24 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाबागमतीमा शहीद दिवस मूल समिति
spot_img

बागमतीमा शहीद दिवस मूल समिति

spot_img

हेटौंडा/बागमती प्रदेशको राजधानी हेटौंडामा शहीद दिवस मनाउन मूल समारोह समिति गठन गरिएको छ । सोमबार बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेको सभाध्यक्षतामा बसेको सर्वदलीय बैठकबाट शहीद दिवस मनाउन मूल समारोह समिति गठन गरिएको हो ।

बैठकले माघ १४, १५ र १६ गते विभिन्न कार्यक्रम गरी भव्यरुपमा मनाउन कानुन मन्त्री एवम् सरकारका प्रवक्तासमेत रहेका लामिछानेको संयोजकत्वमा ७४ सदस्यीय मूल समारोह समितिको गठन गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए ।

- Advertisement - Ad Banner

सचिव दर्जीका अनुसार बैठकले माघ १४ गते प्रदेशका विभिन्न जिल्लामा सार्वजनिकस्थल, विद्यालय, स्थानीय बजारलगायत हेटौंडास्थित विभिन्न मन्त्रालय एवम् नगर क्षेत्रमा सरसफाइ गर्ने तथा राष्ट्रिय झण्डा फहराउने निर्णय गरेको छ । माघ १५ गते प्रदेशका १३ जिल्लामा स्वास्थ्य शिविर गर्ने, जिल्लाका सब विद्यालयमा शहीदको योगदानसम्बन्धि निबन्ध प्रतियोगिता गर्ने निर्णय बैठकले गरेको सचिव दर्जीले बताए । माघ १६ गते शहीद दिवसको उपलक्ष्यमा हेटौंडा उपमहानगरपालिका वडा–११ शहीद स्मारकमा विहान प्रभातफेरीसाथ शहीदको प्रतिमामा श्रद्धाञ्जलीअर्पण गर्ने कार्यक्रम गर्ने सर्वदलीय बैठकले निर्णय गरेको उनले बताए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि