22.2 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडारापम संगठन हेटौंडामा चौरेल
spot_img

रापम संगठन हेटौंडामा चौरेल

spot_img

हेटौंडा/राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ को संयोजकमा हीरा चौंरेल निर्वाचित भएकी छन् । संगठनको वडास्तरीय भेलाबाट सर्वसम्मत्‌रुपमा चांैरेललाई संयोजक चयन गरिएको हो ।

भेलाले वडास्तरीय समिति पनि गठन गरेको छ । जसमा महिला सशक्तीकरण, नेतृत्व विकास र संगठन विस्तारलाई प्राथमिकता दिने लक्ष्य लिइएको छ । कार्यक्रममा बागमती प्रदेश प्रमुख सचेतक कुमारी तामाङले वडावडामा महिला संगठन विस्तार तीव्र गतिमा अगाडि बढिरहेको भन्दै सबै महिलालाई नेतृत्व तहमा ल्याउने उद्धेश्यले वडास्तरमा समिति गठन गरिएको बताइन् ।

- Advertisement - Ad Banner

संयोजक निर्वाचित चौंरेल र नवगठित समितिका सम्पूर्ण पदाधिकारीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो । कार्यक्रममा राप्रपाका स्थानीय नेताहरुको उपस्थिति थियो । उनीहरुले महिला नेतृत्व विकासका लागि संगठनले खेल्ने भूमिकाको सराहना गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि