Homeसमाजकर यथास्थितिमा नराखिए चरणबद्ध आन्दोलन

कर यथास्थितिमा नराखिए चरणबद्ध आन्दोलन

हेटौंडा/देशमा चलेको आर्थिक मन्दीको दुष्चक्रबाट अर्थतन्त्र तंग्रिन नसकेको अवस्थामा हेटौंडा उपमहानगरले राजस्व दरमा व्यापक बृद्धि गरेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले गुनासो गरेको छ ।

विद्यमान आर्थिक निरासा र उद्योगी/व्यवसायीहरुको पीडालाई मध्यनजर गर्दै हाल गरिएको १ सय ५० प्रतिशत्सम्मको अस्वभाविक बृद्धि समय सान्दर्भिक नभएको संघले ठहर गरेको छ । मुलुकमा चर्कंदो आर्थिक मन्दी र ठप्प प्रायः रहेको उद्योग/व्यवसायका कारण बजार सुनसान हुनुका साथै कयौं सटरकवल खाली हुँदै गएको विद्यमान अवस्थालाई मध्यनजर नगरी स्थानीय सरकार हेटौंडा उपमहानगरपालिकाबाट एकपक्षीयरुपमा विभिन्न शीर्षकमा भएका राजस्व, कर र घरबहाल करबृद्धिका कारण उद्योगी/व्यवसायीहरु चर्को मारमा पर्नेमात्र नभएर व्यवसाय बन्द हुने अवस्थामा पुगेकोले बृद्धि गरिएका कर विद्यमान अवस्थामा भुक्तानी गर्न नसकिने जानकारी गराउ“दै संघले बृद्धि गरिएका कर यथास्थितिमा राख्न आग्रह गरेको हो ।

समग्र उद्योगी/व्यवसायीको आग्रहलाई बेवास्ता गरिए चरणबद्धरुपमा आन्दोलनमा उत्रन बाध्य हुने व्यहोरा उपप्रमुख राजेश बानियालाई शुक्रबार बुझाइएको ज्ञापनपत्रमा भनिएको छ । यस्तो विषम् अवस्थामा करको दर होइन, दायरा बढाएर आन्तरिक आयस्रोत बृद्धिका लागि आग्रह गर्दछौं,’ संघ अध्यक्ष कृष्ण अग्रवालले बुझाएको पत्रमा भनिएको छ-उद्योगी/व्यवसायीहरु बाध्य भएर आन्दोलनमा जाने अवस्था आउन नदिन पालिकाको जिम्मेवार नेतृत्व तहबाट व्यवसायमैत्री निणर्य आउने अपेक्षा गरेका छौं ।

ॅबैंककर्जा तथा बैकव्याजमा सुबिधा, राजस्वमा सहुलियत, नीतिगत् सहजीकरण, उद्योग/व्यवसाय क्षेत्रलाई सहज सञ्चालन गर्न अन्य यथोचित व्यवस्थाको अपेक्षा गर्दछौं,’ संघले राजस्व परामर्श समितिको छलफलमा समेत विद्यमान आर्थिक प्रभावलाई मध्यनजर गरी चालु आर्थिक वर्ष २०८१/०८२ मा पालिकाको राजस्व दर बृृद्धि नगर्ने निष्कर्ष रहे पनि आफ्नै समितिको निणर्य बेवास्ता गर्दै नगरपालिकाले कर बढाएको संघको कथन छ ।

नेपाल राष्ट्र बैंकले भर्खर सार्वजनिक गरेको मौद्रिक नीतिबाट पनि मुलुकमा आर्थिक मन्दीको समस्या रहेको प्रष्ट हुने संघले बताएको छ । ॅलामो समय व्यवसायरत् व्यवसायीहरु कारोबारमा आएको सिथिलताका कारण निराश छन् । कोही व्यवसाय छाडेर पलायन भइसकेका छन् भने कोही ऋणको भु“मरीमा फसेका छन्,’ पत्रमा सटरहरु खाली देखिन थालेको र समग्रमा उद्योग/व्यवसाय धरासयी भएको भनिएको छ ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here