हीन्दु जगतमा गुरू र विद्यार्थीबिच के कस्तो सम्बन्ध गा“सिएको हुन्छ ? गुरूको शाब्दिक अर्थ ॅगु’ भनेको अन्धकार । ॅरू’ को शाब्दिक अर्थ प्रकाश । गुरू पूर्णिमाको शाव्दिक अर्थ आफ्नो कुटिमा आश्रित बन्न आएकाहरूको अन्धकाररूपी आत्मा– लाई चिरेर उज्यालोतर्फ उन्मुख
गराउने भएको हुनाले गुरू भनिएको हो । गुरूले कुनै पनि कुराले विद्यार्थी माथि भेदभाव गर्न ह“ुदैन । आषाढ शुक्ल पक्ष पूर्णिमाको दिनलाई गुरू पूर्णिमा भनिन्छ । पहिलो गुरूको रूपमा मातापितालाई लिने गरिन्छ । शुरूमा असल संस्कार दिने काम माता पिताबाट नै हुन्छ ।
जीवनको सबैभन्दा ठूलो सम्पति भनेको नै संस्कार हो । गायत्रि मन्त्र दिने गुरू दोश्रो कोटिको गुरूको रूपमा मान्नु पर्ने हुन्छ । दिक्षा मन्त्र दिने गुरू, विभिन्न धार्मिक ग्रन्थ जस्तै ४ वेद, १८ पुराण, ६ उपनिषद, रामायण, महाभारत, कृष्णचरित्र सम्बन्धि जस्ले शिक्षा दिई आत्मामा परिवर्तन ल्याएको हुन्छ । परिवर्तन आईसकेपछि विभिन्न किसिमका गुरूहरूलाई नमस्कार गर्ने, स्वर्ग नरकको ज्ञान हुने, पुजा गर्ने, सञ्चारको सुविधा प्रयोग गर्न सक्ने, गुरूबाट आर्शीवाद लिन सक्नु पर्दछ । विभिन्न धार्मिक शास्त्रहरूले माता, पिता, ज्ञान दिने गुरू वरावर कोहि पनि छैनन् । महिलाहरूको पनि माता, पिता तथा पति नै सर्वश्रेष्ठ हुनुपर्ने बताइएको छ ।
“गुरूब्रम्हा गुरू विष्णुः गुरूर्देवो महेश्वरः । गुरूः साक्षात्कार ब्रम्ह्रा तस्मै श्रीगुरवे नमः ॥
ध्यानमूलं गुरोर्मूर्ति मूजामूलं गुरोः पदम् । मन्त्रमूलं गुरोर्वावक्यं मोक्षमूलं गुरोः कृपा ॥”
गुरू र विद्यार्थीबिचको सम्बन्ध प्रगाढ हुनु पर्दछ । गुरूले हामीलाई अशिक्षा र अज्ञानतावाट अगाडि बढाउन सहयोग गर्नुहुन्छ । एक आर्दशवान गुरूले आफ्नो सन्तान र चेलामा कुनै किसिमको भेदभाव राखेको पाईदैन ।
ऊं असतोमाःसद्मय । तमसोमा ज्योतिर्गमय । मृत्योर्मा अमृत गमय । ऊं शान्तिः शान्तिः शान्तिः
ॅसत्यं ट्टि आत्मसाथ गर्न प्रेरित गर्नुहोस् । मलाई अन्धकारको बाटोमा नराख्नुहोस् । ज्ञान र चेतनाको बाटोमा लगाई दिनुहोस् । मलाई यस्तो ज्ञान दिनुहोस्, जसबाट भौतिक संसार र मृत्युको डरवाट टाढा रहि उज्यालोतर्फ बाच्न सकु“ॅ
यिनै विविध आधारवाट शान्ति मिलोस् । माथिको संस्कृतको श्लोक उपनिषदवाट लिइएको हो । ज्ञान जति बाढ्यो उति नै बढ्दै जान्छ ।
गुरू पूर्णिमाको दिन ज्ञानको भावपूर्ण पुजा गरिन्छ । सबै संप्रदायका गुरूहरूलाई भतिmपूर्वक श्रद्वा
राखिन्छ । वर्तमान समयमा असल गुरूको पहिचान गर्न गाह्रो भएको छ । पहिले द्रोर्णाचार्यले एक– लव्यलाई चेलाको रूपमा लिन अस्वीकार गरेका थिए । पछि एकलव्यले गूरूको प्रतिमा बनाई शिक्षा प्राप्त गरेका थिए । तर, वर्तमान समयमा त्यस्तो परिस्थिति छैन । गूरू दक्षिणाको रूपमा हातको बुढी औला काटेर गुरू दक्षिणाको रूपमा दिएका थिए । विद्यालय, महाविद्यालय सञ्चारको साधनले राम्रो शिक्षा पाउन सम्भव भएको छ ।
ज्ञान आर्जनका लागि ख्याति प्राप्त गुरूको आवश्यकता पर्दछ । पहिले पनि समाजमा गुरूको महिमा उच्च थियो भने वर्तमान समयमा पनि गुरूको भूमिका सर्वश्रेष्ठ रहेको छ । पछिल्ला पिंढीका युवकहरूमा पनि गुरूपूर्णिमाले सकारात्मक भूमिका छोड्ने छ । गुरूप्रति सद्भाव राख्नु पर्दछ र सुमार्गमा अगाडि बढ्दै जानु पर्दछ ।
केहि विद्वानहरूलाई पनि गुरूको रूपमा मान्यता दिइएको छ । सोक्रेटस, प्लेटो, अरस्तु पनि शिक्षक नै हुन् । उनीहरू दार्शनिक थिए ।
१ः फावेलका विचारअनुसारः विद्यार्थी भनेको साना विरूवा हुन् । शिक्षक भनेको माली हुन् । विद्यालय भनेको राम्रो बगैचा हो । योग्य शिक्षकहरूको व्यवस्थापन हुनु पर्दछ । योग्य शिक्षकहरूमध्ये पनि अझ छनोट गरि योग्यको छनोट गरिनु पर्दछ ।
२ः भारतीय पूर्वराष्ट्रपति सर्वपल्ली राधाकृष्ण्का अनुसार मस्तिष्क राम्रो भएका लागि मात्र गुरू बनाउनु पर्दछ ।
३ः पूर्वभारतीय राष्ट्रपति एपिजे अव्दुल कलामका विचारअनुसारः शिक्षकहरू भनेको राष्ट्रका मेरूदण्ड हुन् ।
असल गुरूमा निम्नलिखित गुणहरू विद्यमान हुनु पर्दछ ।
१ असल गुरूमा व्यतिmगत गुण राम्रो हुनु पर्दछ ।
२ असल गुरूमा आकर्षणयुतm आवरण भएको हुनु पर्दछ ।
३ असल गुरूमा स्वभाव राम्रो भएको हुनु पर्दछ
४असल गुरू राम्रो स्वास्थ्य भएको हुनु पर्दछ
५ असल गुरूको बोलीमा मीठास हुनु राम्रो पर्छ
६ असल गुरूमा धैर्य र सहनशिलता भएको हुनु पर्दछ ।
७ गुरूमा प्रेम र सहानुभूति भएको हुनु पर्दछ ।
८ गुरूमा आत्मविश्वास भएमा राम्रो हुन्छ ।
९ गुरूमा नैतिकता र चरित्रवान हुन जरूरी छ ।
१० गुरूमा सामाजिक गुण भएको हुनु पर्दछ ।
११ गुरूमा बिनापक्षपातरूपले काम गर्ने कला हुनु पर्दछ ।
१२ असल गुरू स्पष्टवतmा भावना हुनु पर्दछ ।
१३ असल गुरूमा मानवीय सम्वन्ध कायम गर्न सक्ने र सेवाभाव भएको हुनु पर्दछ ।
१४ गुरूमा नेतृत्व गर्न सक्ने क्षमता हुनु पर्दछ ।
१५ असल गुरू आफ्नो पेशामा दक्ष हुनु पर्दछ ।
१६ गुरू आफ्नो विषयमा पोख्त हुनु पर्दछ ।
१७ असल गुरूमा राम्रोसंग पठनपाठन गर्न सक्ने क्षमता हुनु पर्दछ ।
१८ असल गुरूमा बालमनोविज्ञानसम्वन्धि ज्ञान भएको हुनु पर्दछ ।
१९ असल गुरूमा शिक्षण पद्दतिको ज्ञान भएको हुनु पर्दछ ।
२० गुरूमा अध्ययनशील हुनुका सार्थै अनुसन्धान कार्यमा निरन्तर लागि रहने हुनु पर्दछ ।
विभिन्न ग्रन्थहरूकाअनुसार देवताहरूको गुरू बृहस्पती हुन् । दैत्यहरूको गुरू शुक्राचार्य हुन् । शिक्षक निर्माणकर्ता र विनासकर्ता दुवै हुन् । गुरूले समाज ब्रम्हाको पदवी पनि पाएको देखिन्छ । गुरूको लक्ष्य भनेको बालवालिकाहरूको सर्वाङ्गीण र श्रृजनात्मक शतिmको विकास गरेको देखिन्छ । जसरी विष्णुले पालना गर्नुहुन्छ, त्यसैगरि गुरूले पनि आफ्नो आश्रममा आश्रित बन्न आएका चेलाहरूका लागि पालनाकर्ताको रूपमा काम गर्नु पर्छ ।
ॅगुरू नै व्रम्हा हुन् । गुरू नै विष्णु हुन् ।
गुरू भनेकै भगवान शंकर हुन् ।
गूरू नै साक्षात् परब्रम्हा,
यस्ता गुरूलाई म नमस्कार गर्दछु ।’
शिक्षाले हामीलाई ठिक र बेठिक छुट्याउन सहयोग गर्दछ । विशेषगरि हामीले उज्यालोतर्फ उन्मुख गराउने गुरू, माता, पिता, दाई दिदीप्रति सद्भाव राख्नु पर्दछ । गुरू व्यासको जन्मदिन गुरू पूर्णिमाको दिन पर्दछ । महाभारतको रचनाकार व्यासले गरेका हुन् । भिष्म र व्यास सौतेनी दाजु भाइ हुन् । राजा शन्तनुले सत्यवतीलाई विवाह गर्दछन्,राजा शन्तनुले तपाईको छोरीको कोखवाट छोरा/छोरी जे जन्मे पनि म राजतिलक दिनेछु भनि सपथ खाएका थिए । उनले पहिले नै भिष्मलाई युवराजको रूपमा घोषणा गरिसकेका थिए । पिताको मर्म बुझेर भिष्मले सिहासन त्यागि दिए । व्यासको पिता परासर हुन् । परासर सत्यवतिबाट व्यासको जन्म भएको हो । महाभारत व्यासले लेखेका हुन् । ४ वेद, श्रीमद्भागवत पुराण, १८ पुराण व्यासले नै रचना गरेका हुन् ।
वेदको वर्गीकरण व्यासले नै गरेको विश्वास गरिन्छ । करिव २७०० वर्ष अगाडि रचना गरिएको मनुस्मृतिको बुंदाहरू बर्तमान समयमा पनि महत्वपूर्ण मानिन्छ । धार्मिक विधि विधान पुर्याएर सम्पन्न गरिएको विवाहको बीच सम्बन्ध बिच्छेद हुन सक्दैन । वर्तमान समयको विवाह विवाह नभई एक करार मात्र हो । जसरी करारहरू तोडिन्छ । त्यसैगरि वर्तमान समयको बिवाह पनि करार भएको हुनाले तोडिन्छ । पत्नीलाई पतिभन्दा उच्च अरू कोहि पनि हु“दैन ।
नेपाली समाजमा गुरू पूर्णिमाको महत्व :
गुरू पूणिमा हिन्दुहरूको लागि महान् पर्व हो । वेदव्यासको जन्म भएको दिनलाई गुरूपूर्णिमाको दिन सम्झी मनाउने चलन छ । शिष्यहरूले गुरूप्रति सम्मान व्यतm गर्दछन् । व्यासलाई गुरूहरूमध्ये सर्वश्रेष्ठ गुरूको रूपमा लिन सकिन्छ । ६४ कला सिकाउने, गायत्रि मन्त्र दिनेलाई गुरू भनिन्छ । विद्यार्थीको पहिलो विद्यालय भनेको नै घर हो । घरका सदस्यहरू जस्तै माता, पिता, बाजे, बज्येै, दाजु, भाउजु सबै गुरूहरू नै हुन् । उनीहरूको रेखदेखमा नै बालक हुर्केको हुन्छ । जन्मेको ८ वर्षमा उपनयन संस्कार सम्पन्न गरिन्छ । त्यसपछि बालकलाई समाजमा ख्याति प्राप्त गुरूको आश्रममा आफ्नो छोरा/छोरीलाई पढाउन पठाउने प्रचलन छ ।
२५ बर्षसम्म ब्रम्हचर्याश्रममा बस्नु पर्दछ । अयोध्यायका राजा दशरथका छोरा र भगवान श्रीकृष्णले पनि गुरू कुलमा बसेर नै विद्या आर्जन गरेका थिए । तत्कालीन समयका विद्यार्थीहरू एकदम अनुशासित हुन्थे । गौतम बुद्वले पनि गुरूपूर्णिमाको दिनवाट नै धर्मचक्र प्रवर्तनका रूपमा मनाउने परम्परा कायम गरेका थिए । विद्यार्थीलाई कस्तो बनाउने, कुशल गुरूमा निर्भर रहन्छ । विद्यार्थीमा नम्रता हुनु पर्दछ । व्यासकाअनुसार ज्ञानको सागरले भरिएको श्रीमद्भागवत पुराण भगवान कृष्ण कै प्रेरणावाट रचना गरिएको हो । सच्चा गुरू श्रीकृष्ण नै हुन् । ब्रम्हा, विष्णु र महेश्वर गुरूले नै उज्यालोतर्फ उन्मुख गराउनु हुन्छ । त्यसकारण हामीहरूले उहा“हरूप्रति आत्मादेखि नै शुभभावना प्रकट गर्नु पर्दछ । गुरू पूर्णिमा आषाढ पूर्णिमामा पर्दछ । यसलाई व्यास जयन्ती, कविर जयन्ति पनि भनिन्छ ।
निष्कर्ष :
\२०८२ आषाढ २६ गते पूर्णिमाका दिन गुरू पूर्णिमा पर्दछ । गुरूपूर्णिमालाई नेपालमा बहुदलीय व्यवस्था आएपछि नैतिकतका हटेर गएको छ । नेपाल सरकारले संस्कृत शिक्षा र नैतिक शिक्षा पाठ्यक्रमबाट हटायो । तबदेखि देशमा छाडापन देखापर्यो । छाडापनवाट देशमा विकास हुन सक्दैन । संस्कृत शिक्षा नेपाली भाषाको माऊ हो । जबसम्म संस्कृतमा जोड दिईदैन तबसम्म नैतिकताको परिकल्पना गर्न सकिदैन । विकास हुनका लागि शिक्षाको विकास हुनु पर्दछ । राजनैतिक अवस्थाले शिक्षालाई बिगर्यो । दलहरूले आफ्ना कार्यकर्तालाई जागिर खुवाउने स्थल विद्यालय क्षेत्र बनाए । सरकारको मातहतमा रहुञ्जेल शिक्षाको स्तर साह्रै गिरेको थिएन ।
विभिन्न ऐन, कानूनबनाएर सरकारले विद्यालय स्थानीय तहलाई जिम्मा दियो । स्थानीय तहमा ल्याप्चे लगाउने ब्यक्ति सर्वेसर्वा हुन थाले । ल्याप्चे छाप जनप्रतिनिधिले स्नातक पास गरेको शिक्षकलाई रहु“ (रऊ) समान मान्दछ । यस्तै किसिमका विकृतिहरूले गर्दा शिक्षाको स्तर गिर्दो अवस्थामा छ । शिक्षकहरू पनि विद्यालयप्रति भन्दा दलप्रति इमान्दार बन्दैछन् । पढाउन त्यति ध्यान नदिने अवस्थामा पुगे । अहिले त आएर एस.एल.सी.मा कोही पनि फेल नहुने रे । कक्षा ११ को परिक्षा विद्यालयले नै लिन पाउने नियम बन्यो । फेल हुने विद्यार्थीले गुरूलाई धम्क्याएर पास हुन खोज्न थाले । शासकहरूले कहिले पनि जनता शिक्षित हुन् भन्ने सोच राखेको पाईदैन् । जे होस् २०८२ सालको गुरू पूर्णिमाले सबैलाई सद्मार्गमा लाग्न प्रेरणा मिलोस् ।









