Homeमकवानपुर विशेषसाउन २५ देखि साताव्यापी खोप अभियान

साउन २५ देखि साताव्यापी खोप अभियान

हेटौंडा/वागमती प्रदेशका नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री प्रकाश श्रेष्ठले पदबहालीको पहिलो निणर्यमा लम्पीस्किन डिजिज नियन्त्रणका लागि महत्वपूणर् निणर्य गरेका छन् । प्रदेश सरकारले सप्ताहव्यापी खोप अभियान सञ्चालन कार्ययोजना, २०८१ स्वीकृत गरेको छ ।

साउन २५ गतेदेखि साताव्यापी खोप अभियान सञ्चालन गर्न लागिएको र यस वर्ष करिब ६० हजार गाईभैंसीमा खोप लगाउने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ । लम्पीस्किन डिजिज गाईभैंसीमा लाग्ने संक्रामक रोग हो, जुन २०७७ सालमा मोरङमा पहिलो पटक देखिएपछि नेपालभर फैलिएको छ । यस रोगले दूध उत्पादन घटाउने र पशु दुब्लाउने जस्ता नकारात्मक असर गर्दछ । यस वर्षको अभियानले खोपमार्फत् रोग नियन्त्रण र जनचेतना अभिवृद्धि गर्ने प्रमुख उद्धेश्य राखेको छ ।

प्रदेश सरकारले अभियानलाई सबै जिल्लामा एकसाथ, व्यवस्थित र प्रभावकारीढंगले सञ्चालन गर्ने लक्ष्य राखेको छ । यसबाट पशुधनको संरक्षण र कृषकको आर्थिक हित संरक्षण हुने अपेक्षा गरिएको छ । मन्त्री श्रेष्ठले उक्त निणर्यलाई प्रदेशभर पशु स्वास्थ्य संरक्षणका लागि महत्वपूणर् कदमका रुपमा लिएका छन् । उनले उक्त अभियानले प्रदेशका पशुपालक किसानलाई ठूलो राहत दिने विश्वास व्यक्त गरेका छन् ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here