Homeमकवानपुर विशेषहेटौँडाभिमान स्मृति कप मनहरी–७ लाई

भिमान स्मृति कप मनहरी–७ लाई

हेटौंडा/मकवानपुरको मनहरी गाउँपालिका–२ मा भएको दोस्रो वडा अध्यक्ष भिमान स्मृति कप फुटबल प्रतियोगिताको उपाधि मनहरी–७ ले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा चुरियामाई एफसी रमौली मनहरी–७ लाई पराजित गर्दै मनहरी–७ ले उपाधि हात पारेको हो । प्रतियोगितामा मनहरी–७ ले चुरियामाई एफसी रमौलीलाई ३–१ गोलले पराजित गरेको हो ।

प्रतियोगिता खेलकुद विकास समिति मनहरी–२ को आयोजनामा पुस २६ गते सुरु भएको थियो । प्रतियोगितामा पालिकाभित्रका १६ वटा टिमले सहभागिता जनाएका थिए । प्रतियोगिता विजेता र उपविजेताले क्रमशः ५० हजार र २५ हजारसहित शिल्ड, मेडल प्राप्त गरे । प्रतियोगितामा मनहरी–२ स्थित त्रिरत्न आधारभुत विद्यालयको खेलमैदानमा भएको थियो ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here