22.2 C
Makwānpur
Homeबिचाररुदानेको “थाहाँ’ यात्राः यथार्थवादी दर्शन
spot_img

रुदानेको “थाहाँ’ यात्राः यथार्थवादी दर्शन

spot_img

रुपचन्द्र विष्ट, रुदाने नेपालको समकालीन इतिहासमा ती दुर्लभ पात्रहरूमध्येकै एक हुन् । जसले सत्ता, शिक्षा, साक्षरता र चेतनालाई केवल भाषण र नाराको रूपमा होइन, व्यवहारिक जीवनको आधारभूत परिवर्तनको हतियारको रूपमा लिएका थिए । वि.सं. १९९० पौष २६ गते मकवानपुर जिल्लाको पालुङमा जन्मिएका रुदानेले वि.सं. २०५६ असार ७ गते वीर अस्पताल, काठमाडौंमा अन्तिम स्वास फेरे । उनका विचार, दर्शन र व्यवहार आज पनि उत्तिकै सान्दर्भिक छन् । जहा’, खासगरी चेतनाको अभाव, शिक्षाको विकृति र शासनको विकृति विद्यमान छ ।
राजनीतिक यात्रा र ॅथाहा’ आन्दोलन रुदानेको राजनीतिक यात्रा पालुङको प्रधानपञ्चबाट शुरु भएर मकवानपुरको राष्ट्रिय पञ्चायत सदस्य हुँदै देशव्यापी चेतनामूलक आन्दोलनतर्फ मोडिएको हो । पञ्चायती व्यवस्थाभित्र रहेरै पनि उहाँले चेतनाको क्रान्ति ‘थाहाँ आन्दोलनको आरम्भ गरे । ॅथाहा’ भन्नाले थाहा पाउनु, बुझ्नु, चेतना विकास गर्नु भन्ने सन्दर्भमा प्रयोग भयो रुदानेले भन्नुहुन्थ्यो, ॅमानिसले थाहा पाए, बुझे भने मात्रै परिवर्तन सम्भव हुन्छ ’
रुदाने र उनका विचारहरू :
निरपेक्ष जनपक्षीय विचारधाराः
रुदानेले शासन सत्तामा रही जनपक्षीय विचार बोल्न साहस गरे । उनले पञ्चायती सत्ताभित्रै रहेर पनि प्रश्न गर्न थाले, ॅराजा हामीसंग छन् कि छैनन् ?’
सर्वसाधारणमै आधारित आन्दोलन :
थाहा आन्दोलन कुनै राजनीतिक झण्डा वा दल केन्द्रित थिएन । यो आममानिसमा चेतना ल्याउने अभियान थियो ।
साहित्यिक, कलात्मक र गहिरो वक्तृत्वशैलीः
उहाँका भाषण र लेखनहरू जनताका भाषामा, तीखो व्यंग्यसहित प्रस्फुटित हुन्थे । जसले बुद्धिजीवी, राजनीतिज्ञ र जनतालाई एकैसाथ झस्काउँथ्यो ।
शिक्षा र चेतनालाई समाधान ठान्ने सोचः
थाहा अभियानको मूलमा ॅसाक्षरता–चेतना–सशक्तिकरणँ को त्रिसूत्रीय धारणा थियो ।
दुर्बलताहरू :
संस्थागत संरचना नभएको थाहा आन्दोलनः

रुदानेको विचार आन्दोलन थियो, संस्था थिएन । त्यसैले उहाँको निधनपछि आन्दोलन नै ओझेलमा पर्‍यो ।
व्यवहारिक कार्यान्वयनको सीमितताः केही स्थानीय अभियानहरूबाहेक थाहा आन्दोलनले ठोस नीतिगत परिवर्तन वा वैकल्पिक शासन मोडेल पेश गर्न सकेन ।
एकल नेतृत्वमा आधारित अभियानः सम्पूर्ण अभियान रुदानेमाथि केन्द्रित रहेकाले उत्तराधिकार निर्माणमा कमजोरी भयो । केही जाने बुझेकाहरु उहा“लाई खोक्रो दार्शनिक भन्दै पन्छिए वा छोडेर गए ।
अवसरहरूः
चेतनामूलक आन्दोलनको आवश्यकता :

- Advertisement - Ad Banner

नेपालमा अझै राजनीतिक चेतना, नागरिक शिक्षा र विवेकपूर्ण सोचको अभाव छ । बर्तमान परिप्रेक्ष्यमा जताततै निराशा र नकारात्मक प्रबाहले आमजनता दिग्भ्रमित छन्, झनै उहा“को बिचार र ॅथाहा’ जागरणको अपरिहार्यता छ । थाहा आन्दोलनको व्याख्या वर्तमान शिक्षाको सुधार र नागरिक अधिकार चेतनामा गर्न सकिन्छ ।
थाहा आन्दोलनलाई बिश्वब्यापी बनाउनेः आजको डिजिटल युगमा रुदानेका भनाइहरू, भाषणहरू, विचारहरूलाई सामाजिक सञ्जाल मार्फत् लाखौं जनसम्म पुर्‍याउन सकिन्छ । स्थानीय सरकारहरूसंग मिलेर शिक्षा र जागरण कार्यक्रम सञ्चालन गर्ने अवस हरू उपलब्ध छन् ।
खतराहरूः
राजनीतिक व्यावसायीकरणः

वर्तमान राजनीतिमा विचारभन्दा पद र स्वार्थले स्थान लिएको छ । यसले विचार–केन्द्रित अभियानहरूलाई कमजोर बनाउन सक्दछ ।
सांस्कृतिक बिकृति र गहिरिंदो निराशावाद :

चेतनाको सट्टा हल्ला, सतही सनसनी र फोहोर मनोरञ्जनको बढ्दो प्रवृत्तिले युवाहरूलाई विचारमूलक बाटोबाट भट्काउने सम्भावना छ ।
वार्षिक कार्यक्रम सिमित गर्ने प्रयासहरू :

विचारको प्रचारभन्दा केवल मूर्ति बनाउने र माल्यार्पणमा सीमित गर्ने प्रवृत्तिले गहिरो खतरा बोकेको देखिन्छ ।
रुदानेका विचार कसरी लागू गर्न सकिन्छ ?
थाहा’ अभियानलाई संस्थागत बनाउनेः

रुदानेले थाहा आन्दोलन बालेफाँटदेखि थाहा नगरसम्म फैलाएका थिए । आज ॅथाहा दर्शन केन्द्र’ वा ॅरुदाने अध्ययन प्रतिष्ठान’ जस्ता संस्थाहरू बनाएर उहाँका विचारमा अनुसन्धान, अभ्यास र प्रशिक्षण केन्द्र निर्माण गर्न सकिन्छ । युवाहरूसंग विचार आदान–प्रदान गर्ने ॅथाहा संवाद श्रृंखलाँ सुरु गर्न सकिन्छ ।
शिक्षामा थाहा दर्शन :

रुदानेको मूल ध्येय थियो, जनतालाई थाहा हुनुपर्छ’ । यो विचारलाई विद्यालय पाठ्यक्रममा ॅनागरिक चेतना’, ॅसञ्चार साक्षरता’, ‘भ्रान्ति विरुद्ध सोच’ जस्ता विषयहरूमा विकास गर्न सकिन्छ । युवाहरूसंग ॅसोच्ने बानी’ विकास गराउने अभ्यास सुरू गर्न सकिन्छ ।
सरकारहरूसंग सहकार्य :

थाहा यात्राको ऐतिहासिक मार्गमा जनचेतना पदयात्रा, गाउम्गाउँमा विचार गोष्ठीहरू, थाहा नाटक महोत्सव, थाहा वाचन कार्यक्रमहरूले आम जनमानसमा चेतना फैलाउन सकिन्छ ।
‘थाहा अभियान २.०’ शुरू गर्ने : रुदानेका सन्देशहरूलाई भिडियो, उद्धरण, रचनात्मक ग्राफिक्स, लघु चलचित्रमार्फत् युवा पुस्तामा पुर्‍याउनु अत्यन्त उपयोगी हुनेछ । ॅथाहा होइन त ?’ भन्ने नारामा आधारित सामूहिक विचार–उत्प्रेरणा चलाउन सकिन्छ ।
साक्षरता र सूचनाको पहुँचसँगै विस्तार :
रुदानेले भन्थे, जब मानिसले थाहा पाउँछ, तब ऊ बाँच्न थाल्दछ ।’ त्यसैले आज पनि गाउँ–सहरमा डिजिटल साक्षरता, कानुनी चेतना, स्वास्थ्य जानकारी आदि कुरामा ॅथाहा पाठशाला’ सुरू गर्न सकिन्छ ।
निचोडमा भन्नुपर्दा, रुदानेले राज्यसत्ताबाट पाएको मञ्चलाई जनजागरणका लागि प्रयोग गरे । त्यस्ता पात्रहरू बिरलै जन्मिन्छन् जो विचार, बोली र व्यवहार एकै रेखामा मिलाउ“छन् । थाहा आन्दोलन कुनै आन्दोलन मात्र होइन, चेतना र विवेकको पुनर्जागरण थियो र छ ।
आजको नेपालमा राज्य प्रणाली, शिक्षा नीति, राजनीतिक सोच, नागरिक सहभागिता सबै क्षेत्रमा पुनःरुदानेको दर्शन प्रयोग गर्न सकिन्छ । जब हामी सोच्न र बुझ्न थाल्छौं, प्रश्न गर्न थाल्छौं, त्यतिबेलाबाट हामी साँच्चिकै ‘बाँच्न’ थाल्छौं । रुदाने जिवित छैनन्, तर उहांका विचारहरू अमर छन् । ती विचारहरूलाई व्यवहारमा उतार्न सक्नु नै उहांप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।
सन्दर्भ स्रोतहरू :
१ः रुदाने, टंक चौलागाईं
२ः थाहा दर्शनः रुपचन्द्र विष्टको विचार दर्शन, शंकर तिमिल्सेना, सम्पादन
३ः नेपालका बिर्सिएका पात्रहरू, हरि भण्डारी
४ः रुदानेको सपनाः आजको नेपालमा सम्भावना

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि