24 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडासागरपथ टोविसको साधारणसभा
spot_img

सागरपथ टोविसको साधारणसभा

spot_img

हेटौंडा/हेटौंडा उपमहानगरपालिका–११ नम्बर वडा सागरपथ टोलविकास संस्थाको तेस्रो अधिवेशन तथा चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सागरपथ टोविस अध्यक्ष सूर्यबहादुर थिङको सभाध्यक्षतामा भएको अधिवेशन तथा वार्षिक साधारणसभामा हेटौंडा उपमहानगर पालिका प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता थियोे । नयाँ कार्यसमितिसमेत चयन गरिएको कार्यक्रममा हेटौंडा उपमहानगर पालिका–११ नम्बर वडा अध्यक्ष जुना दाहालको विशिष्ट आतिथ्यता थियोे । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका महाशाखा प्रमुख गंगा चौलागाईं, टोविस नगर समन्वय समिति उपमहासचिव देवकुमार श्रेष्ठ, वडा समन्वय समिति अध्यक्ष यज्ञबहादुर आचार्यलगायत टोविस अध्यक्ष तथा विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि