हेटौंडा | जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको आयोजनामा भएको शिविरमा १ सय ५२ सवारीचालकको स्वास्थ्य जाँच गरिएको छ । हेटौंडा-११, थानाभर्याङमा शुक्रबार सवारी दुर्घटना तथा क्षति न्यूनीकरणका लागि सवारीचालकको स्वास्थ्य परीक्षण तथा लागुपदार्थ सेवन जाँच गरिएको हो ।
लागुऔषध जा“च गर्ने क्रममा ६० मध्ये ४ पुरुषले लागुऔषध सेवन गरेको फेला परेको छ । जाँचका क्रममा ३६ जनामा उच्च रक्तचाप भेटिएको छ भने १२ जनाको लो ब्लडप्रेसर र १३ जनाको सुगर हाइ देखिएको ट्राफिक प्रमुख केशब अधिकारीले जानकारी दिए । जाँचका क्रममा १ सवारीचालकको आ“खामा मोतिविन्दु देखापरेकाले अपरेसन गर्न सल्लाह दिइएको प्रमुख अधिकारीले बताए ।
‘सडक सुरक्षा-हामी सबैको रक्षा’ भन्ने मुल नारासाथ सवारी दुर्घटना न्यून गर्न अभियान सञ्चालन गरिएको हो । मकवानपुर ट्राफिक प्रहरीले सवारी जाँच अभियान (लागुपदार्थ र मादकपदार्थ) सेवन गरेर सार्वजनिक र निजी सवारीसाधन सञ्चालन गर्ने क्रम रोक्न नसकेको उनको गुनासो छ । अझै पनि मकवानपुरमा परीक्षणका क्रममा लापसे र मापसे गरेर सवारीसाधन चलाउने चालक पक्राउ पर्ने क्रम जारी रहेको बताए । ॅयसरी सवारीसाधन चलाउ“दा आफू त जोखिममा पर्छन् नै, उनीहरुका कारण यात्रु पनि जोखिममा पर्ने हुन्छ,’ प्रमुख अधिकारीले भने । लामो समयदेखि अभियान तीव्र पारिए पनि नसाको तालमा गाडी चलाउनु दुःखद् भएको प्रहरी प्रमुखको भनाइ छ ।
२ करोड ८३ लाख राजस्व
ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष २०८०/०८१ मा मकवानपुरमा ३ सय ३६ वटा सवारीसाधन दुर्घटना भएको बताएको छ । ती दुर्घटनामा ५८ जनाको ज्यान गएको छ । दुर्घटनामा ३ सय ३८ जना सामान्य घाइते भएका छन् भने १ सय ४६ जना गम्भीर घाइते भएको मकवानपुर जिल्ला ट्राफिक कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।
जिल्लामा १२ महिना अवधिमा सबभन्दा कम दुर्घटना साउनमा भएको थियो भने सबभन्दा धेरै दुर्घटना जेठमा भएको थियो । बढ्दो दुर्घटना कम गर्न मकवानपुर ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष अभियानका क्रममा ३७ हजार ९ सय ६० गाडीचालकलाई कारबाही गरी २ करोड ८३ लाख ४२ हजार ५ सय ४ रुपिया“ राजस्व संकलन गरिएको छ ।
१ सय २४ सवारीसाधनबाट ३४ लाख १० हजार ६ सय ६२ रुपिया“ राजस्व संकलन भएको तथ्यांकमा उल्लेख छ । जिल्ला ट्राफिक कार्यालय मकवानपुरले आव २०८०/०८१ मा दुर्घटना न्यून गर्नका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम गरेको थियो । जसमध्ये विद्यार्थीलाई कक्षा सञ्चालन कार्यक्रम १ सय १ पटक सञ्चालन गर्दा १७ हजार ८३ सय ९ जनाले सहभागिता जनाएका थिए । सामुदायिक सेवामार्फत् कक्षा सञ्चालन कार्यक्रम २८ पटक सञ्चालन गर्दा १ हजार ५२ जना, नया“ चालकलाई कक्षा सञ्चालन कार्यक्रम १ सय ३४ पटकमा १२ हजार २ सय ५३ जना, व्यवसायी र चालकलाई कक्षा सञ्चालन कार्यक्रम १ सय ८६ पटक सञ्चालन गर्दा १२ हजार ३ सय ३२ जना, सरकारी कर्मचारी तथा सवारीचालकलाई ५२ पटक कक्षा सञ्चालन गर्दा २ हजार ८ सय ५५ जना, अन्तक्र्रिया तथा गोष्ठी ५२ पटक सञ्चालन गर्दा २ हजार ८ सय ५५ जनाले लाभ पाए ।
ट्राफिक दिवसको अवसरमा कार्यक्रम सञ्चालन गर्दा ७ सय ६९ जना, चेतनामूलक माइकिङ १३ पटक गर्दा १० हजार ५० जना, सर्वसाधारणलाई कक्षा सञ्चालन कार्यक्रम २ सय २१ पटक सञ्चालन गर्दा ११ हजार ३५ जना, चालक र यात्रुमैत्री कक्षा कार्यक्रम ७ सय ६२ पटक सञ्चालन गर्दा ५० हजार ३ सय ४७ जना, पर्चा, पम्प्लेट, पोष्टर वितरण कार्यक्रम ३ सय ७१ पटक सञ्चालन गर्दा ३६ हजार २ सय २ जना, चालकलाई स्वास्थ्य परीक्षण कार्यक्रम ४ पटक सञ्चालन गर्दा ४ सय ६ जना, स्टिकर टा“स १ सय ७ पटक सञ्चालन गर्दा ४ हजार ७ सय ८४ जनाले सहभागिता जनाएका थिए । २ हजार ३७ पटक जनचेतनामूलक कार्यक्रम गरी १ लाख ९६ हजार २ सय ९५ सवारीचालक लाभान्वित भएका थिए ।