हेटौंडा/रोटर्याक्ट क्लब अफ मकवानपुरको अध्यक्षमा अमीतकुमार सिंहको पदस्थापना भएको छ । शनिबार हेटौंडामा एक कार्यक्रमबीच रोटर्याक्ट क्लब अफ मकवानपुरमा वर्ष २०२४/०२५ की अध्यक्ष श्रीजना लामिछानेले २०२५/०२६ का लागि अध्यक्ष सिंहलाई पद हस्तान्तरण गरेकी हुन् ।
रोटर्याक्ट क्लबको १० औं पदस्थापना कार्यक्रमबाट अध्यक्षमा पदस्थापित सिंहले नया“ कार्यक्रमहरुको आयोजना गर्दै आफ्नो कार्यकाल नमूनालायक बनाउने जानकारी गराएका छन् । रोटर्याक्ट अभियानमा लागेको छोटो अवधिमा अध्यक्षमा निर्विरोध चयन भएकोमा उनले खुशी व्यक्त गरे ।
उनले वर्ष २०२५/०२६ का लागि उपाध्यक्षमा सुजन राई, सचिव जमुना थापा, कोषाध्यक्ष रचना कार्की, सर्जन एट आम्स मैया थापा, क्लब एड्मिनचेयरमा गंगा थापा, रोटर्याक्ट लर्निङ फेसिलेटर दीपेश खनाल, सर्भिस प्रोजेक्ट चेयरमा कृष्ण अधिकारी, योङ लिडर्स कन्ट्याक्ट करुण खतिवडा, पल्ब्लिक इमेज चेयर सरिता उप्रेती, मेम्बरसिप चेयरमा रबिना घिमिरे, फेलोसिप चेयरमा स्वस्तिका अर्याललाई मनोनित गरिएको बताए ।
कार्यक्रममा हेटौंडाकी मेयर मीना लामाले युवाहरुको संस्था रोटर्याक्ट क्लब अफ मकवानपुरस“ग सहकार्यका लागि उपमहानगरपालिका तयारी रहेको विश्वास दिलाइन् । युवाहरुलाई रोजगारीस“ग जोड्ने उद्धेश्यले हेटौंडामा प्राविधिक शिक्षालाई प्राथमिकता दिइएको उनको भनाइ छ ।
कार्यक्रममा निवर्तमान अध्यक्ष लामिछानेले रचना कार्की, सुजन राई र अमित सिंहलाई विभिन्न अवार्ड प्रदान गर्दै आफ्नो कार्यकालका सहयोगीहरुलाई मायाको चिनो प्रदान गरेकी छन् । मेयर लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन भएको हो । कार्यक्रममा रोटरी क्लब अफ मकवानपुर अध्यक्ष विजयकुमार श्रेष्ठ, रोटर्याक्टका एडीआरआर मिलन ढकाल, रोटर्याक्ट क्लब अफ मकवानपुर संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, पूर्वअध्यक्ष प्रदीपकुमार राईलगायतको उपस्थिति थियो ।









