17.8 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाहेटौंडामा स्वर समर्पण–जनसांगीतिक सााझ
spot_img

हेटौंडामा स्वर समर्पण–जनसांगीतिक सााझ

spot_img
हेटौंडा/नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसको सन्दर्भमा हेटौंडामा स्वर समर्पण–जनसांगीतिक सााझ हुने भएको छ । नेकपा एमाले मकवानपुर जनसंगठन समन्वय संयन्त्रको आयोजना एवम् राष्ट्रिय जनसाास्कृतिक महासंघ मकवानपुरको व्यवस्थापनमा ७ गते स्वर समर्पण–जनसांगीतिक सा“झ हुन लागेको हो ।
हेटौंडा उपमहानगरपालिका–४ स्थित रोयल पार्टी प्यालेसमा दिउासो ४ बजेबाट सुरु हुने कार्यक्रममा राष्ट्रिय जनसाास्कृतिक महासंघले १४ वटा जनवादी गीतको प्रस्तुति दिने तयारी गरेको छ । अनेरास्ववियुलगायत अन्य जनसंगठनको समेत विशेष प्रस्तुति रहने जनसंगठन समन्वय संयन्त्र प्रमुख सन्तोष पौडेलले बताए ।
कार्यक्रममा पार्टी स्वयम्‌सेवक विभागले स्वयम्‌सेवक व्यवस्थापन र परिचालनको जिम्मेवारी सम्हालेको छ । जनसंगठन समन्वय संयन्त्र प्रमुख पौडेलले कार्यक्रमको तयारी पूरा भइसकेको बताउादै जनसंगठन समन्यव संयन्त्र नेकपा एमालेको भ्रातृ संगठनको समन्वय र परिचालन गर्ने वैधानिक संरचना हो ।
संयन्त्रले जनसंगठनको प्रभावकारी परिचालन, वैचारिक राजनीतिक प्रशिक्षण, जनतास“ग जनसंगठन अभियान सञ्चालनलगायत आधारभुत तहसम्म जनसंगठन बिस्तार र सुदृढीकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।
यस वर्ष पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित स्वर समर्पण–जनसांगीतिक सााझले नयाा पुस्तालाई जनवादी गीतसंगीतमार्फत् नेपालको कम्युनिष्ट आन्दोलन, समाज र जीवनबारे बुझाउने अपेक्षा आयोजकको रहेको बताए । १५ असार १९८१ मा रामेछापको भागेरीमा जन्मिएका श्रेष्ठको ७ साउन २०३५ मा भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यसाथ १० बैशाख २००६ मा नेकपा स्थापना गरेका थिए । नेकपा स्थापना कोलकाताको श्यामबजारमा पुष्पलाल, नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा भएको थियो । राणाविरोधी आन्दोलनका शहीद गंगालाल श्रेष्ठका माइला भाइसमेत रहेका श्रेष्ठ दाजुको हत्या भएपछि १५ वर्ष उमेरमा राणाशाहीविरोधी आन्दोलनमा सक्रिय भए ।
छोरा राजनीतिमा लागेकै कारण पिता भक्तलालको सुब्बाको जागिर खोसिएको थियो । २०१७ सालको राजाको कदम पछाडि उनले भूमिगत् निर्वासित जीवन विताएका थिए । त्यसपछि २०२५ सालमा पञ्चायती निरंकुशता अन्त्यका लागि संयुक्त जनआन्दोलनको कार्यदिशा अगाडि सार्ने उनी पहिलो नेता हुन् । सरकारले पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कार स्थापना गरेको छ ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि