22.2 C
Makwānpur
Homeसमाजशिक्षकको भूमिका अतुलनीय
spot_img

शिक्षकको भूमिका अतुलनीय

spot_img

हेटौंडा/नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति मकवानपुरको २३ औं जिल्ला प्रतिनिधिसभा सम्पन्न भएको छ । कार्यक्रम शनिबार हेटौंडामा भएको हो ।

कार्यक्रम नेपाल शिक्षक संघ जिल्ला समिति सभापति गणेश हुमागाईंको सभाध्यक्षता तथा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्‌लेको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री काफ्‌लेले समाजमा सुशासनको आन्दोलनको अनिवार्य आवश्यकता र त्यसका लागि महत्वपूर्ण भूमिका शिक्षकको रहेको बताए । ज्ञान र शिक्षामा शिक्षकहरुको भूमिका अतुलनीय र सीमाहीन हुने बताउँदै उनले आफ्‌नो पहलमा हुने हरेक सहयोग गर्ने दृढता व्यक्त गरे ।

- Advertisement - Ad Banner

उक्त अवसरमा लगनशील भइ शैक्षिक क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै मावितर्फ प्रअ राजेन्द्र थापा, निमावितर्फ प्रअ तुलबहादुर सुनार र प्रावितर्फ प्रअ घनलाल स्यांतानलाई सम्मान गरिएको थियो । उत्कृष्ट विद्यालयमा मावितर्फ भीमफेदी ८ स्थित पञ्चकन्या मावि, निमाविअन्तर्गत् हेटौंडा उपमहानगरपालिका–१ स्थित कालिका आधारभुत विद्यालय, बागमती गाउँपालिका–१ स्थित गीता आधारभुत प्रावि भोर्लेनी, स्थानीय तहअन्तर्गत् बकैया गाउँ कार्यसमिति उत्कृष्ट घोषित भएको छ ।

कार्यक्रममा शिक्षक संघ बागमती प्रदेश अध्यक्ष दीपक सिम्खडा, नेपाली कांग्रेस मकवानपुर प्रवक्ता अर्जुन चौलागाईं, नेपाली कांग्रेस मकवानपुर पूर्वसभापति तथा सल्लाहकार माइकल रामचन्द्र अर्याल, पूर्वसभापति रघुरमण न्यौपाने, संघ जिल्ला अर्थ सचिव धनबहादुर लामालगायतको सहभागिता
थियो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि