17.8 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडारिद्धिसिद्धिद्वारा‘मकवानपुर स्मार्ट स्टुडेण्ट अफ द इएर’
spot_img

रिद्धिसिद्धिद्वारा‘मकवानपुर स्मार्ट स्टुडेण्ट अफ द इएर’

spot_img
हेटौंडा/रिद्धिसिद्धि सिमेन्टले आफ्‌नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत् मकवानपुरलाई लक्षित गरी आयोजना गरेको ॅमकवानपुर स्मार्ट स्टुडेण्ट अफ द इएर २०८२’ को छात्रवृत्ति प्रदान गरेकोे छ ।
रिद्धिसिद्धि सिमेन्टले आयोजना गरेकोे कार्यक्रममा लिखित परीक्षा तथा दौड प्रतियोगितामार्फत् पिप्ले रंगशालामा बृहत् कार्यक्रम आयोजना गरिएकोे थियो । कार्यक्रममा मकवानपुर जिल्लाबाट एसईईमा ४ जीपीए ल्याएकी अनुषा उप्रेती, अस्मिता घिमिरे, अनुप्रस्था देबकोटा र विमर्श श्रेष्ठलाई सम्मानस्वरुप नगद ५ हजार १ प्रत्येकलाई प्रदान गरिएको थियो ।
छात्रवृत्ति कार्यक्रमअन्तर्गत् कम्पनीले पहिलो हुने विद्यार्थीलाई मासिकरुपमा ५ हजार, दोस्रो हुनेलाई ३ हजार ५ सय, तेस्रो हुनेलाई २ हजार ५ सयका साथै सान्त्वनास्वरुप थप १२ विद्यार्थीलाई मासिकरुपमा १ हजार ५ सय रुपिया“ एक वर्षसम्म उपलब्ध गराउने छ । छात्रवृत्ति कार्यक्रममा कुल १ सय ८७ विद्यार्थी सहभागी थिए ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत गुणराजप्रसाद न्यौपानेको उपस्थितिमा सञ्चालन गरिएको कार्यक्रममा मकवानपुरबाट एसईईमा उत्कृष्ट अंक ल्याउने बालजागृति बोर्डिङ, नवोदय शिशु सदन, बालज्योति माविका साथै सोलिड्यारिटी इन्टरनेसनल एकेडेमीका प्रधानाध्यापक तथा प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय मकवानपुर, शिक्षा विकास तथा समन्वय एकार्इं, शिक्षा विकास महाशाखा, पिप्ले युवा क्लब, हेटांैडा उपमहानगरपालिका वडा–५ लाई सम्मान गरिएको थियो ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि