Homeबिचारगर्भवतीको ध्यान दिनुपर्ने कुराहरु

गर्भवतीको ध्यान दिनुपर्ने कुराहरु

नारीको महत्वपूर्ण अवस्था भनेको गर्भावस्था नै हो । गर्भावस्थामा महिलामा अनेक व्यवधानहरू आउने गर्दछ । प्रशव अवस्थामा ठूलो वेदना देखा पर्दछ । ती सबैलाई सहेर शिशुको जन्म दिन्छन् । गर्भाअवस्थामा केही ध्यान दिएर उनी स्वस्थ रहन सक्दछिन् । स्वस्थ रहेपछि स्वस्थ शिशुको जन्म पनि हुन्छ ।
गर्भ अवस्थामा देखिने सामान्य विशेषताहरू :

१ः महिनावारी रोकिएर जानु २ः उल्टी आउन थाल्नु ३ः स्तनमा परिवर्तन आउन थाल्नु ४ : अमिलो, पिरो खान बढी मन लाग्नु (५) पटक पटक पिसाव लागिरहनु आदि । प्रशवको समय केवल अनुमान मात्र गर्न सकिन्छ । कुन दिन प्रशव हुन सक्छ, त्यो केवल अनुमान मात्र हो । केही तलमाथि हुन सक्दछ । गर्भधारण गरेको २७० दिनदेखि २९० दिनको बीचमा शिशुको जन्म हुन सक्दछ ।

गर्भावस्थाको तनाबाट मुतm :
गर्भाअवस्थामा कुनै माता मानशिक तनावमा रहन्छिन् भने यसको सिधा असर गर्भमा भएको बालकमा पनि पर्न सक्दछ । त्यसकारण महिलाहरू गर्भाअवस्थामा तनावमुतm रहनु पर्दछ । तनावमुतm रहँदा बच्चा पनि स्वस्थ जन्मिन्छ । प्रशिद्व मनोवैज्ञानिक लेनी स्वातीने आफ्‌नो प्रशिद्व पुस्तक ‘वर्ल्ड अफ द अनवोर्नमा लेख्नु भएको छ कि मनुष्यको सबभन्दा महत्वपूर्ण समय भनेको उसको गर्भको समय हो । गर्भमा बच्चा सचेतन अवस्थामा रहन्छ, उसको अवचेतन मस्तिष्कमाथि पर्न सक्दछ । गर्भावस्थामा माताले आफ्‌नो शिशुको लागि संधै प्रशन्न अवस्थामा रहनु पर्दछ ।

गर्भवतीको भोजन :
गर्भमा रहेको बच्चाको आहारका लागि माताको खानामा निर्भर रहने गर्दछ । मातालाई ३०० भन्दा बढी क्यालोरी पाउने परिकार खान दिनु पर्दछ । जसबाट विशेष गरी उर्जा, शतिm तथा पोषक तत्व बढी पाइने हुन्छ । यहाँ एउटा तालिका प्रस्तुत गर्ने काम गरिएको छ जसबाट माताले कुन चीज कति मात्रामा खानु पर्दछ ।

पोषक तत्व खाद्य पदार्थ उपयोग :
क्यालसियम, फोस्फोरस तथा भिटामिन डी, प्राप्त गर्नका लागि गर्भिणी महिलाले सिरमाथि तौलिया राखेर प्रतिदिन धुप लिने गर्नु पर्दछ । यूरोपको डा.एफ जे ब्राउन आफ्‌नो पुस्तकमा डाइट इन प्रिगेन्सी माताको शरीरमा क्यालसियमको कमि भएमा बच्चामा सुख्खा रोग लाग्न सक्दछ । जीवनभर दांत खराव भएर जान्छ । त्यसकारण गर्भवती महिलाले खानपानमा विशेष ध्यान दिनु पर्दछ ।

गर्भधारण गरेको पहिलो महिनादेखि नौ महिनासम्ममा खानपानमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । चरकसंहिताअनुसार गर्भवती स्त्रीको गर्भको नौ महिनाको दौरानमा यस्तो प्रकारको खानपान गर्न जरूरी हुन्छ, कि जुन परिकारबाट माता स्वस्थ रहन । नराम्रो खानपान भएमा मातालाई ठूलो तकलिफ हुन सक्दछ । त्यो असर गर्भमा रहेको बालकमा पनि पर्न सक्दछ ।

गर्भधारणपछिको पहिलो महिना :
गर्भधारण गरेको पहिलो महिनाको बिहान तथा बेलुका दुधमा मिश्री मिसाएर खाने गर्नु पर्दछ । बिहानको खानामा एक चम्चा नौनी, एक चम्चा मिश्री, दुईतीन वटा मरिच लिएर खाने गर्नु पर्दछ । साना साना २/३ टुक्रा नरिवल पनि खाने गर्नु पर्दछ । अन्तमा सुप पनि खुब चपाएर खानु पर्दछ । दोश्रो महिनामा : गर्भधारण गरेको दोश्रो महिनामा दशग्राम सतावरको पाउडरमा मिश्री पिधेर दुधमा उमालेर खाने गर्नु पर्दछ । बिहान सबेरै र राती सुत्ने समयमा खाने गर्नु पर्दछ ।

तेश्रो महिनामा : गर्भ धारणा गरेको तेश्रो महिना शुरू भएपछि बिहान र बेलुका एक ग्लास गाईको ठण्डा दुधमा एक चम्चा घिऊ तीन चम्चा सक्कर घोलेर पिउनु पर्दछ । यसका अतिरिक्त सोमको घिऊ पनि खाने गर्नु पर्दछ । यो प्रकिया ८ महिनासम्मम जारी राख्नु पर्दछ । चौथो महिनाः चौथो महिनामा घिऊको साथ साथै दुधको पनि सेवन गर्नु पर्दछ । पांचौ महिनाः पांचौ महिना लागेपछि बिहान बेलुका दुधको साथसाथै घिऊको पनि सेवन गर्न
उपयुक्त हुन्छ ।

छैठौ महिनाः गर्भधारण गरेको छैठौ महिना लागे पछि शतावरणको चुर्ण पिसेर मिश्रीमा मिलाएर दुधमा उमाल्ने र सोमको घिऊका साथसाथै खाने । सार्र्तौ महिनाः गर्भधारण गरेको सातौ महिना लागेपछि घिऊको साथ दुधको सेवन गर्नु पर्दछ । आठौ महिना : गर्भधारण गरेको ८ महिना लागे पछि दुध, घिऊ, सोमघृतको सेवन गर्न जरूरी पर्दछ । बेलुका थोरै घिऊ पनि खाने गर्नु पर्दछ । हल्का भोजनको पनि आवश्यकता पर्दछ । यस महिनामा गर्भवतीलाई कब्जियत तथा वायु बहनेको समस्या देखा पर्दछ । त्यसकारण तरल पदार्थ बढी सेवन गर्ने गर्नु पर्दछ । यदि कब्जियत भएमा रातको समयमा गाईको दुधका साथसाथै एक/दुई चम्चा ईशवगोल खाने गर्नु पर्दछ ।

नौ महिना : नौ महिनापछि गर्भवतीले आठौ महिनामा जसरी नै नवौ महिनामा पनि खाने गर्नु पर्दछ । यस महिनामा सोमको घिऊ खान पूर्णरूपले बन्द गरी दिनु पर्दछ ।
गर्भ अवस्थामा गर्न योग्य कार्यहरू :
गर्भावस्थामा मन संधै प्रशन्न राख्नु पर्छ । गर्भवतीले महान् दार्शनिकहरूको जीवनी तथा महत्वपूर्ण पुस्तकहरू अध्ययन गर्ने गर्नु पर्दछ । गर्भावस्थामा खुकुलो कपडा पहिरन आवश्यकता पर्दछ । कपडा कसेर लगायो भने गर्भमा भएको बच्चामा असर पर्दछ र कुरूप बच्चा जन्मन सक्छ । गर्भवतीको दैनिकी नियमित हुनु पर्दछ । घरभित्रका साधारण काम गर्ने गर्नु पर्दछ । धेरै खाली पेट बस्नु हुँदैन । थोरै थोरै समयको बीचमा खाना खाइरहनु पर्दछ ।

गर्भवती स्वयम् अस्वस्थ भएको महशुस गर्दछिन् भने थोरै मात्रामा मीठो चीज खाने गर्नु पर्दछ ।
ँतेलयुक्त परिकार गर्भवतीले सेवन गर्नु हुँदैन । गर्भधारणा गरेपछि आत्मालाई संयमित
राखि यौन सम्पर्क राख्नु हुँदैन । सकभर गर्भधारण गरेपछि औषधि सेवन गर्न हुँदैन । लिनै पर्ने भएमा डाक्टरको सल्लाहबमोजिम नै लिनु पर्दछ । गर्भवती अवस्थामा स्तनमा कुनै प्रकारको समस्या देखा परेमा तुरून्तै यसको उपचार गर्नु पर्दछ । गर्भवतीलाई व्यायाम्‌को आवश्यकता पर्छ ? गर्भावस्थामा बढी थकाई लाग्ने काम गर्नु हुँदैन । दौडन, व्यायाम्, मेहनतको काम, कुदने काम पूर्णरूपले वन्द गरी दिनु पर्दछ । बिहान र बेलुका खुल्ला हावामा हिड्ने गर्नु पर्दछ ।

गर्भवतीको स्वास्थ्य परिक्षण : गर्भधारण गरेको निश्चित भएपछि डाक्टरसंग सल्लाह लिने गर्नु पर्दछ । धेरै पटक शारीरिक परिक्षण गराउनु पर्दछ । महिनामा एक पटक परीक्षण गराउनु राम्रो हुन्छ । ७, ८, ९ महिनामा करिव ६ पटक शारीरिक परिक्षण गराउंदा राम्रो हुन्छ । समय समयमा ब्लेडप्रेसर, रगत र पिसावको जाँच
गराउनु पर्दछ । तौल पनि लिने गर्नु पर्दछ । गर्भधारणा गरेपछि ८ देखि १० किलो तौल बढ्न सक्दछ । बढी तौल बढ्न थालेमा मीठा चीज तथा तेलयुक्त चीज कम गरिदिनु पर्दछ । ५/६ महिना लागेपछि टिटानसको सुई पनि लिने गर्नु पर्दछ । जुन गर्भवती महिला सात्विक भोजन गरेर जीवन बिताउँछिन् उनीबाट जन्मिएको बच्चा स्वस्थ, सुन्दर, श्रेष्ठ हुन्छ ।

नवजात शिशुको स्वास्थ्य रक्षाका उपायहरु :
जब गर्भवतीले शिशुको जन्म दिन्छिन्, तब उनको पूरा ध्यान आफ्‌नो सन्तानप्रति जान्छ । आफ्‌नो शरीरको समबन्धमा उनको ध्यान कम जान्छ । जसका कारणले उनी कमजोर तथा शिथिल हुन जान्छिन् । शिशुलाई भने उचित खानपान तथा घरेलु उपचारको माध्यम्‌बाट स्वस्थ तथा सुन्दर बनाउंदछिन् । प्रशवको समयमा गर्भवतीलाई दुधमा बेसार हालेर खान दिनु पर्दछ । जसका कारणले प्रशव बेदना कम हुन जान्छ । आयुवेर्दिक औषधि खानाले गर्भ सफा हुन जान्छ ।

क्mस्तो पानी पिउने :
गर्भधारण गरेको ४० दिनसम्म चिसो पानी पिउनु हँुदैन । कुनै पनि हालतमा चिसो पानीको उपयोग गर्न मनाही छ । शिशुको जन्म भैसकेपछि पिउनका लागि निम्नबमोजिमको विधि अपनाइएको छ जस्तै ५ लिटर पानीमा अदुवा, ल्वाङ, ज्वानु हालेर उमालेर पिउने गर्नु पर्दछ । जब पानी ठण्डा हुन्छ, तब छानेर राख्नु पर्दछ । ८ दिनसम्म यो पानी खानु पर्दछ । त्यसपछि १ महिनासम्म उमालेको ठण्डा पानी पिउनु पर्दछ । प्रसवपछि १० दिनसम्म अन्न नखांदा राम्रो हुन्छ । तातो दुध खानु पर्दछ । मेवाको हलुवा खाँदा अझ राम्रो हुन्छ । ११ दिनपछि मात्र अन्न खान शुरू गर्नु पर्दछ ।

हरीरा बनाउने विधिः २०० ग्राम ज्वाँनु, १०० ग्राम सुठो, १० ग्राम पीपल, १० ग्राम पिपलामूठ, १०० ग्राम बदामसंग आवश्यकताअनुसार घिऊ र सक्कर पनि राख्न सकिन्छ । यि माथि उल्लेखित सामानहरूलाई अलग/अलग कुटेर राख्ने, त्यसमा मेवा पनि मिसाएर राख्ने र सबै सामग्रीलाई १० भागमा राखेर पुरिया बनाई प्रत्येक दिन १ पुरिया खाने गर्नु पर्दछ ।
ः समाप्त :

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here