HomeUncategorizedहेटौंडा–१७ शुक्रबार बालमैत्री

हेटौंडा–१७ शुक्रबार बालमैत्री

हेटौंडा : हेटौंडा उपमहानगरपालिकाको वडा–१७ ले आगामी शुक्रबार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने भएको छ ।  घोषणा कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा वडा अध्यक्ष उद्धब सत्यालले भदौ ७ गते घोषणा गर्न लागिएको जानकारी दिए ।
‘बालबालिकामा लगानी–सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नारासाथ हुने कार्यक्रममा वडालाई निकृष्ट बालश्रममुक्त र बालविवाहमुक्त पनि घोषणा गरिने अध्यक्ष सत्यालले बताए । १५.०२ वर्गकिलोमिटर क्षेत्रफल रहेको वडामा २ हजार १ सय १० जना पा“च वर्षमुनिका बालबालिका छन् । जसमध्ये ४६.४५ प्रतिशत् बालिका रहेका अध्यक्ष सत्यालले बताए । वडामा ६ वटा विद्यालय, २२ वटा बालसमूह र एउटा वडा बालसञ्जाल सक्रिय छन्, जसमा ५ सय ५० भन्दा बढी बालबालिका आबद्ध छन् ।
वडा अध्यक्ष सत्यालले बालमैत्री स्थानीय शासन घोषणाका लागि आवश्यक ५१ वटा सूचकमध्ये ४८ वटामा शत्प्रतिशत् नतिजा हासिल गरिएको र बा“की तीन सूचकमा पनि उल्लेख्य प्रगति भएको बताए । ‘आजका बालबालिका भोलिका कर्णाधारमात्र होइनन्, उनीहरु आजैका साझेदार हुन्,’ सत्यालले भने–हामीले उनीहरुलाई सही मार्गदर्शन, उचित वातावरण र जीवनोपयोगी शिक्षा दिनुपर्छ । घोषणा कार्यक्रम शुक्रबार विहान १० बजे प्रभातफेरीबाट सुरु हुनेछ । त्यसपछि वडा परिक्रमा गरी नेपाल चौर टोलविकासको फुटसल हलमा औपचारिक घोषणा समारोह हुने अध्यक्ष सत्यालले जानकारी दिए ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here