राजुराम रउत
हाम्रो समाजमा धेरैजसो मानिसको सोचाइ र व्यवहारमा गहिरो द्वन्द्व पाइन्छ । हामी परिवर्तनको कुरा गर्छौं, तर, परिवर्तनका लागि आवश्यक जिम्मेवारीबाट टाढा भाग्छौं । हामी युरोप–अमेरिकाको उन्नत जीवन शैलीको सपना देख्छौं, तर आफ्नो सामुदायिक व्यवहार र संस्कृतिमा सुधार गर्न चाह“दैनौं । यो विचारलाई सशक्त बनाउँदै ॅक्ष थयग धबलत तय दभ ब पष्लन, थयग कजयगमि ष्खिभ ष्पिभ ब पष्लन’ भन्ने भनाइले सन्देश दिन्छ कि कुनै पनि उपलब्धिको लागि सोच र व्यवहारमा समानता आवश्यक छ ।
कागको पछाडि कुद्ने बानी :
हाम्रो समाजको एउटा ठूलो समस्या भनेकै ॅकागको पछाडि कुद्ने’ बानी हो । यसले हामीलाई सतही र भ्रमपूर्ण जीवनतर्फ आकर्षित गर्दछ । हामी आफ्ना समस्या समाधान गर्नुभन्दा बाहिरका जीवनशैली अपनाउन खोज्छौं । यो कस्तो विडम्बना हो भने, आफ्नो घरको फोहोर सफा नगर्ने हामीले विदेशी समाजको सरसफाइलाई मात्र प्रशंसा गर्छौं ।
विकासका लागि अनुशासन र उत्तरदायित्व :
युरोप र अमेरिकाको जीवनशैलीको जुन पक्षलाई हामी आकर्षक मान्छौं, त्यसको मूलमा जिम्मेवारी, अनुशासन र दीर्घकालीन सोच हो । ती देशहरूले प्रगति गर्न हजारौं वर्षको संघर्ष, परिश्रम र त्याग गरेका छन् । तर हामी तिनीहरूको सतही चमकलाई मात्र देख्छौं ।
उदाहरणका लागि, यदि हामी चाहन्छौं कि हाम्रो समाजमा सडक सफा होस् भने, सडकमा बोतल वा फोहोर प्mया“क्ने बानीलाई तुरुन्तै त्याग्नुपर्छ । तर, हामी के गर्छौं ? रातभर मदिरा सेवन गरी बोतल बाटामा फोड्छौं, बिहान चर्को स्वरमा ॅचोर नेताहरू’ भनी दोष लगाउ“छौं ।
नेतृत्वको सही अर्थ
ॅराजा बन्न’ का लागि नेतृत्वको गुण आवश्यक पर्छ । राजा हुनु भनेको केवल ठूला कुराहरू गर्नु होइन, साना–साना जिम्मेवारीहरू पुरा गर्नु, अरूलाई प्रेरणा दिनु र आफ्नै जीवनलाई उदाहरणीय बनाउनु हो । यदि हामी चाहन्छौं कि हाम्रो समाजमा परिवर्तन होस्, हामी आफैंले ती परिवर्तनहरू सुरु गर्नुपर्छ ।
हामीले गर्ने केही सामान्य गल्तीहरू :
ँआफ्नै कामप्रति लापरवाहीः
हामी समयमै काम नगर्ने, अरूलाई दोष दिने र आफ्नो कमजोरी स्वीकार नगर्ने प्रवृत्तिमा छौं ।
ँभ्रमपूर्ण आकांक्षाहरूः
विदेशको जीवनशैलीको बाहिरी आवरणलाई देखेर त्यहा“को त्याग र मेहनतलाई बेवास्ता गर्ने ।
ँसतही राष्ट्रवादः
आफ्नो देशको वास्तविक स्थिति नबुझी भावनात्मक राष्ट्रवाद प्रदर्शन गर्ने ।
अनि, तपाईंको जीवन कसरी ॅराजाको जीवन’ जस्तै बनाउन सकिन्छ ? राजा बन्नको लागि केही गुणहरू आवश्यक छन्, जसले तपाईंको जीवनलाई अनुकरणीय बनाउन सक्छ ।
ँअनुशासन
अनुशासन नै सफल जीवनको आधार हो । राजाले आफ्ना समय र स्रोतको सदुपयोग गर्छन् । तपाईंले पनि आफ्नो दैनिकीमा अनुशासन लागू गर्नु पर्छ ।
ँजिम्मेवारी लिनु :
नेता वा राजा हुनका लागि आफूले गरेका कामहरूको जिम्मेवारी लिनुपर्छ । केवल दोषारोपण गर्नेभन्दा आफ्नो कर्तव्य पुरा गर्ने बानी विकास गर्नुपर्छ ।
ँछोटो र दीर्घकालीन योजना बनाउने :
युरोप–अमेरिका जस्ता देशहरू आज उन्नत हुनुको मुख्य कारण तिनीहरूको दीर्घकालीन योजना हो । हाम्रो समाजले पनि तत्काल समाधान खोज्नुभन्दा स्थायी योजनामा ध्यान दिनुपर्छ र तत्काललाई छिटोछरितो कार्ययोजना ल्याउनु पर्छ ।
ँआफ्नो इतिहास र संस्कृतिलाई मूल्य दिनु :
हामी आफ्नो संस्कृति र इतिहासलाई त्यागेर पश्चिमाको पछाडि कुद्न खोज्छौं । तर सफल समाजले सधैं आफ्नो मौलिकतामा आधारित भएर प्रगति गर्छ ।
ँविदेशको सपना, तर आफ्नै देशको सम्भावना
हामी युरोप–अमेरिकाको विकासलाई आदर्श मान्छौं, तर नेपालमै रहेका विशाल सम्भावनालाई बेवास्ता गर्छौं । यहा“ पर्याप्त स्रोतसाधन छ, योग्य मानव संशाधन छ र प्रचुर सम्भावना छ । हाम्रो आवश्यकता भनेको नेतृत्व, योजना र मेहनतको हो ।
क्ष थ्यग ध्बलत तय द्यभ ब प्ष्लन को व्यावहारिक पक्ष :
यस भनाइले एउटा सशक्त सन्देश दिन्छ । यदि तपाईं उच्च स्थानमा पुग्न चाहनुहुन्छ भने, तपाईंले आफ्नो जीवनलाई त्यही स्तरको बनाउनु पर्छ । यसका लागिः
१. साना कामलाई पनि महत्व दिनुहोस् ।
२. अरूलाई प्रेरित गर्ने व्यक्तित्व बनाउनुहोस् ।
३. दीर्घकालीन सोच राख्नुहोस् ।
४. आफ्नो व्यक्तिगत र सामूहिक जीवनमा सकारात्मक परिवर्तन ल्याउनुहोस् ।
ॅयदि तपाईं राजा बन्न चाहनुहुन्छ भने, राजा जस्तै बा“च्नुपर्छ’ भन्ने भनाइले हामीलाई आफ्नो सोच र व्यवहारमा समानता ल्याउन सिकाउ“छ । समाजमा परिवर्तन गर्नका लागि आफ्नै जीवनलाई अनुकरणीय बनाउनु पर्छ । नेताहरूलाई दोष लगाउनुभन्दा पहिला आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने समय आएको छ । परिवर्तनका लागि हामी आफैंले परिवर्तनको पहल गर्नुपर्छ यस्तो जीवन जिउ“दा मात्र हामी सा“च्चिकै आफ्नो समाजलाई एउटा नया“ युगमा प्रवेश गराउन सक्नेछौं ।









