HomeUncategorizedग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं/माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार २ लाख १० हजार ३ सय २१ जनाले परीक्षा दिएकोमा ५६.७८ प्रतिशत् अर्थात् १ लाख १९ हजार ४ सय २५ जना ग्रेड (पास) भएका छन् । २०८० मा सञ्चालित एसईई कक्षा-१० को पूरक परीक्षा साउन २३ देखि ३१ सम्म सञ्चालन भएको थियो ।

परीक्षा नियन्त्रक कार्यालयका अनुसार पूरक परीक्षामा ननग्रेड र अनुपस्थित विद्यार्थी ९० हजार ८ सय ८८ जना छन् भने ८ जनाको उत्तरपुस्तिका रद्ध भएको छ । नतिजाअनुसार ३.६१ देखि ४ जीपीए ल्याउने १८ जना छन् भने जीपीए १.६ देखि २.० ल्याउने ६४ जना, जीपीए २.०१ देखि २.४ ल्याउने १९ हजार ४ सय ९६ जना, जीपीए २.४१ देखि २.८० ल्याउने ७४ हजार ४ सय ६ जना छन् । जीपीए २.८१ देखि ३ ल्याउने २३ हजार ६ सय २३ जना छन् भने जीपीए ३.१ देखि ३.६ ल्याउने १ हजार ५ सय १८ जना छन् ।

लेटरग्रेडिङ निर्देशिका २०७८ को व्यवस्थाअनुसार परीक्षार्थीले परीक्षा दिएको विषयको बाह्य सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत् र आन्तरिक मूल्यांकनमा ४० प्रतिशत् अंक प्राप्त गर्नुपर्ने छ । जसमा सैद्धान्तिक ७५ पूणर्ांकका विषयमा कम्तिमा २७ र आन्तरिक २५ पूणाकमा कम्तिमा १० अंक प्राप्त गर्नुपर्ने व्यवस्था छ । परीक्षाको नतिजामा कुनै विषयमा एनग्रेड (एनजी) भए लगातार तीन वर्षसम्म एनजी आएका विषयमा मात्र ग्रेडवृद्धिका लागि आगामी वार्षिक परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था छ । २०८० मा सञ्चालित एसईईको नियमित परीक्षामा पनि ४७.८६ प्रतिशत्मात्र विद्यार्थी उत्तीणर् भएपछि सरकारले सबै अनुत्तीणर् विद्यार्थीलाई पूरक परीक्षा दिने अवसर दिएको थियो ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here