हेटौंडा/भारि वर्षास“गै रसुवाको भोटेकोसीमा आएको बाढीका कारण भएको धनजनको क्षतिप्रति नेपाली कांग्रेस बागमती प्रदेश समितिले दुःख व्यक्त गरेको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानिया“ले मंगलबार विज्ञप्ति जारी गर्दै घटनामा उद्धार र राहतका साथै थप मानवीय र भौतिक क्षति हुनबाट रोक्न सबै क्षेत्रबाट यथाशीघ्र खटिन आग्रह गरेका हुन् । बाढीबाट प्रभावित रसुवा जिल्लालगायत प्रभावित क्षेत्रका नेपाली कांग्रेस पार्टीका स्थानीय, क्षेत्रीय, जिल्ला, प्रदेश तहका विभिन्न जिम्मेवारीमा रहेका भ्रातृ तथा शुभेच्छुक संगठनका नेता/कार्यकर्तालाई सम्पर्कबिहीनहरुको खोजी, प्रभावितको उद्धार र राहतमा यथाशीघ्र खटिन कांग्रेस बागमती प्रदेशले निर्देशन दिएको छ । ॅयस कठिन घडीमा नेपाली कांग्रेसका सबै तहका संगठन, भ्रातृ संस्थाहरु तथा शुभेच्छुकहरुलाई आआफ्नो स्थानबाट सक्रिय भइ विपद् व्यवस्थापनमा सहयोग गर्न म अनुरोध गर्दछु,’ सभापति बानिया“ले भनेका छन् ।
राहतमा खटिएका तीन तहका सरकारी संयन्त्रलाई विशेष सहयोग गर्दै बाढीमा परेका र पर्नसक्ने थप जोखिम क्षेत्र पहिचान गर्दै सुरक्षित क्षेत्रमा स्थानान्तरण गराउने कार्यमा लाग्न कांग्रेसले कार्यकर्तामा निर्देशन जारी गरेको हो । प्राकृतिक प्रकोपमा जीवन गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा कांग्रेसले समवेदना व्यक्त गरेको छ । घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।









