22.2 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाकुटो र कोदालो लिएर श्रमदान
spot_img

कुटो र कोदालो लिएर श्रमदान

spot_img

हेटौंडा/मकवानपुरको राक्सिराङ गाउँपालिका वडा–४, पञ्जनीका गाउँलेले जनश्रमदान गरी बाटो मर्मत गरेका छन् । वर्षायाम लागेलगत्तै जनश्रमदानबाट सुरु भएको बाटो मर्मत कार्यले पूर्णता पाएसँगै दुंगुखोला दोभानदेखि पञ्जनी गाउँसम्म मोटर चल्ने अबस्था रहेको स्थानीय युवा राजुमान थिङले बताए ।

गाउँलेहरुले १ किलोमिटर बाटो मर्मत कार्य गरेर अटो, बोलेर र भ्यानलगायत सवारीसाधनहरु आवतजावत गर्नसक्ने बनाएको थिङले जानकारी दिए । पञ्जनी टोलविकास संस्थाको सक्रियतामा श्रमदान अभियान सञ्चालन गरी बाटो मर्मत गरिएको हो । वर्षायाम लागेदेखि नै बाटोहरु भत्कन सुरु भएकाले स्थानीयलाई आवतजावतमा समस्या भइरहेको थियो । यसअघि ट्रयाक भए पनि बाटोको स्तरीकरण भइसकेको छैन ।

- Advertisement - Ad Banner

स्थानीयले दुंगुखोलादेखि पञ्जनीसम्मको बाटोको स्तरीकरणका लागि स्थानीय सरकारसँग माग गरेका छन् । राक्सिराङ गाउँपालिका–४ वडामा पुग्ने छोटो दुरीको बाटो भए पनि हेलामा परेको भन्दै स्थानीयले गुनासो गरेका छन् । दुंगु दोभानदेखि पञ्जनी हुँदै वडा कार्यालयसम्मको बाटो स्तरीकरण गर्नसके रतुवा हुँदै वडा कार्यालय पुग्न हाल प्रयोग हुँदै आएको बाटोको समेत बिकल्प तयार हुने बताइएको छ । पञ्जनीको बाटो स्तरीकरण हुनसके स्थानीय उत्पादनलाई बजार लैजान सजिलो पर्ने र उत्पादनमा बृद्धि हुने स्थानीय युवा थिङले बताए । श्रमदान गरी आफू हिँड्ने बाटो बनाउन पाउँदा स्थानीय खुशी छन् । हामीले कुटो र कोदालो प्रयोग गरेर श्रमदान गरेका हौं,’ थिङले भने–आफ्‌नो गाउँ आफैं बनाउँ भन्ने भावना सबैमा हुनु पर्दछ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि