18.5 C
Makwānpur
HomeUncategorizedविद्युत् भोल्टेज बढाउन माग
spot_img

विद्युत् भोल्टेज बढाउन माग

spot_img

सुनिता बिष्ट
हेटौंडा/मकवानपुरको राक्सिराङ गाउँपालिकामा विद्युत्को भोल्टेज सुधार तथा पूणर् विद्युत् विस्ताराका लागि नेपाल विद्युत् प्राधिकरणसँग माग गरिएको छ ।

शुक्रबार पालिका अध्यक्ष राजकुमार मल्लले प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटर पालिकामा रहेको विद्युत् समस्याका विषयमा लिखित जानकारी गराएका हुन् । गाउँपालिका केन्द्रमा रहेको प्रशासनिक भवन, ठाडेचुली अस्पताल, चेपाङ संग्रहालय, प्रहरी चौकी, वन कार्यालयलगायत बस्तीमा समेत भोल्टेज अपुग भएर अस्पतालमा एक्सरे सेवा तथा पालिकामा प्रशासनिक काममा समस्या हुँदै आएको अध्यक्ष मल्लले निर्देशक घिसिङलाई जानकारी गराएका
हुन् ।

- Advertisement - Ad Banner

हेटौंडा वितरण केन्द्रले आवश्यक बजेट विनियोजन गरेर छिट्टै समस्या हल गरिदन आफूहरुले प्रािधकरणका निर्देशक घिसिङसमक्ष अनुरोध गरेको पालिका अध्यक्ष मल्लले जानकारी दिए । हेटौंडा वितरण केन्द्रबाट लगत संकलन भएकोमा सो पत्रसमेत पेश गरिएको उनको भनाइ छ । भोल्टेज सुधारमात्र नभएर हालसम्म बिजुली नपुगेका बस्तीमा विद्युतीकरण गर्ने तथा काठेपोल हटाएर फलामे पोल राख्नका लागिसमेत आफूहरुले माग गरेको अध्यक्ष मल्ल बताउँछन् ।

राक्सिराङ-७ का केही भागमा बिजुली पुगेको छ भने ९ नम्बर वडामा हालसम्म बजुली नपुगेको पालिका उपाध्यक्ष वनस्तम् थिङले जानकारी दिए । हाल बिजुली पुगेका वडाहरुमा पनि प्रायः काठेपोल राखिएको र उक्त पोलका कारण दुर्घटनाको जोखिम बढेको भन्दै आफूहरुले पटकपटक काठेपोल हटाउनका लागि विद्युत् प्राधिकरणसमक्ष पहल गर्दै आएको उपाध्यक्ष थिङ बताउँछन् ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि