HomeUncategorizedअन्तर्राष्ट्रिय खेलमा मकवानपुरका विवेक दोस्रो

अन्तर्राष्ट्रिय खेलमा मकवानपुरका विवेक दोस्रो

मनिता राना
हेटौंडा/हंगेरीको बुडापेस्टमा भएको ओलम्पिक रिङ्स एक्स्पो क्लासिक अन्तर्राष्ट्रिय खुला बुद्धिचाल प्रतियोगितामा दोस्रो भएका मकवानपुरको कैलाश गाउँपालिका-३, कालीकाटारका विवेक थिङले उक्त जित आमाबुबामा समर्पित गर्न चाहेको बताएका छन् । उक्त प्रतियोगिता चेस ओलम्पियाड सबभन्दा ठूलो प्रतियोगिता हो ।

अन्तर्राष्ट्रिय प्रतियोगिताको तेस्रो चरणमा विवेकले पराजित गरेका हंगेरीयन आईएम मेस्जारोस् आन्द्रासले समान ८ अंक बटुल्दै बुकोल्ज र प्रोग्रेसिभ अंक ३७.५ को आधारमा विजेता बनेका छन् । विवेकको ३६.५ प्रोग्रेसिभ अंक छ । विजेताले ३ सय ७५ युरो पुरस्कार हात पारेका छन् । विवेकले अन्तिम चरणको खेलमा हंगेरीका अन्तर्राष्ट्रिय खेलाडी टोरोक तामोसलाई पराजित गरेका हुन् । यसस“गै उनी ९ चरणको खेलबाट ८ अंक प्राप्त गर्दै दोस्रो स्थानमा रहेका हुन् ।

अमेरिका, जर्मनी, डेनमार्क, हंगेरी, नाइजेरिया, पेरु, रोमानिया, युएई, युक्रेन, घाना, इटाली र नेपालका २८ अन्तर्राष्ट्रिय खेलाडीबीच कडा प्रतिस्पर्धा भएको थियो । विवेकले बुडापेस्टबाट भने—म राष्ट्रका लागि खेलेर दोस्रो स्थान प्राप्त गर्न सफल भए“ । हामी खेलाडीहरुलाई थोरै भए पनि राज्यले लगानी गरिदिए जस्तोसुकै खेलमा राम्रो परिणाम ल्याउन सकिन्छ भन्ने आत्मविश्वास छ ।

क्याण्डिडेट मास्टर विवेकको अन्तर्राष्ट्रिय रेटिङ २२८२ रहेको छ । उनले यस खेलवाट १७ रेटिङ वृद्धि गर्दै आफ्नो २२९९ क्लासिकल रेटिङ बनाउन सफल भएका छन् । उनको यस प्रतियोगितामार्फत् २३५२ रेटिङ पर्फोमेन्सको खेल खेल्दै चौथो चरणमा २३०० रेटिङ छुन सफल भएका थिए । अब विवेकले विश्व बुद्धिचाल महासंघमा एप्लाई गरेपछि रेटिङका आधारमा नेपालका पहिलो फिडे मास्टरको उपाधि प्राप्त गर्नेछन् ।

विवेक सन् २०१३ मा यु-१९ राष्ट्रिय च्याम्पियनसमेत भए । निरन्तर प्रतियोगिता नहुँदा र स्तरीय प्रतिद्वन्द्वीविरुद्ध खेल्न नपाउँदा आफ्नो रेटिङ जोगाउन कठिन हुने विवेकको बुझाइ छ । सन् २०१४ मा रसियन सोसियल स्टेट विश्वविद्यालयबाट उनले रुसमा चेसको छात्रवृत्ति पाएका थिए । त्यहाँ उनले ग्रान्ड मास्टरहरुसँग एक वर्ष प्रशिक्षण लिने मौका पाएका थिए ।

मकवानपुरका उनै थिङले ४५ औं चेस ओलम्पियाडमा शुक्रबार जर्मनीका निक्लसलाई हराएका थिए । २१ मध्ये २० सदस्यीय नेपाली टोलीले हंगेरीको भिसा नपाएपछि थिङमात्र ओलम्पियाडमा सहभागी भएका हुन् । विश्व बुद्धिचाल महासंघको आधिकारिक कुनै एक प्रतियोगितामार्फत् ६६ अंक जोडेर यसअघि मनिष हमाल, बिलमलाल श्रेष्ठ, सुजेन्द्रप्रसाद श्रेष्ठ, रुपेश जयसवालले एफएम टाइटल प्राप्त गरिसकेका छन् ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here