हेटौंडा/हेटौंडा उपमहानगरपालिकाले नगरका १९ वडालाई कुल ३२ करोड २५ लाख ६५ हजारको बजेटसीमा तोकेको छ । असार १० मा कुल २ अर्ब ९० करोड ३ लाखको बजेट ल्याएको उपमहानगरले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नगरका वडामा बजेट सिलिङ तोकेको हो ।
नगरले वडाहरुमा १ करोड ५५ लाख २३ हजारदेखि २ करोड १८ लाख ९८ हजारसम्म बजेटसीमा तोकेको छ । वडालाई दिइएको बजेट सीमाअनुसार वडाहरुले नगरपालिकालाई योजना समावेश गरेर उपलब्ध गराएका छन् । यसस“गै बुधबारबाट आगामी आर्थिक वर्षको बजेट पुस्तिका तयार पार्ने काम सुरु भएको उपमहानगर प्रवक्ता सबिन न्यौपानेले बताए । प्रवक्ता न्यौपानेका अनुसार वडालाई बजेटको सिलिङ पठाइसकिएको छ । वडाले आगामी आर्थिक वर्षदेखि उपलब्ध बजेटबाट १५ लाख रुपिया“ प्रशासनिक कार्यमा खर्चिनसक्ने उनले बताए ।
प्रवक्ता न्यौपानेका अनुसार भौगोलिक विकटता, स्रोतसाधनको उपलब्धता, क्षेत्रफल, विकासका गतिविधिलगायतलाई मध्यनजर गर्दै बजेट सिलिङ तोकिएको हो । उपमहानगरपालिकाले २, ४, ५, ६, ७, ८, ९, १० र ११ नम्बरका वडालाई १ करोड ५५ लाख २३ हजार बजेटसीमा तोक्दा १, ३, १२, १३, १४, १५, १६ र १७ नम्बर वडालाई १ करोड ७६ लाख ४७ हजार बजेटसीमा तोकेको छ । वडा नम्बर–१८ लाई १ करोड ९७ लाख ७३ हजार र वडा नम्बर–१९ लाई २ करोड १८ लाख ९८ हजार रुपिया“ बजेटसीमा तोकिएको छ । बजेटसीमा निर्धारण गर्दा बढी सुगम र कम विकट भएका वडाहरुलाई क’ वर्ग, साविक वडामा मिसिएका सुगम र दुर्गम बराबर भएका क्षेत्रलाई ख’ वर्ग र अत्यन्त विकट क्षेत्रलाई ॅग’ वर्गमा राखिएको हो । आगामी आर्थिक वर्षदेखि वडाहरुले २० लाखसम्मका योजना वडाबाट सम्पन्न गर्न पाउने अधिकार प्रदान गरिने भएको छ ।
जसले सानातिना कामका लागि नगरपालिका धाउनुनपर्ने र यसले वडाको कार्यव्यवस्था बलियो बनाउने विश्वास उनले व्यक्त गर। विकटका वडाहरुबाट सामान्य कामकारबाहीका लागि नगरपालिकासम्म धाउनुपर्ने झन्झट अब हट्ने भएको छ । यसअघि सिफारिस लिन, भुक्तानी लिन नगरपालिका धाउ“दा विकटका वडाबासीहरुको १०/१५ दिन समय खेर जाने समस्या थियो । अब उक्त समस्या रह“दैन । वडाले नै ती सुबिधा प्रदान गर्छ,’ उनले भने । उपमहानगरपालिकाको चालु आर्थिक वर्षको दायित्व ४० करोड हाराहारीमा रहेको प्रवक्ता न्यौपानेले बताए ।
हाल नगरपालिकाको मुख्य चुनौती भएका दायित्व कसरी घटाउने र आगामी वर्ष यसलाई कसरी बढ्न नदिने भन्ने हो । यस वर्षको दायित्व आगामी आवमा थप हु“दा र लागत साझेदारीमा गरिने ठूला परियोजनाहरुका कारण बजेटको आकार बढ्ने देखिएको छ,’ उनले भने–यद्यपि, दायित्व कसरी कम गर्ने र दायित्व भुक्तानी हुने गरी बजेट बनाउनेबारे छलफलमा नगरपालिका जुटेको छ ।
उपमहानगरपालिकाले आगामी वर्ष मुख्यतया ढलनिकासा, खानेपानी व्यवस्थापन, खेलकुद प्रवद्र्धन, स्वास्थ्य संस्थाको स्तरोन्नति र भौतिक संरचनालगायत विषयलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेको उनले बताए ।
उपमहानगरपालिकाले कुल २ अर्ब ९० करोड ३ लाखको बजेट ल्याएको छ । हेटौंडाले आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोततर्फ आन्तरिक आयबाट ६२ करोड ८६ लाख ८० हजार, राजस्व बा“डफा“टबाट ९२ करोड ७० लाख ५५ हजार प्राप्त हुने अनुमान गरेको छ । प्रदेश सरकारबाट ११ करोड ४५ लाख ७५ हजार अनुदान प्राप्त हुने अनुमान नगरपालिकाको छ । आगामी आर्थिक वर्षमा हेटौंडाका लागि संघीय सरकारबाट १ अर्व १९ करोड ५० लाख अनुदान प्राप्त हुने र नगर विकास कोषको ऋणबाट ३ करोेड ६० लाख बजेटको स्रोतमा बेहोर्ने अनुमान उपमहानगरको छ । उपमहानगरपालिकाले असार २७ गतेका लागि नगरसभा बोलाएको छ ।









