17.8 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाइङ्ल्याण्ड राज्य परिषद् अध्यक्षमा मकवानपुरकी थापा
spot_img

इङ्ल्याण्ड राज्य परिषद् अध्यक्षमा मकवानपुरकी थापा

spot_img
हेटौंडा/इङ्ल्याण्ड राज्य परिषद्को आगामी कार्यकालका लागि अध्यक्षमा समाजसेवी राममाया थापा विजयी भएकी छन् । उनले कुल १ हजार ७९ मत ल्याउ“दै प्रतिस्पर्धी उम्मेद्वारलाई पछि पारेर अध्यक्ष निर्वाचित भएकी हुन् ।
मकवानपुरको थाहा नगरपालिकाकी चेली थापाले निर्वाचनपश्चात् सबै समुदायप्रति आभार व्यक्त गर्दै भनिन्‌–यो मेरोमात्र होइन, हामी सबैको साझा सफलता हो । उनले आफ्‌नो समर्पण र संकल्प दोहोर्‍याएकी छन् । थापाले निर्वाचनअघि आफ्‌नो उम्मेद्वारी घोषणा गर्दै इङ्ल्याण्ड राज्यमा रहेका नेपाली समुदायको समुन्नत, समावेशी र उत्तरदायी नेतृत्व आवश्यक रहेको स्पष्ट संकेत दिएकी थिइन् ।
झन्डै दुई दशकदेखि बेलायतमा बसोबास गर्दै आएकी थापा यही अवधिभर सामाजिक सेवामा निरन्तर सक्रिय रह“दै आएकी छन् । उनले नेपाली सामाजिक संघसंस्थाहरुमा अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, मिडिया सचिव तथा प्रवक्ताको भूमिकामा रहेर अनुभव संकलन गरेकी छन् । हाल २०२३–२०२५ को कार्यकालमा उनी इङ्ल्याण्ड राज्य परिषद्को कोषाध्यक्षका रुपमा क्रियाशील थिइन्, जहा“ आर्थिक अनुशासन, पारदर्शिता र संस्थागत् विकासमा उनको योगदान उल्लेखनीय रह्यो ।
विपद् व्यवस्थापनदेखि महिला सशक्तीकरण, युवापुस्ताको क्षमता विकास, आपत्‌कालीन राहत अभियान तथा नेपालप्रतिको भावनात्मक सम्बन्ध मजबुत बनाउन उनले नेतृत्वदायी भूमिका खेलेकी छन् । २०८० मा आएको जाजरकोटको भुकम्पमा पनि बेलायतबाट राहत संकलन गरी नेपाल पठाउने अभियानमा पनि उनी अग्रणी थिइन् ।
व्यावसायिक क्षेत्रमा पनि उनीमा सफलतापूर्वक सक्रिय रह“दै उद्यमशीलता र सामाजिक सेवाबीच सन्तुलन कायम गरेकी छन् । थापाले निर्वाचनपश्चात् धन्यवाद दि“दै भनिन्‌–म पारदर्शी, उत्तरदायी र सहभागी नेतृत्वमार्फत् इङ्ल्याण्ड राज्य परिषद्लाई आदर्श सामाजिक संस्था बनाउने दृढ संकल्पसाथ अघि बढ्नेछु । उनले आगामी दिनमा नेतृत्वमा महिला सहभागिताको ढोका अझ फराकिलो बनाउने अपेक्षा गरिन्
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि