हेटौंडा/नेपालीका हरेक चाडबाडले विभिन्न प्रकारका खानेकुरालाई प्रोत्साहन गर्ने गर्छ । असार १५ मा दहीचिउरा खाएजस्तै आज साउन १५ मा खिर खाने चलन छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने मान्यता नेपाली समाजमा चलिआएको छ । खिर स्वास्थ्यका लागि उपयुक्त खाना मानिन्छ । पोषणविद् प्राडा उमा कोइरालाका अनुसार खिर पूर्ण खाना हो ।
कृषिप्रधान देश भएकाले खिर दिवसको धेरै नै महत्व छ । खेती गरेर थाकेको शरीरलाई ऊर्जा प्रदान गर्न खिर खाने चलन चलाएको हुनसक्ने डा. कोइरालाको भनाइ छ । उनी भन्छिन्–त्यस बेला हालको जस्ता विभिन्न थरिका खानेकुरा पाइ“दैन थिए । खिरलाई उत्तम खाना मानिन्थ्यो । काम गरेर थाकेको शरीरलाई ऊर्जा दिन खिर खाने चलन चलाएको हुनुपर्छ ।
पौष्टिकताको हिसाबले पनि खिरलाई उच्च कोटीको खानाका रुपमा मानिन्छ । खिरले रोग प्रतिरोधात्मक क्षमता बढाउने डा. कोइराला बताउ“छिन् । उनी भन्छिन्–बर्खाको बेला विभिन्न संक्रमणक रोग बढ्ने गर्छ । रोगको जोखिम बढी हुने हु“दा खिर पकाएर खा“दा शरीरमा ऊर्जा मिल्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्छ ।
खिरमा के पाइन्छ
खिर, दूध, घिउ, चामल, गुड वा चिनी हालेर पकाइने गरिन्छ । दूधमा प्रशस्त मात्रमा प्रोटिन र क्याल्सियम पाइन्छ र चामलमा कार्बोहाइड्रेट पाइन्छ । यसरी पकाएको खाद्यमा प्रशस्त मात्रमा क्यालोरी पाइन्छ । जसले शरीरमा ऊर्जा प्रदान गर्नेगर्छ । प्रोटिनले शरीरका मांसपेशी र हड्डी बलियो बनाउन मद्धत गर्ने उनी बताउ“छिन् । उनी भन्छिन्–खिरले बिग्रिएको मांसपेशी हाडलाई बलियो बनाउन मद्धत गर्छ । बच्चालाई खिर दि“दा मांसपेशी र हड्डी बलियो बनाउन मद्धत गर्छ । बढ्दो उमेरका हड्डी, मांसपेशी पुनर्निर्माण गर्ने काम गर्छ ।
पछिल्लो समय खिर बनाउ“दा चामल, दूध, घिउ, सुक्खा नरिवल, छोकडा, अन्य ड्राइफ्रुट र चिनी वा गुड मिसाएर पकाउ“दा नरिवल, ड्राइफ्रुटले थप खानालाई स्वादिलो र पौष्टिक तत्वले प्रदान गर्ने गर्छ । उनी भन्छिन्–यसरी पकाएको खाना पूर्ण खाद्यपदार्थ हो । यसबाट क्यालोरी, प्रोटिन, मिनरल, आइरन जस्ता शरीरलाई अत्यावश्यक पर्ने तत्व प्राप्त गर्न सकिन्छ । खिर बच्चा, वृद्ध सबैलाई उपयुक्त हुने उनी बताउ“छिन् ।
यस्ता दिवसमा हाम्रो खानेकुरा यसको महत्वको विषयमा नया“ पुस्तालाई पनि हाम्रो स“स्कृतिका विषयमा सिकाउने अवसर प्रदान गर्ने उनको तर्क छ । उनी भन्छिन्–हाम्रा चाडपर्व निकै महत्वपूर्ण छन् । स्वास्थ्यका हिसाबले पनि निकै महत्वपूर्ण छ, यसलाई जोगाउनुपर्छ भन्ने विषयमा जानकारी दिनुपर्छ ।









