22.2 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडा‘कति स्वरोजगार भए, बहस गरौ
spot_img

‘कति स्वरोजगार भए, बहस गरौ

spot_img

हेटौंडा/आन्तरिक रोजगार प्रवद्र्धनका लागि स्थानीय सरकारको, निजी क्षेत्र र सरोकारवालाहरुबीच छलफल एवम् अन्तत्र्रिmया भएको छ ।

हेटौंडा उपमहानगरपालिकाको आयोजना एवम् उद्योग संघ मकवानपुरको सहआयोजनामा मंगलबार कार्यक्रम भएको हो । उपमहानगर उपप्रमुख राजेश बानियाँको सभाध्यक्षता एवम् जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यतामा अन्तत्र्रिmया भएको हो ।

- Advertisement - Ad Banner

कार्यक्रममा प्रमुख घलानले रोजगारसम्बन्धि तालिमहरु प्रभावकारी हुन नसक्दा दक्ष जनशक्ति बाहिरबाट ल्याउनुपरेको बताए । दिइएका तालिमहरुबाट कति जना स्वरोजगार भए, त्यसमा बहस गर्नुपर्ने उनको भनाइ छ । प्रमुख घलानले उद्योगका लागि चाहिने जनशक्ति स्वदेशमै उत्पादन गर्नुपर्नेमा जोड दिए । लगानीकर्ताहरुलाई पनि लगानी सुरक्षाको अनुभूति गराउने जिम्मेवारी सरकारको भएको उनले बताए ।

उपमहानगर उपप्रमुख बानियाँले रोजगारीको अवसरमा प्रत्येक नागरिकको घरमा पुर्‍याउन आफूहरु उद्योग संघसँग सहकार्य गर्न तयार रहेको बताए । उद्योगीहरुलाई नकारात्मक दृष्टिले हेर्दा धेरै उद्योग बन्द हुन पुगेको उनको भनाइ छ । कार्यक्रममा उद्योग संघ मकवानपुर अध्यक्ष बद्रीनाथ शर्मा, वडा अध्यक्षलगायतको आतिथ्यता थियो ।

कार्यक्रममा हेटौैंडा उपमहानगरपालिकाा सामाजिक महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना र उद्योग संघ महासचिव सुयसराज पराजुलीले रोगगारको अवस्था र चुनौंतीबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि