22.2 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाभुटनदेवी सामुदायिक वनको सपथग्रहण
spot_img

भुटनदेवी सामुदायिक वनको सपथग्रहण

spot_img

हेटौंडा/आगामी दिनमा भुटनदेवी सामुदायिक वन उपभोक्ता समूहलाई उत्कृष्ट सामुदायिक वन बनाउन हेटौंडा उपमहानगरपालिका वडा–१० का अध्यक्ष फुर्वा दोर्जेलामाले जोड दिएका छन् । मंगलबार न्युरेनी टोलविकास संस्थाको भवनमा भुटनदेवी सामुदायिक वन उपभोक्ता समूहको सपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा अध्यक्ष लामाले यस्तो बताएका हुन् । स्थानीय तह, सामुदायिक वन, संघसंस्था सबै नङ र मासु भएर काम गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

सस्ंथाका लागि पहिलो दायित्व अध्यक्षको हुने र क्रमशः अन्यको दायित्व भएकाले सबैले आफ्‌नो दायित्व निर्वाह गर्न उनले आग्रह गरे । संस्थाको जिम्मेवारी लिएपछि राम्रो/नराम्रो जे भए पनि अध्यक्षको नाम आउने भएकाले सचेत भइ काम गर्न उनले सल्लाह दिए ।

- Advertisement - Ad Banner

भुटनदेवी सामुदायिक वन अध्यक्ष रामहरि चौंलागाईंको सभाध्यक्षतामा भएको कार्यक्रममा लामाको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा २२ औं वार्षिक साधरणसभाद्वारा सर्वसम्मत् चयन गरी नयाँ कार्यसमितिको सपथग्रहण तथा प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा डिभिजन वन कार्यलय हेटौंडा प्रमुख राकेश चन्द्रवंशी, सबडिभिजन कार्यालय रातोमाटे प्रमुख सबिना रिजाल, वडा कार्यपालिका सदस्य साधना र्श्रेष्ठ, खेलकुद विकास समिति मकवानपुरका पूर्वअध्यक्ष सानु लामा, नेकपा एमाले वडा अध्यक्ष राजकुमार बिकलगायतको उपस्थिति थियो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि