हेटौंडा/राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर क्षेत्र–१ (ख) को दोस्रो क्षेत्रीय अधिवेशन सुरु भएको छ । हेटौंडा–४ स्थित बालकुमारी पार्टी प्यालेसमा आयोजित कार्यक्रम मकवानपुर प्रतिनिधिसभा क्षेत्र–१ का सांसद् तथा राप्रपा केन्द्रीय नेता दीपकबहादुर सिंहको प्रमुख आतिथ्यमा सुरु गरिएको हो ।
अधिवेशन उद्घाटन सत्रमा पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता, स्थानीय प्रतिनिधि तथा शुभेच्छुकको उपस्थिति देखिएको छ । कार्यक्रममा मुलुकमा राजसंस्था पुनर्स्थापना, हिन्दुराष्ट्र र सशक्त स्थानीय संगठन निर्माणका विषयमा विशेष जोड दिइएको छ । अधिवेशनका क्रममा क्षेत्रीय नेतृत्व चयन, संगठन सुदृढीकरण र आगामी राजनीतिक रणनीतिहरुको पनि व्यापक छलफल गरिने जनाइएको छ । राप्रपाले अधिवेशनलाई संगठनात्मक दृष्टिले महत्वपूर्ण अवसरका रुपमा लिएको छ ।









