केराको बीज, पत्ता, फुल सबै रोगमा लाभदायक नै हुन्छ ।
आँप :
आँप एक प्रशिद्व तथा उपयोगी फल हो । काँचो आँप पित्तबर्धक हुन्छ । पाकेको आँप मीठो हुन्छ । जसले बल, सुखदायक, गुरू, बाथनासक, शितलता तथा बीर्यबर्धक हुन्छ । यसले शतिm प्रदान गर्दछ । आँपको रस दुधमा मिलाएर खानाले शतिmबर्धक तथा बीर्य उत्पादन गर्ने किसिमको हुन्छ । कलमी गरेर तयार पारिएको आँपले पित्त हटाउन मद्दत गर्दछ । धेरै आँप खानु हुँदैन । पाकेको आँपमा भिटामिन ‘सि’ तथा ‘ए’ दुवै पाइन्छ । आँप फलको राजा मानिएको छ । वर्तमान समयमा यसको सेवनबाट विभिन्न किसिमका
रोगहरू देखा पर्न थालेको छ । समय नपुग्दै विभिन्न केमिकलको माध्यम्बाट आ“प पकाएर बजारमा ल्याउने गरिन्छ । त्यस्ता आँप खानाले मुटुसम्बन्धि रोगहरू देखा पर्न थालेको छ । नेपालीलाई खान पाए हुन्छ । सिजनको फल खान पाउँदा स्वास्थ्यलाई राम्रो गर्दछ । विदेशमा नराम्रो चीजलाई सबैले बहिष्कार गर्दछन् ।
जामुन :
जामुनो एक किसिमको फल हो । रोग लागेमा एकदम लाभदायक फल हो । जामुनो पनि विभिन्न प्रकारका हुन्छन् । जामुनो स्वादिष्ट रूचिकारक हुन्छ । सानाखाले जामुनाले कफ तथा रतmबिकार हटाउँदछ । मधुमेहका रोगी, उदर शुल भएकाहरू का लागि, योनी दोष भएकाहरूका लागि, मुखदोष, खाना खान मन नलागेकाहरूका लागि वरदान सावित हुन जान्छ ।
अनार :
अनार अमिलो रसयुतm किसिमको हुन्छ । सामान्यरूपको आधारमा अनारको रस खानाले हृदयको रोग, कण्ठरोग, मुख गन्हाउनबाट पनि बचाउँदछ । अनारमा भिटामिन ‘सि’, ‘ब’ दुवै पाइन्छ । राती अनार खान हँदैन । अनारको रसले आमाशय तथा कण्ठरोगका लागि फाइदाजनक नै हुन्छ । ज्वरो तथा टाईफाईडको समयमा पनि अनार खान दिन सकिन्छ ।
मेवा :
पाकेको मेवा खांदा शीतल हुन्छ । पचाउन पनि सजिलो हुन्छ । पिसावसम्बन्धि समस्या देखा परेमा मेवा खांदा शरिरलाई राम्रो हुन्छ । पहिले मेवा भारतबाट आयात हुन्थ्यो । वर्तमान समयमा नेपालमा पनि मेवा बढी उत्पादन हुन थालेको छ । पहाडी भागमा फल्ने मेवा र तराइमा पाइने मेवामा निकै भिन्नता रहेको पाइएको छ । पहाडमा फल्ने मेवा बढी स्वादिष्ट हुन्छ । तराइमा हुने मेवा खल्लो हुन्छ । मेवामा विभिन्न किसिमका भेदहरू छन् । पविता मेवा ज्यादै मीठो हुन्छ । हेर्दा रङ पनि रातो हुन्छ । अर्को मेवाको रङ पहेलो किसिमको हुने गर्दछ ।
कागती :
कागती धेरै प्रकारका हुन्छन् । कागतीबाट अल्सर हुन सक्दछ । बाथको रोगीलाई फाइदाजनक नै हुन्छ । मीठो कागतीबाट बल प्राप्त हुन्छ । बिजौरा कागतीले रतmपित्त हटाउँदछ । चकोतरा कागती स्वादिष्ट, रूचिकारक, शीतल दिने गर्दछ । ज्यामिर कागतीले हृदयको पीडालाई हटाउ“दछ ।
विभिन्न रोगमा यसको प्रयोग गर्न सकिन्छ । कागतीको पात, डांठ, फल हरेक कामका लागि उपयोगी हुन्छ । नेपालको विशेष गरी पूर्वी भागमा कागतीको खेती बढी हुने गर्दछ । कागतीको सिजन भनेको कार्तिक, मार्ग, पौष, माघ महिनासम्म यसको उत्पादन बढी हुन्छ । पहिले भारतबाट कागती आयात हुने गर्दथ्यो । वर्तमान समयमा नेपालीहरूले पनि कागतीको खेती गर्न थालेका छन् । जसले गर्दा भारतबाट कम माात्रामा कागती आयात हुने गर्दछ ।









