22.2 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडागाँजाखेती वैधानिक बनाउनुपर्ने
spot_img

गाँजाखेती वैधानिक बनाउनुपर्ने

spot_img

हेटौंडा/नेकपा (माओबादी केन्द्र) राक्सिराङ गाउँ कमिटीको तेस्रो अधिवेशनसहित खबरदारीसभा उद्घाटन गर्ने क्रममा नेकपा (माओबादी केन्द्र) केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य माधब सापकोटाले मकवानपुर जिल्लाको विकास र राक्सिराङलाई समृद्ध बनाउन गाँजाखेती वैधानिक बनाउनुपर्ने बताए ।

उनले प्रचण्ड नेतृत्वको सरकारले गाँजालाई वैधानिक बनाउन बजेटसमेत बिनियोजन गरेकोमा हाल उक्त कार्य अगाडि नबढेकाले उक्त विधेयक ल्याउन पहल गर्ने प्रतिबद्धतासमेत जनाए । संघीयताकै कारण देशमा विकासको लहर आएको भन्दै समाज विकास र समग्र भुगोल, क्षेत्र, वर्गको सहभागिताका लागि संघीयताको बिकल्प नरहेको सापकोटाले बताए ।

- Advertisement - Ad Banner

मंगलबार राक्सिराङ गाउँ कमिटीले राक्सिराङको चैनपुरमा आयोजना गरेको तेस्रो अधिवेशनसहितको खबरदारीसभामा नेकपा (माओबादी केन्द्र) केन्द्रीय सदस्य मानकुमारी नेपाली, प्रदेश सचिवालय सदस्य एवम् मकवानपुर सचिव वीरबहादुर घलान, सचिव भीम पाख्रिन, शुभरत्न गोले, प्रदेश कमिटी सदस्य सीता पुलामीमगर, ओमबहादुर ग्लानलगायतको आतिथ्यता थियो ।

सभा उद्घाटन अवसरमा पालिकाका ९ वटै वडाबाट माओबादी केन्द्रका कार्यकर्ता तथा शुभेच्छुकको उपस्थिति थियो । उक्त अवसरमा विभिन्न राजनीतिक दल परित्याग गरी सयौंको संख्यामा माओबादी केन्द्रमा प्रवेश गर्नेहरुलाई प्रमुख अतिथि र अतिथिहरुले टीका, माला लगाएर स्वागत गरेका थिए । तेस्रो गाउँ कमिटी अधिवेशनको बन्द सत्र बुधबार हुने कमिटी अध्यक्ष हस्तबहादुर मुक्तानले बताए । उनका अनुसार बन्दसत्रले आगामी कार्यकालका लागि नयाँ कमिटी चयन गर्नेछ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि