प्राचिन कालमा कर्णाली प्रदेश त्रिशुली नदी पश्चिमको भूभाग नाग राजाले राज्य गरेका थिए । दोस्रोमा काठमाण्डौं उपत्यकामा अरि मल्ल र तेस्रो तराईमा सिम्रौनगढ नान्य देवले राज्य गरेको पाइन्छ । कर्णालीलाई खस राज्य पनि भनिन्थ्यो भने काठमाण्डौ उपत्यका लाई नेपाल मण्डल र सिम्रौन गढलाई कर्नाटक राज्य भनिन्थ्यो ।
कर्णालीमा मल्ल, चल्ल, इल्ल, झल्ल, पाल बंशका शासकहरु थिए । एकपटक कर्णाली राज्यको सिमाना त्रिशुली नदी र पश्चिम लद्वाख, दक्षिणमा भागिर गंगाको मैदानी भाग उत्तर तिब्वतसम्मको भूभाग कर्णालीमा थियो । कर्णालीको राजधानी सिञ्जा दूल्लु धुलीकोट र सुर्खेत थियो । खस जाति वीर र लडाकु, जाती हु“दा पाल किरांत हण शक र गुप्तबंशका चालुक्यभन्दा बलिया
र शुरविर थिए । त्यसैकारणले उनीहरु खस हुन् गौरख मान्दथे । तत्काल सेनाहरुलाई सर्वगाभिनी बहिनी भनिन्थ्यो । यसको अर्थ सबैतिर जाने सिपाही भएर सर्वगाभिनी बहिनी भनिएको थियो ।
मध्यकालमा कर्णाली प्रदेशका नागराजले नेपालभर नै एकिकरण गर्नेतर्फ प्रयास गरेका थिए । उनलाई खस मण्डलको पहिलो शासक पनि मानिन्छ । यसअघि नागराज तिब्वततर्फ खारी प्रदेशका शासक भएको पाइन्छ । खारी प्रदेशबाट दक्षिण, उराई, यारी र लिपुलेकका भञ्ज्याङहरु पार गरेर सर्वप्रथम सिञ्जा लिए । तत्पश्चात दैलेख, दुल्लु लिएका रहेछन् भने त्यसपछि सुर्खेत लिएपछि डोटी प्रदेश लिएका थिए ।
नागराजले वि.सं. ११५० मा कर्णालीतर्फ विस्तार गरेका थिए । तिब्वतको चाम उपत्यकामा नुन खानीको चट्टान हु“दा तिब्वतलाई खारी प्रदेश भनिन्थ्यो । स“स्कृत भाषामा क्षार वा खारीय प्रदेश भनिन्छ । त्यहीको प्राकृत भाषामा क्षारीयको खारी भनिएको थियो । नागराजलाई लासाको राजवंशस“ग सम्बन्ध भएको इतिहासकारले भने ता पनि काश्मीरको मल्ल या चल्ल परिवार हुन् भनी इतिहासकारले लेख्न सकेको पाईदैन् । नाग राज नाम स“स्कृत भाषास“ग बढी झुकाउ भएकोले तिब्वततर्फको नाम हुन सक्दैन भनि किटान गर्न सकिन्छ ।
नागराजले उत्तर होईन, पश्चिमबाट आएर तिब्वतको पश्चिम र नेपालको पनि पश्चिममा सर्व प्रथम आएको हुन सक्दछ । दैलेखको दुल्लु क्षेत्रमा मल्ल राजाहरुको अभिलेखहरु प्रसस्तै पाइन्छ । दुल्लुको कीर्तिस्तम्भ भनी प्रख्यात र प्रशिद्ध थियो । राजा पृथ्वी मल्लले स्तम्भ राख्न लगाएको अभिलेखमा मल्ल राजाहरु र पाल राजाहरुको बंशावली नै दिएको पाईन्छ । यो स्तम्भमा नागराजलाई कीर्तिस्तम्भ खारी प्रदेशको राजा भएर जावेश्वर जुम्ला प्रदेश पनि विजयी गरेका थिए भनिएको छ । तिब्वतका बलिष्ठ शासक लाङ्दार्माको हत्यापश्चात आठौ“ शताब्दीका कुमाउबाट खसहरु तिब्वत प्रदेश गरेका थिए । त्यही समूहका नागराज बादेवराज तिब्वतका राजा भएका थिए ।
तत्पश्चात चाप चापिल्ल, क्राशिचल्ल, क्राधिचल्ल सिञ्जाका राजा भएका थिए । क्राधिचल्लका छोरा क्राचल्ल थिए । त्यसपछि क्राचल्ल नागराजपछि शक्तिशाली राजा थिए । क्राचल्लले वि.सं. १२६४ देखि १२८० सम्म शासन गरेका थिए । खस सेनाले कुमाउमाथि बिजय गरेका थिए । राजा क्राचल्लले बिजय गरेका कुमाउको बालेश्वरको मन्दिर नया“ ढांचामा पूनः निर्माण गराए र नित्य पूजाको ब्यवस्था मिलाए । तत्काल खस प्रदेश एकलाख २५ हजार पहाडी भुमि थियो । अशोक चल्लको ४ वटा अभिलेखहरु पाइएको छ । उनीपछि पृथ्वी मल्ल राजा भए । उनी १३१३ बाट १३३५ संम्म राजा भए, उनको सेनाले गढबाल, कुमाउ, टिहरी, लद्धाखसम्मको सिमा विस्तार गरेका थिए । बोधगया मन्दिरको आंगनमा राजा अशोक चल्लको अभिलेख छ । उनलाई सवालाख साम्राज्यका सम्राट पनि भनिएको छ ।
राजा अशोक चल्लले सुर्खेत लाटी कोइलीमा शिवालय र अन्य मन्दिरका साथै काक्रेबिहार निर्माण गर्न लगाए । कर्णालीकै उकुमहल अजयमेरु महल पञ्चदेवल धेरै नाउला र मुग्राउहरु छोरा जितारी मल्ललाई लगाएका थिए । जितारी मल्ल काठमाण्डौं उपत्यका आक्रमण गर्न वि.सं. १३४४ मा आएर दोस्रो पटक १३४५ मा पनि आएका थिए ।
पुनः १३४६ फागुनमा पनि काठमाण्डौं उपत्यका आएर आक्रमण गर्न लगाए । त्यसपछि खस शासक रिप मल्ल भए । रिपु मल्लको छोरा नभएर भतिजा राजा भएका थिए । खस राज्य शिथिलाता भएपश्चात गण्डकी र कर्णाली प्रदेशमा बाइसे र चौविसे राज्यहरु निर्माण हुन पुग्यो । चौवीसे राज्यहरुमध्ये लमजुङ राज्य एक थियो । यो राज्यको स्थापना वि.सं. १५५० मा भएको थियो । राजाहरुमा यशोबर्धन शाही, नरहरि शाही, चुडा शाही, अचिन्द्र शाही, नरेन्द्र शाही, केहरीनारायण शाही, भीम शाही, रिपुमर्दन शाही, वीरमर्दन शाही र विरभूपाल शाही आदी थिए ।
राज्यको चारकिल्ला पूर्व तनहु“ राज्य र चेपे नदी गोरखा पश्चिम मादी नदी उत्तरमा हिमालय दक्षिणमा तनहु“को सिलाघाट थियो । लमजुङको वर्षभरको आम्दानीमा धुरी करबाट ८ हजार, प्राकृतिक श्रोतबाट २ हजार र खानीबाट २ हजार रुपैयासमेत गरी कुल १२ हजार कर स्थापनाकालमा संकलन हुने गरेको थियो । यो राज्यको विजय १८४२ मा भएको थियो । नेपाल एकिकरण गर्ने गोरखाली राजा पृथ्वीनारायण शाहले कान्तिपुर
राज्यको स्वशासित क्षेत्र नुवाकोट वि.सं. १८०१ असोजमा त्रिशुली नदी तरेर नुवाकोट पुगेर विजय गरेर एकिकरणको प्रारम्भ गरेका थिए । १८०४ सालमा पाटन (ललितपुर राज्यअन्तर्गतको लामिडा“डा) लिनपुगे । १८१९ भाद्र ९ गते ससुराली राज्य मकवानपुरमा सेना पठाइ विजयी गरे ससुरा हेमकर्ण सेन १८१६ मा नै स्वर्गारोहण भैसकेकोले आक्रमण गर्न सुविधा भएको थियो ।
तेस्रो पटक युद्ध गर्दा कीर्तिपुर राज्य बिजय गर्न सफल भए । तब लमजुङका तत्कालिन राजा विरमर्दन शाह थिए । उनले गोरखाली माथि आक्रमण गर्न लमजुङे सेना पठाए । गोर–खाली सेना कीर्तिपुरतर्फ नै भएकोले राजा पृथ्वी नारायण शाहले आफ्नो अधिकृत सेना बंशराज पाण्डे र श्रीहर्ष पन्तलाई बोलाएर सेना र आवश्यक हात–हतियारसहित लामजुङतर्फ पठाए । चिहान डा“डामा पुगेर गोरखाली सेनाहरुले ठाना बारेर लमजुङमाथि आक्रमण गर्न पुगे । एक्कासी आक्रमण भएकोले लमजुङगे सेनाहरु बिलखबन्दमा परे । त्यहा“ गोरखाली पारस भण्डारी र कुञ्जराज भण्डारीको फौजले २४० जना लमजुङे सिपाही– हरु पक्रेर उनीहरुस“ग भएको हात–हतियार लुटेका थिए र लमजुङेहरुलाई छोडिदिए ।
त्यसपछि पारस भण्डारी फर्केर गोरखा नै आए । बाइसी क्षेत्रको पश्चिमका लागि राजा पृथ्वीनारायण शााहले आफ्नो छोरी विलास कुमारीलाई सल्यानी राजा कृष्ण शाहका छोरा युवराज रणभीम शाहस“ग विवाह गरिदिए । तब त गोर्खालीहरुलाई बाइसी राज्यहरुको भित्री भागसम्म पुगेर बुभ्mन सुविधा भयो । मखन टाकुरा सल्यान मै स्वामी भगवन्तनाथ योगीलाई भेट्न सुविधा भयो । राजा पृथ्वीनारायण शाहले योगीस“ग सर्म्पक बढाइएका थिए । सोपछि पश्चिम चौविसेतर्फ पहिलो टोली बंशराज पाण्डेको नेतृत्वमा लमजुङ आक्रमण गर्न पठाइयो । साथै दोस्रो टोलीमा केहरसिंह बस्न्यातको अगुवाइमा रिसिङछिरिङमाथि आक्रमण गर्न पठाइयो । वि.सं. १८२८ बैशाख २७ गते ई.सं. १७७१ अप्रिल २५ मा शुभ साइत गरेर प्रस्थान गरेका थिए । एक टोलीस“ग ५ सय/५ सय सशस्त्र र अन्य पिपाहरुसमेत थिए ।
पहिलो टोली काजी बंशराज पांडेको नेतृत्वको टोली कास्की राज्यको कोत्रे–दुलेगैंडा आक्रमण गरि लिएका थिए । तत्काल कास्कीका राजा सिद्धिनारायण शाहको सेनाहरु आएर भण्डारी चौकमा सुरक्षित सतर्क भएर पर्वत सम्म सेना सहयोग माग गर्न मानिस पठाए । तर, तत्काल पर्वतले सैनिक सहायता दिएन । कास्कीले गोरखालीमाथि आक्रमण गरे तर, पराजित भए । गोर्खालीको अर्को टोली केहर सिंह बस्न्यातको अगुवाइमा रिसिङ र घिरिङ आक्रमण गरि विजय गर्यो र वि.सं. १८२७ फागुनमा नै १४ सय सेनाकासाथ दलजित शाह संगै तनहु“को २२ ठाउं राजधानीसमेत आक्रमण गरि विजयी भए । कामरिदत्त सेन तनहु“ राजाका भाई हरकुमारदत्त सेनसमेत गोर्खा (नेपाल) स“ग मिलेको थाहा पाएर आत्महत्या गरे ।
वि.सं. १८२८ जेठ महिनामा रिसिङका राजाले नेपालस“ग आश्रय स्वीकार गरेर आश्रित भएको सन्धि गर्न पुगे । भीरकोटको राजाले भने युद्ध गर्ने निर्णय गरे । नेपालीहरुले किहु“ भन्ने स्थानमा कब्जा गर्न पुगे । यो युद्ध गुहाकोट मा भएको थियो । नेपाली सेनाहरु भीरकोटे सेनास“ग युद्ध भयो । भीरकोट कै हार भयो । राजा भागेर पर्वतस“ग शरण लिन पुगे । नेपाली सेनाहरु धेरै नै थिए र अगाडि बढ्ता गहौ“–सतह“ु ढोर र पैयूका राजामाथि आक्रमण गर्दा नेपालीहरु कै बिजय भयो ।
रणबहादुर शाहको जन्म वि.सं. १८३२ आषाढ महिनामा भएको थियो । १८३४ मंसिरमा राजा बनाइएको थियो । जसमा नायव कालहरु–
१. राजामाता राजेन्द्र लक्ष्मीको शासन वि.सं. १८३४ मंसिरदेखि १८४२ श्रावणसम्म र २. नायव बहादुर शाह वि.सं. १८४२ देखि १८५४ श्रावणसम्म थियो । राजमाता राजेन्द्र लक्ष्मीले कास्की, तनहु“ र लमजुङ पश्चिम नुवकोट आक्रमण गर्न सेना पठाएकी थिइन् । दरवारका भारदारहरु बहादुर शाहको तर्फ बढी झुकाव देखेर सर्वजित राना मगरलाई आफ्नो प्रभावमा लिएर देवर बहादुर शाहलाई नजर बन्दमा राख्न लगाएकी थिइन् ।
बनारसमा बस्ने गुरु गजराज मिश्र काठमाण्डौ“ आईपुग्दा राजेन्द्र लक्ष्मीस“ग बार्ता गरि बहादुर शाहलाई नजरबन्दबाट छुटाई दिए । बहादुर शाहले पनि सर्वजित राना र भाउजु राजेन्द्र लक्ष्मीको शासन अनुचित हुनेदेखि चा“दीको नेलठोकी नजर बन्दमा राख्न लगाए । जेठा चौतारा महाद्दाम कीर्ति शाह काठमाण्डौं आएपछि नजरबन्दबाट उनी छुटिन् ।
तनहु“ राजधानी सुर थियो । लमजु·े राजा वीरमर्दन शाहले हरकुमार दत्त सेनलाई बन्दीपुरमा राखेर आफ्नो गढमा मिलाउन खोजे । लमजु·ेका शत्रु सिद्धिनारायण शाह थिए । कास्की र गोर्खाली नमिले लमजुङका राजा वीरमर्दन शाह कास्की र गोर्खालीस“ग नमिली लमजु·तर्फ मिलि गोरखालीको आक्रमणबाट बच्न लमजुङ र तनहु“ मितलेर छाङदेखि बनेपासम्म धेर आडहरु निर्माण गराए । बंशी केहरसिंह बस्न्यातको अगुवाइमा गोरखाली सेना लिएर १७७१ फ्रेबुअरी २० बाट मार्च २१ सम्म ति सबै ठाना आड लिए । हरकुमा दत्त सेनलाई गोरखाको आश्रयमा ल्याउने योजना थियो ।
गोरखाली राजा पृथ्वीनारायण शाहले कास्की र लमजु·ेसंग फूट गराउन लगाए । तर, आक्रमण गर्दा सफल नहुने देखेर गोरखाली सेनाहरु गोरखा तर्फ पठाए । लमजुङतर्फ धुसी रागिनासगढी फिर्ता लिए । सरदार कहरसिंह बस्न्यात गई उनको फौजले लमजुङ्का राजा विरमर्दन शाहलाई नेपाल सरकारको आश्रयमा आएर उनले आफ्नो छोरा वीरभूपाल शाहलाई काठमाण्डौ“ पठाएको देखिन्छ । लमजुङका राजा रिपुमर्दन शाहको छोरा वीरमर्दन शाह र उनीपछि वीरनारायण भएका थिए ।
ः श्रोत :
१. तिब्वती बंशावली दूल्लुमा राखिएको कीर्तिस्तभ ।
२. सूर्यमणि अधिकारी दखासा किङ्डम जैपुर घिराल्वा पब्लिकेशन सन १९८८ पेज २७–३० ।
३. योगी नरहरिनाथ इतिहास प्रकाशन काठमाण्डौ
४. राजाराम सुवेदी नेपालको तथ्य इतिहास पृ. १३४
५. बाबुराम आचार्य पृथ्वीनारायण शाहको जिवनी