22.2 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडा‘बाढीपहिरो क्षेत्रमा सरकारको उपस्थिति फितलो’
spot_img

‘बाढीपहिरो क्षेत्रमा सरकारको उपस्थिति फितलो’

spot_img

हेटौंडा/बागमती प्रदेशका पूर्वमन्त्री सत्तारुढ नेपाली कांग्रेसका सांसद् तीर्थ लामाले बाढीपहिरो प्रभावित क्षेत्रमा सरकारको उपस्थिति फितलो देखिएको तर्क गरेका छन् ।

बुधबार प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेस काभ्रेका सभापतिसमेत रहेका प्रदेशसभा सदस्य लामाले जिल्लामा बाढीपहिरो प्रभावितहरुको समस्याबारे सरकारको ध्यानाकर्षण गराएका हुन् । असोज १० देखि १२ गतेसम्मको अविरल वर्षापछिको बाढीपहिरोबाट काभ्रेमा खाने पानी, सिचार्इं, पूर्वाधार, शिक्षालगायत क्षेत्रमा भएका क्षतिको विवरण प्रस्तुत गर्दै आगामी बजेट निर्माण गर्दा बाढीप्रभावित स्थानीय तहलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराए ।

- Advertisement - Ad Banner

‘बाढीपहिरोपछि मुख्यमन्त्री, मन्त्रीहरु सम्बन्धित स्थानीय तहमा पुगेर नागरिकलाई आश्वासन दिनुभयो । तर, ४ महिना भन्दा बढी समय बितिसक्दा पनि सरकारको उपस्थिति फितलो देखियो,’ उनले भने–म सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराउँदै रुलिङ गर्न अनुरोध गर्दछु । रोशी खोलाको सतह ४ इञ्च बढेको भन्दै उनले आगामी वर्षामा थप क्षति हुने तर्क गरे । विभिन्न स्थानमा रहेका ११ वटा पुल क्षति भएको भन्दै नमोबुद्ध र रोशी गाउँपालिका जोड्ने मोटरेबल पुल निर्माण तत्काल थाल्न पनि उनले अनुरोध गरे । नागरिकको समस्या सुन्ने अवस्था बनेन भने जनतामा वितृष्ण पैदा हुने भन्दै त्यसले विद्रोह जन्मने तर्क उनको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि