22.2 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाजनताको स्वास्थ्यप्रति गम्भीर छौ
spot_img

जनताको स्वास्थ्यप्रति गम्भीर छौ

spot_img

हेटौंडा/हेटौंडा उपमहानगर मेयर मीनाकुमारी लामाले नगरका जनताको स्वास्थ्यप्रति आफूहरु गम्भीर भएर लागिरहेको बताएकी छन् । हेटौंडा–१ को जरुवाटोलमा नवनिर्मित नकौली शहरी स्वास्थ्य केन्द्र भवन सोमबार उद्घाटन गर्दै मेयर लामाले जनतालाई स्वास्थ्य सेवा सहज बनाउन आप्‌mनै भवन निर्माणलाई प्राथमिकतासाथ अगाडि बढाइएको बताइन् ।

हेटौंडाका १९ वटा वडामा २२ वटा स्वास्थ्य केन्द्र बनाएर सेवा दिइरहेका छौं, मेयर लामाले वडा–१, १५ र १९ नम्बर वडामा दुई/दुई वटा स्वास्थ्य केन्द्र बनाएर सेवाप्रवाह गरिरहेको बताइन् । ॅसाविक गाविस मिलेर बनेका वडाहरुमा टाढाबाट सेवाग्राहीहरु आउन समस्या हुने भएकाले वडा–१ को नाकौली–बाँझोडाँडा, १५को चिप्लेटी र १९ को ज्यामिरेमा थप केन्द्र भवन बनाएर सेवाप्रवाह गरिरहेका छौं, मेयर लामाले ती केन्द्रहरुमा दैनिक सयौं सेवाग्राहीले सेवा लिइरहेको बताइन् ।

- Advertisement - Ad Banner

वडा अध्यक्ष सबिन न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख राजेश बानिया“ले आफूहरु नगरमा निर्वाचित भएपछि चार स्वास्थ्य केन्द्रको नयाँ भवन निर्माण सम्पन्न भएको बताए । जहाँ जनता, त्यहाँ सेवा भन्ने भावनासाथ आफूहरु स्वास्थ्य क्षेत्रमा गम्भीर भएर काम गरिरहेको उनले बताए । हेटौंडा उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले नयाँ व्यवस्थासँगै जनताको घरदैलोमा सेवा पुर्‍याउन स्थानीय सरकारले गरेको कामको खुलेर प्रशंसा गरे । उनले केन्द्रमा खटिने कर्मचारीहरुलाई जनतामाझ मुस्कानसहित सेवाप्रवाह गर्न निर्देशन दिए ।

स्वास्थ्य केन्द्रबाट ससाना घाउचोटको उपचार, नेपाल सरकारबाट वितरण हुने निःशुल्क औषधी सेवा, गर्भवती परीक्षण, परिवार नियोजनका अस्थायी साधन वितरण, खोपसेवा तथा सरकारले चलाएको विशेष स्वास्थ्य अभियान सञ्चालन हुने स्वास्थ्य व्यवस्थापन समिति अध्यक्षसमेत रहेका वडा अध्यक्ष न्यौपानेले जानकारी दिए ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रशासन महाशाखा प्रमुख गोपालप्रसाद पोखरेल, स्वास्थ्य शाखा प्रमुख सूर्यप्रसाद तिवारी, वडा सचिव शान्तादेवी लौडारीलगायतले स्वास्थ्य क्षेत्रमा उपमहानगरपालिकाले प्रवाह गरिरहेको सेवाबारे जानकारी गराएका थिए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि